ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान
जाजरकोट भुकम्पः

राहतमा जोडिदै स्थानीय सरकार

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

बुटवल, २० कार्तिक ।  शुक्रबार राती गएको जाजरकोट केन्द्रविन्दु भएको भुकम्पपछि प्रभावित क्षेत्रको लागि राहतमा स्थानीय तहहरू जुटेका छन् । पालिकाको बैठक बोलाएर रूपन्देही सहित विभिन्न जिल्लाका स्थानीय तहहरूले राहतको लागि नगद तथा जिन्सी प्रदान गर्ने घोषणा गरेका हुन ।
बुटवल उपमहानगरपालिकलो एकीकृत रूपमा राहत सामग्री पठाउने र नगद २५ लाख सहयोग गर्ने गर्ने भएको छ । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील समेत गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरूको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरूलाई एकीकृत रूपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो।

बुटवल उपमहानगरपालिकामा बसेको आइतबार बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरूले पठाउने राहत सामग्री जाजरकोट र रुकुम पश्चिमसम्म पठाउन बुटवल उपमहानगरपालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाउँदा अव्यवस्थित भएको र वितरणमा कठिनाई भएकाले व्यवस्थित र एकीकृत रूपमा पठाउने र वितरण गर्ने संघीय सरकारको तयारीबमोजिम एकीकृत रूपमा राहत सामग्री पठाउने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । प्रमुख पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रूपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय भएको छ ।

जसमा जनप्रतिनिधि र कर्मचारीको योगदान रहने उनले बताए । ’विपदका समयमा चर्चा कमाउनकै लागि राहत पठाउने र प्रभावितले नपाउने विगतको भोगाइलाई ध्यानमा राखेर हामीले जाजरकोट र रुकुम पश्चिममा संघ र प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर भौतिक संरचना बनाइदिने योजना बनाएका छौं, उनले भने–यसले दीर्घकालीन रूपमा स्थानीयलाई पनि लाभ हुनेछ ।’

बुटवल उपमहानगरपालिकाको आह्वानमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रूपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रूपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै मासु व्यवसायी संघ, रेडक्रस सोसाइटीलगायतका संस्थाहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बुटवलभित्रका संघसंस्थादेखि राहत दिन चाहनेहरूसँग समन्वय गर्नका लागि बुटवल उपमहानगरपालिकाले फोकल पर्सन तोकेको छ । विपद शाखाका प्रमुख योगेश चापागाईसँग सम्पर्क गरी राहत तथा नगद उपमहानगरपालिकामा जम्मा गर्न सकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बताए । उनले प्रभावितलाई पठाउने राहत प्रभावितसम्म पुग्ने व्यवस्था मिलाउनका लागि नगर प्रहरी र थप कर्मचारी खटाइने तथा आवश्यकताअनुसार संघसंस्थाहरूसँग समन्वय गर्ने बताए ।

सियारी गाउँपालिकाः

रूपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगाएतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलब, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिए ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठूलो मात्रामा जनधनको क्षती पु¥याएको थियो । सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह गरेका छन्।उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत भुकम्प पीडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

रोहिणीले चार लाखको राहत सामग्री पठाउनेः

रूपन्देहीको रोहिणी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा ४ लाख रूपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ । आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट ४ लाख रूपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति प्रमुख कल्पना खनालले बताइन् ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्पपीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए । भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सल्यानका स्थानीय तहहरूले एकद्वार प्रणाली मार्फत भुकम्प पीडितलाई २० लाख राहत रकम पठाउनेः

सल्यानका स्थानीय तहहरूले एकद्वार प्रणाली मार्फत जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितहरूका लागि राहत रकम पठाउने भएका छन् । जिल्लाका दश वटा स्थानीय तहहरूले दुई/दुई लाख रूपैयाँको दरले राहत रकम एकद्वार प्रणालीबाटै उपलब्ध गराउने निर्णय भएको बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले जानकारी दिए । आइतबार जिल्ला विपद् व्यवस्थापन समिति, सल्यानको बैठक बसेको थियो ।

उक्त बैठक पश्चात जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको अध्यक्षतामा स्थानीय तहका प्रमुख तथा प्रतिनिधी सहित बसेको बैठकले एक स्थानीय तहबाट दुई लाख रूपैयाँको दरले २० लाख रूपैयाँ नगद भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पठाउने निर्णय गरेको हो । स्थानीय तहहरूले जिल्ला विपद व्यवस्थापन कोषमा राहत स्वरूपको रकम जम्मा गर्ने तथा उक्त रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा सम्बन्धीत जिल्लाको विपद व्यवस्थापन कोष मार्फत भुकम्प प्रभावित राहत, उद्धार, पुनस्र्थापनाका लागि पठाउने निर्णय भएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

खाद्यान्न तथा जिन्सी सामग्री खरिद गरेर लैजानु भन्दा प्रभावित क्षेत्रमा पिडितहरूलाई जे आवश्यकता छ त्यसको लागि नगद रकम उपलब्ध गराउने निर्णय गरिएको हो । राहत र पुनर्निमाणको काम प्रभावकारी रूपले सञ्चालन हुन सकोस् र यसमा सल्यानका स्थानीय तहको हातेमालो र एकताको साथ एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउन सकियोस् भनेर एकमुष्ठ नगद उपलब्ध गराउने निर्णय भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जनाए । स्थानीय तहहरू, सल्यान जिल्ला प्रशासन र भुकम्प प्रभावित जिल्लाका प्रशासन संग समन्वय गरेर राहत रकम ढिला नगरी छिटै उपलब्ध गराइने जिसस प्रमुख रावलको भनाई छ ।

यसैविच जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यहि कार्तिक १७ गते राती जाजरकोट केन्द्र बनाई गएको भुकम्पका कारण सल्यानमा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको तथ्यांक संकलनलाई निरन्तरता दिने निर्णय गरेको छ । हाल सम्मको तथ्यांक अनुसार पूर्ण रूपमा क्षति भएका २५ वटा, आंशिक क्षति भएका ८८ वटा र सामान्य क्षति भएका ९४ वटा रहेको र तथ्यांक संकलनको कार्यलाई निरन्तरता दिइने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिए ।
जिल्लाका भुकम्प पिडितहरूलाई विपद पिडित उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ बमोजिम राहत वितरण गर्ने, क्षतिग्रस्त संरचनाहरूको स्थानीय तहबाट समेत यथार्थ विवरण संकलन गरी आआफ्नो क्षेत्रबाट समेत राहत वितरण कार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तहका अध्यक्ष, प्रतिनिधी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सेवा कार्यालय, पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयका प्रतिनिधी, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासंघ,नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य महासंघका प्रमुख, प्रतिनिधी लगायतको सहभागिता थियो ।

मिरा कोषको १ लाखः

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा १ लाख ११ हजार १११ रूपैयाँ सहयोग गर्ने बताए ।‘सानो सहयोग भएपनि हामी यो दुःखको अवस्थामा साथ दिनुपर्छ भनेर सहयोग गर्ने निर्णय गरेका हौ । सानो सानो सहयोग जुटेर ठुलो हुने हो’ उनले भने । साथै उनले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।
भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरूलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक बर्ष ४ लाख बढि रकम कोषबाट खर्च गरिने बताए ।०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरूलाई सहयोग गर्दै आएको छ ।अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए ।

कोषबाट गत बर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए । मिरा कोषका संरक्षक मिरा शर्माले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै यो विपत्तमा सवै एक ठाउँमा उभिएर सहयोग गर्नुपर्ने बताईन । भूकम्पले पुयाएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न आग्रह गरिन् ।कोषमा हाल १० लाख १४ हजार रूपैयाँ रहेको छ ।

घाईतेको निःशुक उपचार, मृतक परिवारलाई २ लाख :

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरूप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा १५७ जनाको निधन भएको थियो । मन्त्रिपरिषद्को बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिए । उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?