ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

कृषक फकाउँदै स्थानीय सरकार

किसानहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले मलका साथै बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ । कृषकहरूलाई बीमा गर्न प्रोत्साहन गर्नुको साथै बीमा समेत निःशुल्क गरेको छ । गाउँपालिकाले कृषकहरूबाट लिईदै आएको कर समेत मिनाहा गरेको छ ।
१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

रोल्पा, १२ असोज । रोल्पा रुन्टीगढी गाउँपालिका ९ का चन्द्रप्रकाश महरा ११ वर्ष दुवई बसे । दुवईबाट स्वदेश फर्के यता उनी कृषि कर्ममा छन । उनले अहिले ३० रोपनी जग्गामा तरकारी खेती गरेका छन । वन्दा, गोभि, सीमि, टमाटर, खुर्सानी जस्ता तरकारी बेच्न उनी हरेक हप्ताको मंगलबार र शनिबार होलेरी जान्छन । होलेरीमा रहेको हाट बजारमा तरकारी बिक्री गर्छन । तरकारी बेचेर आएको रकम बंैकमा जम्मा गरेर घर फर्कन्छन । तरकारी विक्री गरेर उनले एक सिजनमा २० लाख सम्म आम्दानी गर्दछन ।

रुन्टीगढी गाउँपालिकाले होलेरी बजारमा सुरु गरेको हाट बजारले चन्द्रप्रकाश जस्तै सयौं कृषकहरू तरकारी बिक्री गर्न आउँछन । आफूले उत्पादन गरेको तरकारी विगतमा बिचौलियालाई सस्तो मूल्यमा उधारोमा बिक्री गरेर ठगिएका उनीहरू अब भने सिधै व्यापारीलाई तरकारी वेच्दा बिचौलियावाट ठगिनु परेको छैन । विगतमा हाट बजार नहुँदा विचौलियाहरू घरघरमा आएर सस्तो मूल्यमा तरकारी लिएर जान्थे र ६, ७ महिनासम्म पनि पैसा दिँदैनथे रुन्टीगढी गाउँपालिका ६ का युवराज चन्दले भने । एकजना विचौलियाले म सँग ३ वर्षअघि लगेको तरकारीको ८ हजार रूपैयाँ अझै दिएको छैन चन्दले भने ।

यहाँको हाट बजारको कहानी पनि लामै छ । तरकारीको निकै राम्रो सम्भावना भएको यस क्षेत्रमा २०५४ सालमा नै हाटबजार संचालन गर्ने भनियो । केही सुरुआत पनि भयो तर त्यसले सफलता पाउन सकेन । दश वर्ष लामो सशस्त्र द्वन्द्वले मानिसहरू भेला जम्मा हुने र आवतजावत गर्ने अवस्था खुम्चदै गएपछि यसले सार्थकता पाउन सकेन । २०६३ सालको शान्ति प्रकृयापछि सहज अवस्था आयो । पुनः गाउँविकास समितिहरूले हाट बजार संचालन गर्ने योजना अघि सारेपनि जनप्रतिनिधि विहिन गाउँविकास समितिले जनतासंग जोडिएको काम गर्न सक्ने अवस्था थिएन । २०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारले पनि हाट बजार संचालन गर्न केही पहल गरे पनि सार्थक परिणाम भने हासिल भएन । पछिल्लो पटक २०७९ सालमा निर्वाचित स्थानीय सरकारले आफ्नो कार्यकालको दोश्रो वर्षमा हाटबजार संचालनमा ल्याएको हो । विगतका गाउँविकास समितिहरूले हाटबजार लगाउने भन्दै केही संरचना पनि बनाएर २÷४ दिन हाटबजार संचालन गरे पनि यसले निरन्तरता पाउन सकेको थिएन, अहिले भने दीगो ढंगले अघि बढिरहेको छ,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले भने ।

हाटबजारमा स्थानीय कृषकहरूले दैनिक ६५ हजार किलोग्राम सम्म कृषि उपज विक्री वितरण गर्दै आएका छन । हरेक हप्ताको मंगलबार र शनिवार लाग्ने हाटबजारमा गाउँपालिका भित्रका ९ वटै वडाका किसानहरूले कृषि उपज विक्री वितरण गर्ने गर्दछन । किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्न भारतका साथै नेपालका विभिन्न जिल्लाका व्यापारीहरू होलेरी पुग्ने गर्दछन । तरकारी अभाव हँुदा भारतको रूपैडियाबाट समेत व्यापारीहरू आउछन भने नेपालका दाङ, नेपालगंज, कैलाली, भैरहवा र बुटवलका व्यापारीहरू सधै जसो कृषि उपज खरिद गर्न सधै जसो होलेरी आउने गर्दछन रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले भने ।

सानहरूले कम्तिमा ३५ हजार र वढीमा ६५ हजार किलो ग्राम सम्म तरकारी विक्री गरेको अभिलेख देखिन्छ गाउँपालिका अध्यक्ष पुनले भने ।
किसानहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले मलका साथै विउमा ५० प्रतिशत अनुदान दिने गरेको छ । कृषकहरूलाई विमा गर्न प्रोत्साहन गर्नुको साथै विमा समेत निःशुल्क गरेको छ । गाउँपालिकाले कृषकहरूवाट लिईदै आएको कर समेत मिन्हा गरेको छ ।
कृषि पेशा प्रति थप आकर्षण गर्न गाउँपालिकाले तरकारी उत्पादक कृषकहरूवाट लिदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकहरूले स्थानीय करको रूपमा तरकारी कर वुझाउँदै आएका थिए । तरकारी उत्पादक कृषकहरूले यस अघि प्रति किलो पचास पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । अघिल्लो वर्षको आषाढ १० गते सम्पन्न गाउँपरिषदमा पेश भएको नीति तथा कार्यक्रममा कृषकहरूले तिर्दै आएको सो कर नलिने निर्णय गरेको हो । उक्त निर्णय आर्थिक वर्ष ०७९/०८० को साउन १ गते देखी लागु भएको गाउँपालिकाको भनाई छ ।

यस क्षेत्रका कृषकहरूले ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने गर्दछन । आमदानीको मुख्य श्रोतको रूपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाईदै आएको कर नलिने निर्णय गरेका हांै अध्यक्ष पुनले भने । तरकारी खेती गर्ने कृषकहरू आफ्नो पेशा प्रति अझै उत्साहित होउन भनेर गाउँपालिकाले उनीहरूवाट लिँदै आएको स्थानीय कर हटाएको हो गाउँपालिका अध्यक्ष पुनले भने ।
गाउँपालिकाको यो निर्णय संगै यस क्षेत्रका कृषकहरूले ठूलो राहात पाएका छन । रुन्टीगढी गाउँपालिकामा टमाटर, वन्दा, खुर्सानी, भान्टा, सिमी जस्ता मौसमी र वेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ ।

स्थानीय करको चपेटामा परेका उनीहरूले समय समयमा तरकारीले वजार नपाउदा क्षती समेत व्यहोर्ने गरेका छन । तरकारीको भाउ कहिले काही अत्यधिक कम हुदा लगानी नै नउठ्ने तर कर भने तिर्नु पर्ने समस्या थियो गाउँपालिकाको यो निर्णयले कृषकलाई सहज भएको होलेरी हाट वजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश महराले भने । समय समयमा तरकारीको वजार मुल्यमा गिरावट आउदा कृषकहरूले ठूलो मात्राको तरकारी गाईभंैसीलाई ख्वाउन वाध्य हुने गर्दछन ।

किसानहरूको उत्पादनमा प्राविधिक सहयोग गर्न गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गरेको छ । प्राविधिकहरू कृषकको खेतवारीमा पुगेर प्राविधिक सहयोग गर्ने गर्दछन । जसले यहाँका किसानहरूलाई बालीनालीमा रोगकिरा लाग्ने समस्याबाट धेरै हदसम्म उन्मुक्ती मिलेको रुन्टीगढी ७ झेनामकी अमृता रोकाले भने । प्राविधिक सहयोग पाउनु अघि वालीमा रोगकिरा लागेर उत्पादन खेर जाँदा धेरै नोक्सानी व्यहोर्नु पथ्र्यो अहिले त्यस्तो समस्या टरेको छ रोकाले भने ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाका सवै वडा तथा त्रिवेणी गाउँपालिकाको वुढागाउँ, नुवागाउँ, जुगार लगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ । यहाँका कृषकको आमदानीको मुख्य श्रोत तरकारी खेती भएपनि स्थानीय सरकारले भने तरकारी खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न नसकेको भन्दै आलोचित हुदै आएको थियो । रुन्टीगढी गाउँपालिका सरकारले तरकारी उत्पादक कृषकको पक्षमा गरेको यो निर्णयको सवै क्षेत्रवाट प्रशंसा भएको छ ।

तरकारी खेतीवाट आमदानी हुन थालेसंगै कृषकहरूले लिएको ऋण पनि नियमित भुक्तानी हुन थालको छ । वैक तथा वित्तिय संस्थाहरूवाट ऋण लिने र कृषि उपज विक्री वितरण नहुँदा वैकको किस्ता समेत रोकिँदै आएकोमा अहिले भने वैंक र वित्तिय संस्थाहरूको ऋण समेत नियमित तिरिरहेको देखिन्छ गाउँपालिका अध्यक्ष पुनले भने । उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गर्ने,एक पालिका एक कोल्ड स्टोर निर्माण गर्ने, प्रत्येक वडामा तरकारी संकलन केन्द्र स्थापना गर्ने,उत्पादीत कृषि उपजको वजार मूल्य नभएको अवस्थामा किसानहरूलाई क्षतिपूर्ती दिने गरि रुन्टीगढी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गरिहेको छ ।

आर्थिक विकासको मुल आधार कृषि मान्दै रोल्पाको त्रिवेणी गाउँपालिकाले कृषकहरूको तथ्यांक संकलन, वर्गिकरण तथा सूचीकरण गरी किसान परिचय–पत्र दिने कार्यक्रम अघि सारेको छ । उसले कृषि तथा पशुपंक्षी क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गरी कृषकहरूको संरक्षण गर्न बाली तथा पशुपंक्षीहरूमा बिमा कार्यक्रम लागु गर्ने, बिमा कार्यक्रमका लागि कृषकले व्यहोर्नुपर्ने २० प्रतिशत मध्ये १० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्दै आएको छ । यसैगरि कृषि क्षेत्रलाई बिचौलिया मुक्त राख्ने, कृषि उपजको बजारीकरणमा सहकारी क्षेत्रलाई आवद्ध गर्ने, आफ्ना उत्पादनहरूलाई संकलन केन्द्रसम्म पु¥याएका कृषकहरूलाई प्रति किलो २ रूपैयाँका दरले उत्पादन प्रोत्साहन दिने गरेको छ ।
गाउँपालिकाको कम्तिमा एक वडालाई अर्गानिक तरकारी उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, कृषक पेन्सन (जडिबुटी तथा फलपूलका विरुवा वितरण) को व्यवस्था गरेको गाउँपालिका अध्यक्ष कर्ण वाँठामगरको भनाई छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई गरिवी न्यूनिकरण तथा रोजगारी सिर्जना गर्ने तर्फ आफुहरू लागि परेको वाँठामगरको भनाई छ । कृषिलाई निर्वाहमुखी खेती प्रणालीवाट व्यवसायिक प्रणाली तर्फ लैजान कार्यक्रम र योजनासहित लगानी पनि बढाएका छौं वाँठामगरले भने ।

आलु रोल्पाको गंगादेव गाउँपालिकाको मुख्य नगदेवाली हो । यहाँका हरेक घरमा कम्तिमा ३० देखि २ सय ५० क्वीन्टलसम्म आलु उत्पादन हुने गर्दछ । यस वर्षको जेठ पहिलो साता देखि आषाढ मसान्त सम्म गंगादेव गाउँपालिकाबाट करिब १९ हजार क्वीन्टल आलु बाहिरिएको थियो । यस वर्ष गंगादेव गाउँपालिकामा करिब ४० हजार क्वीन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरी सक्ने गाउँपालिका कृषि बिकास शाखा प्रमुख टिकाराम वलीको भनाइ छ । यसपटक आलु बिक्रीबाट गंगादेव गाउँपालिकामा करिव १२ करोड रूपैँया भित्रिने अपेक्षा गरेका छौ कृषि शाखा प्रमुख वलीले भने ।

त्यतिधेरै दुःख पनी नहुने,छोटो समयमै प्रतिफल दिने र आम्दानी पनि राम्रो हुने भएपछि गंगादेवका अधिकांश किसानहरू आलु खेती तर्फ आर्कषित भएका हुन । गंगादेव गाउँपालिकामा हिउदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुने गर्दछ । सिचाइ पुर्वाधार हुने ठाउमा, माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिचाइ प्रयाप्त नुहने ठाउँमा फागुन अन्तिम र चैतको पहिलो हप्ता देखी खेती गर्ने चलन छ । गंगादेवमा विगतको तुलनामा पछिल्ला केही वर्ष यता आलु उत्पादनमा किसानको लगाव बढेको छ । ९० दिनमा प्रतिफल दिने भएकाले आलु किसानको लागी रोजाइ परेको वताईन्छ ।

यहाँको आलु दाङ, बुटवल, पोखरा र विशेष गरी काठमाडौंमा माग हुने गरेको छ । गंगादेव गाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटारसंगको समन्वय गर्दै आएको छ । गत वर्ष २०७९–०८० देखि नै व्यवसायिक आलु पकेट बिकास क्षेत्र निर्धारण गरेर कार्यक्रम सुचारु गर्दै आइरहेको छ । चालु आर्थिक वर्षका लागी पनि गाउँपालिकाले आलु सम्वन्धी विज्ञ झिकाएर तालिम संचालन गर्ने बताएको छ ।

आलु बीउको लागि रष्ट्रिक स्टोरको समस्या भएको हँुदा बीउ सुधारको लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानहरूलाई बीउ सुधारको लागि नयाँ आलुको मुल तथा उन्नत विउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य राखेका छौ गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले भने । यसका साथै सबै ठाउँमा सिचाईका पूर्वाधारहरू पु¥याउने लक्ष समेत राखेको बताए । व्यवसायिक आलुखेतीकै कारण लुम्बिनी प्रदेशमा यतिबेला गङ्गादेवको आलुले चर्चा बटुलेको छ । यतिसम्म कि प्रदेश सरकारले नमुना गाउँको रूपमा आलु उत्पादन प्रविधिलाई अवलम्बन गर्दै नीतिगत हिसाबले यहाँको अभ्यासलाई प्रदेशका अन्य जिल्लामा पनि आलु खेति बिस्तार गरेको छ ।
कृषि क्षेत्रमा ठूलो लगानी भएपनि प्रतिफल नदेखिएको भन्दै आलोचना भईरहेको वेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरि काम अघि वढाएको छ । उसले मध्यमस्तरको कृषि जनशक्ति उत्पादन देखी उत्पादनमा आधारित अनुदान सम्मका कार्यक्रम अघि सार्दै कृषकले अनुभूत गर्नै परिणाम देखाउन थालेको छ ।

कृषि र पशु विज्ञान अध्ययन गर्नेहरूका लागि नगरपालिकाले हरेक वर्ष निशुल्क छात्रवृत्तीको व्यवस्था गर्दै आएको छ । तीन वर्षे डिप्लोमा तहको पठनपाठनको माध्यमवाट मध्यमस्तरको जनशक्ति तयार भई नगर भित्रको कृषि प्राविधिकको आवश्यकता पुरा हुने नगरपालिकाले अपेक्षा लिएको छ । जसका लागी उसले रोल्पा नगरपालिका १ मेवाङमा रहेको वहुप्राविधिक शिक्षालय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ती दिने गर्दछ । चालु आर्थिक वर्ष उसले ७ जना वालि विज्ञान र ७ जना पशु विज्ञान गरि कृषि क्षेत्रका १४ जनालाई छात्रवृत्ती दिँदै आएको छ ।
नगरपालिकाले वडा नं. ३ र ४ लाई दुध पकेट क्षेत्रको रूपमा विकास गर्न अघिल्लो वर्ष ४० वटा उन्नत जातको भैसी वितरण गरेको वताएको छ । नगरपालिकाले किसाहरूलाई घरमै प्राविधिक सहायता र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइएको वताएको छ । किसानहरूले उत्पादन गरेको दुध सहज खपतका लागि सदरमुकाम लिवाङमा दुग्ध सहकारी स्थापना भएको छ । नगरपालिकाको सहजीकरणमा दुग्ध किसानहरूले गत वर्षको पुष महिनामा उक्त सहकारी स्थापना गरेका थिए । सहकारी स्थापना भए यता कृषकहरूले करिव ३० हजार दुध विक्री गरेको सहकारीले जानकारी दिएको छ । उक्त दुधको नगरपालिकाको तर्फबाट प्रति लिटर ५ रूपैयाँका दरले अनुदान दिने गर्दछ । हालसम्म किसानहरूले करिब १ लाख ५० हजार अनुदान लिईसकेका छन । नगरपालिकाले चालु आर्थिक वर्ष देखी वडा नं. १ देखि ७ सम्मलाई मिल्क करिडोर वनाउने गरि कार्यक्रम तय भएको नगर प्रमुख सुरेन्द्र थापा घर्तीले जानकारी दिनु भयो । नगरपालिकाले चालु आर्थिक वर्षमा उन्नत जातका ४० वटा गाई वितरण गर्ने योजना अघि सारेको छ । जसका लागि उसले ४० लाख बजेट समेत विनियोजन गरेको वताएको छ । किसानले उत्पादन गरेर वढी भएको दुध जिल्ला वाहिर लैजान नगरपालिकाले सहजीकरण गर्ने समेत नगरप्रमुख घर्तीमगरले जानकारी दिए ।
कृषकहरूले उत्पादन गरेको कृषि उपजलाई वजारीकरणका लागि कृषि हाट वजार समेत संचालनमा आएको छ । केही समय कर्मचारी मिलन केन्द्रको आडैमा स्थापना भएको उक्त हाट वजार केही दिन यता हाट बजार केन्द्रवाटै संचालन भईरहेको छ । हाटबजार संचालन भए यता कृषकहरूले झण्डै ५० हजार किलो तरकारी विक्री वितरण गरेका छन । व्यवसायिक किसानहरूलाई प्रोत्साहित गर्न नगरपालिकाले तरकारीमा प्रति किला ५ रूपैयाँ र केरामा प्रति कोसा २ रूपैयाँका दरले ढुवानी अनुदान दिने गरेको । नगरपालिकाले चालु आर्थिक वर्ष चिस्यान गुह निर्माणका गर्ने कार्यक्रम अघि सारेको छ । जसका लागि उसले १ करोड बजेट विनियोजन समेत गरेको छ । यसका साथै कृषि एम्वुलेन्स खरिदका लागी ३० लाख बजेट विनियोजन गरेको छ । यसै वर्ष देखी कृषि उपजको समर्थन मूल्य कायम गरि नगरपालिकावाटै खरिद, भण्डारण तथा वजार व्यवस्थापनको प्रवन्ध मिलाउने नगरपालिकाको भनाई छ ।

विदेशवाट फर्केका ४२ जना युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम समेत नगरपालिकाले अघि सारेको छ । कृषि र पशुजन्य कृयाकलापबाट स्वरोजगार बनाउँदै उद्यमशील वनाउने उसले अघिल्लो वर्ष १७ लाख २० हजार अनुदान वितरण गरेको थियो । पहिलो चरणमा ३२ जना युवाहरूलाई तीन दिने व्यवसायिक पशुपालन तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वाख्रामा नश्ल सुधारका लागी नगरपालिकाले ५० वटा वोयर वोका वाख्रापालक किसानहरूलाई वितरण गरेको बताएको छ ।

रोल्पा नगरपालिकाले पशुपंक्षीपालन र कृषिमा लगानी बढाउँदै अण्डा मासु तरकारी र खाद्यान्नलाई आत्मनिर्भर हुने कार्यक्रम अगाडी वढाउने कार्यक्रम अघि सारेको छ । उसले नगरपालिका स्तरमा फलफूल, तरकारी तथा कृषिजन्य उत्पादन भण्डारणका लागि एक कोल्ड स्टोर निर्माण गर्ने, नगरपालिकाका १० वटा वडाका प्रत्येक गाउँलाई प्राविधिक तालिम उपलव्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रमद्वारा प्रत्येक ग्रामीण घरमा कम्तिमा एक घर एक रोजगार सिर्जना गर्ने कार्यक्रम अघि सारेका छौ रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले भने । कृषि उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिनुका साथै तरकारी, दुग्ध उत्पादन कृषकहरूलाई विउ, प्रविधि सहायता, बाली तथा पशु विमा र बजारीकरणमा विशेष प्रोत्साहनको व्यवस्था मिलाएका छौ नगर प्रमुख घर्तीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?