ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण
दशैंमा कस्तो मासु खाने ?

मासु स्वस्थ नभए ‘गम्भीर रोग’

अस्वस्थ पशुपंक्षीको स्वास्थ्य मापदण्ड पुरा नगरी बध गरिएको, ढुवानी र भण्डारण गर्दा समेत मापदण्ड पालन नगरिएका मासु रोग सार्ने माध्यम बन्न सक्छन् ।
२ कार्तिक २०८०, बिहीबार
२ कार्तिक २०८०, बिहीबार

बुटवल, २ कार्तिक  । नेपालीहरूको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको वडा दशैं नजिकीएको छ । सबैभन्दा बढि मासु र मासुजन्य बस्तुको सेवन गर्ने पर्वको रूपमा समेत यो पर्वलाई लिईन्छ । दसैंमा खासगरी खसीबोका, राँगा, पाडा, पंक्षीजन्य कुखुरा, हाँस, परेवा लगायतको सेवन गरिन्छ । तर मासुजन्य बस्तु सेवन गर्दा समयमा नै थाहा पाउन सकिएन वा रोगी मासुजन्य बस्तु सेवन गरेमा गम्भीर प्रकृतिको रोग लाग्न सक्ने पशु चित्किसहरू बाताउँछन् । पशुजन्य बस्तु सेवन बाट मानिसमा सर्ने रोग र मानिसबाट पनि पशुमा सर्ने रोग ‘जुनोटिक’ रो चाडपर्वको बेलामा सर्ने संभावना बढि रहेको हुन्छ ।

पशु रोग अन्वेशषण प्रयोगशाला नवलरासीका प्रमुख पशु चिकित्सक डा. भरत काफ्लेका अनुसार मासुको सेवन गर्दा राम्रोसँग पकाएर खानुपर्ने, रोगी पशु चौपाय पहिला नै पहिचान गरेर मात्रै सेवन गर्नुपर्ने बताउँछन् । उनले पशुपंक्षीमा देखिने रोग मानिसमा सरेमा यसले गम्भीर समस्या समेत ल्याउन सक्ने भन्दै यसमा समयमा नै सचेतना आवश्यक रहेको बताउँछन् ।

पशु चिकित्सक डा. भरत काफ्ले भन्छन्–‘मासुको सेवन गर्दा बध गरिने बस्तु, बधस्थल, ढुवानी, भण्डार लगायतमा पूर्ण रूपमा स्वच्छता कायम गर्न नसकेमा रोग लाग्न सक्छ ।’ उनले स्वस्थ मासुको लागि फाम स्तरमा, ढुवानीको क्रममा, बधस्थल/बधशालामा, मासु बिक्री गर्ने स्थानमा, उपभोक्ताको घरमा समेत उच्च सावधानी अपनाउनुपर्ने बताउँछन् । यदी ५ चरणमा नै मासुमा उच्च सावधानी अपनाउन नसकेमा रोग सर्ने र लाग्ने संभावना उच्च रहेको उनको भनाई रहेको छ ।

पशु बध गरिने स्थानमामा टेवुलको सतह खिया नलाग्ने भएको, मासु झुण्डयाउन प्रयोग हुने रेल (मिट रेल्स) ग्याल्भेनाइज्ड नगरिएको, अचानो बाहेक अन्य वेञ्च र टेवुलको सतहमा काठ प्रयोग नगरिएको, वध गरिएको पशु झुण्डयाउन आवश्यक पर्ने घिर्नी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको हुनुपर्ने मापदण्डमा छ ।

यस्तै प्रयोग गरिने हतियार, औजार तथा उपकरण खिया नलाग्ने किसिमको भै निर्मलीकरण (स्टेरिलाइजेशन) गर्ने सुविधा भएको । पशु वध गरिने स्थानमा तामा र सो मिसिएको ढलौट तथा क्याड्मियम प्रयोग गरिएको हतियार तथा उपकरणकहरू, पालिस वा इनामेल लगाइएका भाँडा, हतियार तथा उपकरणहरू, शिशा (लिड) युक्त भाँडा तथा उपकरणहरू समेत प्रयोग गर्न नपाईने नियम रहेको छ ।

मासुको बध गरिसकेपछि त्यसको ओसारपसार गर्दा समेत विशेष ख्याल गर्नुपर्ने पशु चिकित्सक बताउँछन् । मासु ओसार पसार गर्दा ओसार पसार गर्ने साधनमा समेत मासु ओसार पसार गर्ने साधनको भित्री भागमा प्रयोग गरिएको सबै सामग्रीहरू खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने, सजिलैसग सफा गर्न सकिने र निःसंक्रमण गर्दा प्रयोग गरिने रसायनले कुनै असर नपर्ने खालको भएको हुुनुपर्ने मापदण्ड रहेको छ ।

यस्तै मासु ओसार पसार गर्ने साधनमा जडित झ्याल ढोकाहरू राम्ररी बन्द गर्न सकिने किसिमको भएको, मासु ओसार पसार गर्नुपर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको, मासु ओसार पसार गर्दा मासु राख्न प्रयोग हुने भाँडोको भित्री भाग, औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको हुनुपर्ने प्रवाधान रहेको छ । मासु ओसार पसार गर्दा मापदण्डको पुर्ण पालनमा गरिएको हुनुपर्ने व्यवस्था छ । मासुको ओसार पसार खुल्ला रूपमा गर्न पाईदैन । मासुसग आन्द्रा भुंडी, भित्र्यांश, टाउको, खट्टी जस्ता पदार्थ ओसार पसार गर्नु परेमा मासुसँग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानु कानूनी व्यवस्था छ । मासु ओसार पसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरिएको हुनुपर्ने, ओसार पसार हुने मासुको कुनै पनि भाग जमिन वा खुला ठाउँमा नछोइएको र अन्य कुनै वस्तुबाट दुषित नभएको हुनुपर्ने, मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने व्यक्ति क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने जस्ता व्यवस्था मासु पशु बधासाल तथा मासु जाँच एने २०५५ मा उल्लेख छ ।

पशुबाट मानिसमा मासुबाट पशुमा सर्ने रोगमा ईकाईनोकोसिस पहिलो रहेको छ । यो भित्ते जुकाबाट लाग्ने रोग हो । कुकुमा हुने जुका समेत रहेको कारण यो कुकुरको दिशामा रहने र जुन गाई,भैसी, बाख्रा, भेडाले घास मार्फत खाने र जसबाट मानिसमा सर्ने समेत संभावना रहेको छ । यसले मानिसको कलेजो, फोक्सो पित्तमा समेत असर पार्ने पशु चिकित्सक डा. भरत काफ्लेको भनाई छ ।
यस्तै टोक्सोप्लाज्मोसि नामक रोग पनि पशुबाट मानिसमा सर्ने रोग हो । जसले विरालोको दिशामा सम्पर्कमा भएमा डेरीमा बिरालो आएमा संक्रमित माउबाट जन्मीएका बाच्छा, बाच्छीहरूमा पनि यो रोग लाग्न सक्छ । यो रोग लागेको पशुको मासु तथा दुशजन्य बस्तु सेवन गरेमा समेत रोग लाग्न सक्छ ।

यसको लािग विरालोको दिशलाई राम्रो संग नष्ट गर्नुपर्दछ । यस्तै झिांगा, सांग्ला लाग्ने गरी मासुजन्य पदार्थ र अन्य बस्तु राख्न नहुने पशु स्वाथ्य प्राविधिकहरू बताउँछन् । मानिस र पशुपन्छी बीच एक आपसमा सर्न सक्ने वा संक्रमण हुन सक्ने रोगलाई जुनोटिक वा जुनोसिस रोग भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार “मेरुदण्ड भएका पशु र मानवका बीच प्राकृतिक रूपमा सर्न सक्ने रोगहरू र संक्रमणलाई जुनोटिक रोगहरू वा जुनोसिस भनिन्छ ।“ मानिसमा लाग्ने ६० प्रतिशत भन्दाबढी रोगहरू पशुपन्छीबाट मानिसमा सरेको तथ्य पाइन्छ । पछिल्लो समय मानिसमा लाग्ने ७२ प्रतिशतरोगहरू पशुपन्छीबाट मानिसमा सरेको तथा सर्ने गरेको तथ्यहरू पनि जुनोटिक रोगको न्यूनिकरण र निराकरण गर्न आवश्यक रहेको छ । मानिसमा लाग्ने रोगहरू मध्ये ६१ प्रतिशत रोगहरू पशुबाट उत्पत्ति भएको मानिन्छ । विश्वभरि मानिसमा पाइने रोगहरू मध्ये करिब ३०० भन्दा बढी रोगहरू पशुबाट मानिसमा सर्दछन् । नेपालमा पनि करिब ५९ रोगहरू जुनोटिक हुनसक्ने अनुमान गरिएको छ ।
जुनोटिक रोगहरूका कारकमा भाइरस, व्याक्टेरिया, परजीवि र ढुसी रहेका छन । संसारमा करिव १४१५ जीवाणुहरू मानिसको स्वास्थ्यमा असर गर्न सक्रिय छन, भने यी मध्ये ५८ प्रतिशत जीवाणु तथा विषाणुहरू जुनोटिक समूहभित्र पर्दछन् । यसमा पनि १७७ संख्यामा जीवाणु र विषाणुहरू अति सम्वेदनशील, पटकपटक देखापर्ने र घातक समूहभित्र पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?