ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
उपभोक्तालाई ‘दोब्बर बढि मूल्य’

दोषी व्यापारी कि सरकार ?

होलसेल तथा डिलर व्यवसायीहरूले पहिला स्टक राखेको सामानको मूल्यमा पनि अहिलेको नयाँ मूल्य राखेर सामान पठाएको कारण मूल्य वृद्धि भएको दाबी खुद्रा किराना व्यवसायीहरूको रहेको छ भने ठूला व्यवसायीहरूले भने खुद्रा व्यवसायीले दोब्बर बढि नाफा राखेर सामान बिक्री गरेको आरोप लगाएका छन् ।
१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल, १५ असोज । आईतबार बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख सावित्रादेवी अर्याल सहितको अधिकृतहरूको टोली बुटवल बजार अनुगमनमा निस्कीयो । नगरपालिका नजिकै रहेको कान्ती माविले निर्माण गरेको व्यवसायीक सटरमा व्यवसाय गर्दै आएका न्यू कान्दु किराना तथा गेडागडी पसलमा व्यवसायीले आफूले खरिद गरेको जिराको मूल्य ३ सय ३४ रूपैयाँ प्रतिकिलो थियो । जसमा व्यवसायीले १३ प्रतिशत थप गर्दा ४३ रूपैयाँ थप हुन आउँछ । यसरी उनले खरिद गरेको मूल्य जिराको कुल ३ सय ७७ रूपैयाँ प्रतिकेजी मात्रै भयो ।
यो त उनले आफू भन्दा पहिला खरिद गरेको जिराको मूल्य हो । उनले उक्त जिरालाई क्वालिटी हेरिकन ६ सयदेखि ७ सय प्रतिकिलोमा बिक्री गर्दै आएको अनुगमनको बेला भेटिएको थियो ।

नजिकै रहेको विष्णु विबेक गल्लाले भने ८ सयप्रति किलोमा जिरा बिक्री गर्दै आएको थियो । जुन व्ययवसायीको होलसेल मूल्य हो । यसरी होलसेल व्यवसायीहरूबाट करिब ७ देखि ८ सय रूपैयाँमा खरिद गरेको खुद्रा किराना व्यवसायीहरूले भने त्यहि जिरालाई १३ सय रूपैयाँदेखि १५ सय रूपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका छन् । होलसेलमा लिएको मूल्य भन्दा खुद्रा किराना व्यवसायीहरूले झाण्डै दोब्बर मूल्यमा जिरा बिक्री गरिरहेको पाइएको छ ।

 

बुटवल उप–महानगरपालिका अनुगमन समितिका संयोजक तथा उप–प्रमुख सावित्रा देवी अर्यालले कालोबजारी गर्ने, चाडपर्वको बेला उपभोक्ता अधिकारमाथि खेलवाड गर्ने जोकोहीलाई पनि कानूनी कारवाही गर्ने बताएकी छिन् । उनले नगरपालिकाले चाडपर्व लक्षित अनुगमन सुरुवात गरिएको भन्दै होलसेल व्यवसायीहरू बाट फुटकर व्यवसायमा जाँदा के–कति नाफा वा घाटाको अवस्था रहेको छ, त्यो विषयमा यकिन गरेर स्थानीय सरकारको रूपमा आफूले कार्य अगाडि बढाउने बताईन । उनले चाडपर्वको बेलामा विना लेवलका, मिति गुज्रीएका सामान बिक्री हुने गरेको गुनासो पटक–पटक आउने गरेको भन्दै यसलाई अनुगमन गरेर नियन्त्रण गरिने जानकारी दिईन ।
व्यापार–व्यवसाय उद्देश्य अनुसार गर्नुपर्ने र यसको लागि स्थानीय तह, बाणिज्य कार्यालय वा घरेलु कार्यालय जस्ता सम्बन्धीत निकायमा दर्ता गरेर मात्रै, नविकरण गरेर आवश्यक राजश्व तिरेर मात्रै सञ्चालन गर्नुपर्ने, मापदण्ड विपरित नभए कारवाही गरिने समेत बुटवल उपमहानगरापलिका अनुगमान महाशाखा प्रमुख तुल्सा अर्यालको भनाई छ ।

यता, खुद्रा किसाना व्यवसायीहरूले भने होलसेल र डिलरहरूबाट नै बजार मुल्य बढि बनाएर आएको कारण खुद्रा किराना व्यवसायीहरूले मुल्य बृद्धि गरेको भन्ने आधार निराधार भएको बताउँछन् । खुद्रा किराना व्यवसायी संघ रूपन्देहीका अध्यक्ष मोहन प्रसाद बस्यालले डिलर तथा होलसेल व्यवसायीहरूले नै मुल्य बढाएर पुरानो स्टक सामानमा पनि नयाँ मुल्य राखेको कारण अहिले मुल्य बृद्धि भएको बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामी स–सानो एकाईमा विक्रि गर्नेहरूले ठूलो मात्रामा मूल्य वृद्धि गर्न संभव पनि छैन, यसमा हामी भन्दा पनि होलसेल व्यवसायी र डिलरहरूबाट नै मुल्य बढेर आएको कारण समस्या आएको हो ।’

कतिपय होलसेल व्यवसायीहरूले पुरानो स्टकमा रहेको सामानको पनि अहिले बढेर आएको मूल्य लगाएर बजारमा पठाउँदा समस्या भएको खुद्रा किराना व्यवसायीहरूको भनाई रहेको छ । खुद्रा व्यवसायीहरूले स्थानीय तह, सरकारले खुद्रा किराना व्यवसायी भन्दा पनि ठुला, होलसेल, डिलरमा गएर अनुगमन गर्नुपर्ने र त्यहाँबाट नै मुल्य घटेर आउँदा खुद्रा किरानामा पनि घट्ने बताउँदै आएका छन् । अहिले बजारमा चिनीको मुल्य समेत बढेको छ । ५० किलो चिनीको मुल्य होलसेलमा ५७ सय ५० रूपैयाँ रहेको खुद्रा व्यवसायीहरूको दावि छ । जसमा प्रतिकिलोमा १ सय १५ रूपैयाँ हुन आउँछ । ५० किलो चीन खुद्रा व्यवसायीहरूले ल्याउँदा ४९ किलो जति हुने व्यवसायीको भनाई रहेको छ । यसरी व्यवसायीको खरिद मुल्य नै १ सय ७ पर्ने हुँदा ५, ७ रूपैयाँ नाफा खाँदा अहिले बजारमा मुल्य १ सय २५ देखि १ सय ३० रूपैयाँ भएको खुद्रा व्यवसायीको दावि रहेको छ ।

पछिल्लो समयमा व्यवसायीहरूले जिरा र चीनको मुल्य झण्डै दोब्बरले बढाएका छन् । नेपाली चीन एक महिना पहिला ८० रूपैयाँ प्रतिकिलो थियो । अहिले १ सय २५ देखि १ सय ३० रूपैयाँ मा विक्रि भैरहेको छ भने ७ देखि ८ सय रूपैयाँ रहेको जिरा अहिले १२ देखि १५ सय रूपैयाँमा खुद्रा व्यवसायीहरूले बिक्री गरिरहेका छन् । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताहरू अधिकार माथि कुण्ठीत गर्दै भएको मूल्य वृद्धि सरकारले नै नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले यसको लागि तीन वटा नै सरकार ले संयुक्त रूपमा अनुमन गरेर मुहान देखि नै नियन्त्रण गर्नुपर्ने बताएका हुन । नेपालीहरूको ठुला पर्व दशैं र तिहार नजिकीदै जाँदा अनुगमन लगायतका विषयमा कडाईका साथ कार्यान्वयन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?