© २०२३
छत्रदेव गाउ“पालिका–९ चौहाका भोलानाथ बञ्जाडेको करेसाबारीमा सीमि, बोडी, आलु, काउली लगायतका तरकारी थोरै उत्पादन हुन्थ्यो । परिवारलाई कहिलेका“ही हरियो तरकारी खान पुग्थ्यो । बीउ किन्न बजारको भर । राम्रो बीउ परे उत्पादन हुन्थ्यो । कहिले त सीमिको बोट मात्रै । कोसा एक किलो पनि पु¥याउनै मुस्किल । छोराछोरीको पढाइ र घरखर्च धान्न नसकेरै रोजगारी खोज्दै साउदी पुगे । त्यहा“ ६ वर्ष बिताए । ‘विदेश भन्दैमा पैसाका बिडा पाइदो रहेनछ,’ उनले अनुभव सुनाए, ‘कम्ति दुःख छैन, घडीको तालमा काम नगरी तलब पाइदैन ।’ विदेश पुगेर गर्ने श्रमले त आफनै गाउ“मा धेरै प्रगति गर्न सकिने उनले बताए । थोरै बारीमा धेरै फलाउने तरिकाले खेती गरेपछि जग्गा धेरै चा“हिदैन । चार रोपनी बारीमा सीमि र गोलभेडा लटरम्मै फलेको छ ।
तरकारीस“गै सीमिको बीउ उत्पादन गरेर बिक्री गर्छन । ‘दोकानमा वर्षेनी बीउ किन्दा सधै एउटै पाइदैन,’ उनले भने, ‘कहिले कोसा विहीनको झाल मात्रै हुन्छ ।’ आफैले उत्पादन गरेको बीउ गाउ“मै बिक्री हुन्छ । तरकारीको बीउ उत्पादन गर्न उनकी श्रीमती उमा सक्रिय छिन । श्रीमान–श्रीमतीको जोडबलले गाउ“का अरुले पनि तरकारी खेती गरेर उनलाई पच्छयाइरहेका छन ।
‘श्रीमान विदेश हु“दा कसरी काम गर्नुभएको होला, भन्ने मात्रै चिन्ता हुन्थ्यो,’ उमाले भनिन, ‘संगै छौं । सबै काम बा“डेर गर्छौ ।’ बारीमा लगाएको सीमिको बोटलाई सिचाइ“, मलजल, झिक्रोमा धेरै कोसा फलाउने मै ध्यान छ । रोग किरा लाग्न नदिने र उत्पादन बढाएर आम्दानी कसरी धेरै लिन सकिन्छ भन्नेमै दिमाग लगाएर काम गरिएको उनले बताइन । वर्षमा डेढ लाख रुपैया“ बीउ र तरकारी बिक्री गरेर बचत भएको उनले बताइन । ‘काम गर्दै गएपछि सिकिदो रहेछ,’ उनले भनिन, ‘जति अनुभव बटुल्यो, त्यति धेरै उत्पादन हुन्छ । आम्दानी बढने नै भयो ।’
चौहा समथर भुभागमा राम्रो उब्जनी हुन्छ । बीउ किनेर तरकारी खेती गरेका बञ्जाडे दम्पत्ती सहित अन्य कृषकलाई गाउ“मै बीउ उत्पादन गर्न किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम (केयुविके) ले तरिका सिकाएपछि कृषकलाई थप उर्जा मिल्यो । बीउ उत्पदान गर्न श्री बहुउद्देश्यीय मिश्रित कृषक समुह गठन भएको छ । समुहमा आबद्ध २४ कृषक मध्ये ६ जना पुरुष छन । धान, मकै, गहु“ र सीमिको बीउ उत्पादन भैरहेको समुहकी अध्यक्ष बञ्जाडेले बताइन । पछिल्लो सयम मकैको बीउ २८ क्युन्टल, गहु“ २८ सय किलो, धान एक टन र सीमि ५ सय ५० किलो बिक्री भएको उनले बताइन । बीउ उत्पादनस“गै अन्नबाली र तरकारी खेतीमा आधुनिकीकरण गरेपछि २४ घर परिवार स्वरोजगार भएका छन ।
‘समुहमा आबद्ध भएर फरक तरिकाले खेती गर्न थालेपछि वर्ष दिनलाई आफनै उत्पादनले खान पुगेको छ,’ उनले भनिन, ‘पहिले ६ महिनालाई मात्रै पुग्थ्यो । चामल किन्न पर्दैन ।’ चौहाका धर्मराज पाण्डेले सधै पसलबाट वर्षमा दुई÷तीन क्युन्टल चामल किन्थे । ‘परम्परागत रुपमा खेती गर्दा वर्षदिन दुःख गरेर ६ महिनालाई खान पुग्दैनथ्यो,’ उनले भने, ‘दुई वर्ष भयो । चामल किन्न परेको छैन ।’ त्यही बारीमा उत्पादन बढयो । अघिल्लो वर्ष उनले ४१ किलो सीमिको बीउ बिक्री गरेर ४० हजार आम्दानी गरे । उन्नत जातका मकै, गहु“, धान उत्पादन राम्रो भएकाले उनले बताए । उत्पादनमा चौहा आत्मनिर्भर नै छ ।
जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोग र केयुबिकेको लगानीमा कृषिमा आधुनिकीकरणले रोजगारी खोज्दै विदेशिनेको संख्या घटाएको कृषक शान्ता बञ्जाडेले बताइन । ‘खेतबारीको उब्जनीले परिवारलाई खान पुगेको छ,’ उनल भनिन, ‘घरखर्चको लागि बीउ र तरकारी बेचेर आम्दानी भएको छ ।’ उनले वर्षमा एक लाख रुपैया“ जति बचत भएको बताइन । घरमै उत्पादन भएको अन्न, तरकारी र फलफुल ताजा खान पाइन्छ । अर्घानिक खाद्य वस्तुले स्वास्थ्यलाई पनि स्वस्थ्य बनाउन मद्दत गर्ने उनले बताइन । समुहमा आबद्ध सबै कृषक महिनैपिच्छे बैठक बसेर उत्पादन कसरी बढाउने, थोरै जग्गामा धेरै फलाउने, रोग किराबाट कसरी बाली जोगाउने उपायको बारेमा प्राविधिक ज्ञान र उत्पादन गर्ने तरिका दिइएको केयुबिकेकी जिल्ला संयोजक राधा नेपालीले बताइन ।
चौहामा तरकारी खेती गर्न त्यति सजिलो छैन । समस्या पानीको छ । जर्रे खोला खेतको फा“टबाट लिफ्ट गरेर डा“डोमा पानी तानेका छन । रातभर संकलन गरेको पानी विहान बेलुका सिचाइ“ गरेर तरकारी र अन्नबाली उत्पादन हुन्छ ।