ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

महेशपुरमा अब प्लान्ट क्वारेन्टाईन

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

नवलपरासी, २३ असोज । जिल्ला स्थित महेशपुर भन्सार नाकामा बनस्पती (प्लान्ट) क्वारेन्टाईन स्थापनाको पहल शुरु भएको छ । क्वारेन्टाईनको अभावमा आउने राजश्वमा कमी र उद्यमी ब्यवसायीको हैरानीलाई मध्यनजर गर्दै विभागले पहल थालेको भन्सार कार्यालयले जनाए छ । स्थानीय उद्योगी ब्यवसायी र राजनीतिक दलबाट पनि सो समस्याबारे पटक–पटक अवगत गराउँदै माग हुँदै आएको थियो ।

विभागको ध्यानाकर्षण भई प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि कार्यदल बनाई प्रकृया अगाडि बढाईने जानकारी आएको भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले जानकारी दिए । स्थानीयको मागबारे भन्सार विभागले भन्सार कार्यालयबाट पनि जानकारी मागेको थियो, उनले भने, उद्योगी ब्यवसायी तथा स्थानीय किसान र दलहरूको माग जायज नै हो भनि जानकारी पठाइयो । सम्भवतः मंसिरतिर प्लान्ट क्वारेन्टाईन स्थापना भई कर्मचारी बस्ने वातावरण विभागले मिलाई दिन्छ । प्लान्ट क्वारेन्टाईनसँग नै खाद्य पदार्थको आयात र निर्यात हुने नाका हो । तर प्लान्ट क्वारेन्टाईन नहुँदा त्यसको भन्सार हुन सकिरहेको छैन । भन्सार नहुँदा अवैध रूपमा झोला पोकामा साईकल र मोटरसाईलमा बनस्पतीजन्य पदार्थ (तरकारी, खाद्य, दाना लगायत) का सामग्री दैनिक नेपाल भित्रिने गरेका छन् । त्यसबाट मात्रै दैनिक हजारौ रुपैयाँ राजश्व गुमिरहेको छ ।

प्लान्ट क्वारेन्टाईन नहँुदा भन्सारले भन्सार काटेर बैधता प्रदान नगरे पनि साना ब्यापारीले दैनिक सयौं साईकल र मोटरसाईकलमा सामग्री अवैध रूपमा भित्र्याउन परेको छ । अवैध आयात गर्दा ब्यपारीलाई नाफा भन्ने कुरा भइरहेको छैन । अवैध छ, भनेर प्रहरीले राजश्व भन्दा खाजश्व उनीहरूबाट उठाई नै हाल्छन् ।

प्रहरीलाई रकम बुझाए पनि लुकिछिपि नै मालसमाग्र लैजानु पर्ने बाध्यता रहेको छ । दिनमा एक सय त्यस्ता ब्यपारीले ३ सयदेखि ५ सयसम्म मात्र भन्सार बुझाए पनि दैनिक ३० हजार देखी ५० हजार भन्सार संकलन हुन्छ । यसरी मासिक ९ लाख देखी १५ लाखसम्म राजश्व उठन सक्छ । जबकी प्लान्ट क्वारेन्टाईनको कर्मचारीलाई एक महिनाकै राजश्वले तलब सुविधा पुग्न सक्छ । बाकी रकम राजश्वको रूपमा राजकोषमा बचत हुन्छ ।

अहिले प्लान्ट क्वारेन्टाईन स्थापना गर्न भन्सार विभागले चाँसो लिएको जानकारी ब्यक्त गर्दै यि कुराबारे भन्सार गम्भीर भएर साेंच्नु पर्ने हाटबजार जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताए । गत असार २९ गते नै प्लान्ट क्वारेन्टाईनको माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव मार्फत भन्सार विभाग तथा सरकारको ध्यानाकर्षण गराएका थिए । प्लान्ट क्वारेन्टाईन नहुदा बनस्पती जन्य मालबस्तुको भन्सार गराउन जिल्लाबासी तथा यो नाका सहज हुने ब्यपारीहरू समेत भैरहवा भन्सार कार्यालयमा भन्सार गराउन जादा प्राथमिकतामा नपर्ने गरेको उनको भनाई थियो । यसले गर्दा रूपन्देही तर्फकै केही सीमित ब्यपारीले मात्र तरकारी फलफूलका भन्सार गराएर बजारमा बिक्री वितरण गर्दा उपभोक्ता समेत महगो मूल्यमा खरिद गर्नु परिरहेको छ । सिमित मात्रामा मात्र तरकारीहरू ल्याउनेले तरकारीमा एकाधिकार समेत लगाउन खोजेको आरोप पनि लाग्ने गरेको छ ।

मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई बीउ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउदै भन्सार हुन सकिरहेको छैन् । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।

नेपाली उपभोक्ता विषादी युक्त तरकारी खान बाध्य छन् । भन्सार नहुदा राजस्व ह्रास भई रहेको छ । भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायिले ब्यवसाय गर्न नपाउँदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन् । हाटबजारमा तरकारी आपुर्ति प्रयाप्त मात्रामा आउन नसक्दा तरकारीको मुल्य पनि अकासिदै जादा उपभोक्ता मूल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी, विषादीयुक्त तरकारी खानु पर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकूल असर पर्नुका साथै तरकारीमा मुल्यवृद्धि जस्ता समस्या भई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?