ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रूपन्देहीले गुमाउँदै ‘वित्तीय शाख’

कुनै बेला बाणिज्य बैंकदेखि विकास बैंक, वित्त कम्पनी, लघु वित्त वित्तीय संस्थाको स्थापनामा देशकै अग्रणी स्थान जमाएको रूपन्देहीले अहिले वित्तीय नेतृत्वको हैसीयत बिस्तारै गुमाउँदै गएको छ ।
५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

बुटवल, ५ असोज । कुनै समय बैंक तथा वित्तीय संस्था स्थापना, लगानी र आर्थिक चलायमानमा रूपन्देहीले देशकै अग्रणी नेतृत्व गरेको थियो । रूपन्देहीको सिद्धार्थनगर भैरहवामा ‘क’ बर्गको बाणिज्य बैंक नै स्थापना भएको थियो । तर राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्था मर्जर जाने, एक्जीविसन हुँदा विस्तारै रूपन्देहीले बैंकिङ्ग नेतृत्वमा शाखा गुमाउँदै गएको छ ।

वि.सं. २०५३ साल कार्तिक २८ गते ‘क’ बर्गको बाणिज्य बैंकको रूपमा भैरहवामा स्थापना भएको नेपाल क्रेडीट एण्ड कमर्स बैंकको केन्द्रीय कार्यालय अहिले भैरहवामा छैन । लामो समय एनसीसी बैंकको प्रधान कार्यालय भैरहवा र कर्पोरेट कार्यालय काठमाडौं रहेर बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको उक्त बैंकको नाम अहिले छैन । कुमारी बैंक सँग मर्ज भएपछि एनसीसी बैंकले प्रधान कार्यालय रूपन्देहीबाट मात्रै गुमाएन आफ्नो नाम समेत गुमायो । अहिले कुमारी बैंकको नामबाट वित्तीय कारोबार हुँदै आएको छ । भैरहवासहित बुटवल लगायतका क्षेत्रमा अहिले यसको शाखा कार्यालय रहेका छन् ।

यसको अलवा रूपन्देही जिल्लामा केन्द्रीय कार्यालय भएर स्थापना भएका तत्कालिन ‘ख’ बर्गका विकास बैंक मध्ये एउटा मात्रै साईन रेसुंगा विकास बैंक मर्जर पछि मात्रै केन्द्रीय कार्यालय रूपन्देहीबाट सञ्चालन भैरहेको छ भने अन्य कुनै पनि बैंक अहिले आफ्नो नाम र केन्द्रीय कार्यालय रूपन्देहीमा कायम गर्न सकेनन् । ती बैंकले केन्द्रीय कार्यालय रूपन्देहीबाट मात्रै गुमाएनन्, आफ्नो नाम समेत गुमाएका छन् ।

वि.सं. २०५९ फागुन १८ गते स्थापना भएको पश्चिमाञ्चाल विकास बैंक, २०६१ साल भदौ ३ गते शंकरनगर रूपन्देहीमा स्थापना भएको भृकुटी विकास बैंक, २०६३ साल असोज २७ गते स्थापना भएको तिनाउ विकास बैंक, २०६३ फागुन १३ गते स्थापना भएको सेवा विकास बैंक, २०६५ जेठ २७ गते भैरहवामा स्थापना भएको पूर्णीमा विकास बैंक लिमिटेड, २०६५ फागुन ११ गते स्थापना भएको साईन बैंक लिमिटेड, २०६६ साल असोज २७ गते भैरहवामा स्थापना भएको ईन्नोभेटीभ डेभलपमेन्ट बैंक लिमिटेड, २०६७ साल असार १ गते स्थापना भएको मिसन डेभलपमेन्ट बैंक लिमिटेड अहिले मर्जर पश्चात अर्को नामबाट सञ्चालित छन् । यी बैंकले अहिले रूपन्देहीमा शाखा कार्यालय मात्रै छन् । यी बैंक मध्ये सेवा विकास बैंकले कामना सेवा विकास बैंकको रूपमा नाम मात्रै बचाउन सक्यो भने प्रधान कार्यालय रूपन्देहीबाट गुमायो ।

यस्तै २०६७ साल कार्तिक १७ गते स्थापना भएको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, २०६८ साल कार्तिक ७ गते नै स्थापना भएको एकता विकास बैंक पनि अहिले आफ्नो अस्तित्वमा छैनन । यी बैंक कुनै विकास बैंकमा कुनै बाणिज्य बैंकमा मर्जर भएका छन् । आफ्नो पूँजी, शेयर सबै वित्तीय नाफा प्राप्ती गरेपनि सम्बन्धित स्थापना कर्ता शेयरधनीहरूले भने उक्त बैंकको नेतृत्व तहमा आफ्नो स्थान जमाउन पाएका छैनन् ।
कुनै समयमा ‘क’ बर्गको बाणिज्य बैंक स्थापना गर्ने क्षमता राखेको रूपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको बाणिज्य बैंक कुनै पनि छैनन्  भने ‘ख’ बर्गको विकास बैंकको रूपमा रहेको साईन विकास बैंक ले रेसुंगा साईन रेसुंगा बैंक मार्फत आफ्नो कारोबार कायम राखेको छ ।
‘ख’ बर्गको राष्ट्रियस्तरको बैंकको रूपमा रूपन्देहीमा स्थापना भई केन्द्रीय कार्यालय पनि रूपन्देहीमा नै रहेर सेवा प्रदान गरिरहेको साईन रेसुंगा विकास बैंक एउटा मात्रै बैंक हो । अन्य ९ वटा विकास बैंकले आफ्नो आफ्नो उपस्थिती शाखा कार्यालयको रूपमा अन्य बैंकको नामबाट मात्रै सञ्चालित रहेका छन् ।

बाणिज्य बैंक, विकास बैंक मात्रै होईन, ग बर्गका वित्त संस्था स्थापनामा पनि रूपन्देहीले कुनै समयमा नेतृत्व गरेको थियो । ‘ग’ बर्गका फाईनान्स कम्पनी मध्ये कुनै पनि वित्त कम्पनीको प्रधान कार्यालय रूपन्देहीमा छैन । वि.स. २०५१ सालमा स्थापना भएको पश्चिमाञ्चल फाईनान्स कम्पनी, २०५५ सालमा स्थापना भएको बुटवल फाईनान्स लिमिटेड, २०६० सालमा भैरहवामा स्थापना भएको एभरेष्ट फाईनान्स लिमिटेड पनि अहिले सोही नाम र केन्द्रीय कार्यालयको हैसीयत गुमाईसकेका छन् । यी वित्त कम्पनी मर्जर पश्चात अन्य नाम, केन्द्रीय कार्यालय अन्य स्थानमा नै रहेर सञ्चालनमा रहेका हुन ।

नेपाल राष्ट्र बैंकको गत असार २०८० सम्मको तथ्यांक हेर्दा बाणिज्य बैंकको प्रधान कार्यालय रूपन्देहीमा भएको कुनै पनि बैंक छैनन भने ‘ख’बर्गको विकास बैंकमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक मात्रै र हेको छ । जुन राष्ट्रिय स्तरको विकास बैंक हो । यो बाहेक ‘ग’ बर्गका वित्तीय संस्थामा १७ वटा मा कुनै पनि वित्तीय संस्थाको प्रधान कार्यालय रूपन्देहीमा छैन । बुटवल फाईनान्स, पश्चिमाञ्चल फाईनान्स लगायतका वित्तीय संस्था रहेपनि ती संस्था मर्जरमा गएर अहिले केन्द्रीय कार्यालय काठमाण्डौबाट सञ्चालित रहेका छन् ।

लघुवित्त वित्तीय संस्था स्थापनामा पनि रूपन्देहीले आफ्नो नेतृत्व स्थापना गर्न सकेको छैन । ६ वटा बाहेक अन्य लघुवित्त वित्तीय संस्थाले आफ्नो प्रधानकार्यालय रूपन्देहीमा स्थापना गर्न सकेका छैनन । ‘घ’ बर्गको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था बुटवल प्रधान कार्यालय भै सञ्चालनमा रहेको छ । जुन १९ जिल्ला कार्यक्षेत्र रहेको संस्था हो । यो बाहेक रूपन्देहीमा प्रधान कार्यालय रहेको आर एण्ड डि सी लघु वित्त वित्तीय संस्था राष्ट्रिय स्तर कार्य क्षेत्र भएर वि.स. २०७० साल भदौ २६ देखि सञ्चालित रहेको छ । वि.स. २०७१ साल साउन ३० गते स्थापना भएको ग्रामिण विकास लघु वित्त वित्तीय संस्था बुटवल प्रधान कार्यलय भई राष्ट्रिय स्तरमा सञ्चालित रहेको छ भने भैरहवामा मर्जर पश्चात उन्नती सहकार्य लघुवित्त को रूपमा २०७७ असार २६ गते बाट लघु वित्त वित्तीय संस्था सञ्चालनमा रहेको हो ।

यस्तै भैरहवामा मर्जर पश्चात मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था वि.स. २०४४ साउन १० गते बाट लुम्बिनी प्रदेश स्तरमा कार्यक्षेत्र भई सञ्चालित रहेको छ भने राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था बुटवलमा प्रधान कार्यालय भई २०७७ मंसिर १६ बाट सञ्चालितमा रहेको छ ।जुन पनि मर्जर पश्चात भएको हो । तिलोत्तममा रूपन्देहीमा प्रधान कार्यालय भैई २०७४ साल जेठ ८ गते स्थापना भएको स्वाभिमान लघुवित्त वित्तीय संस्था प्रदेशस्तर कार्यक्षेत्र भई अहिले सञ्चालनमा रहेको छ ।

शाखा गुमाएको भन्दा पनि स्तरोन्नती होः बैंकर एशोसीयसन

नेपाल बैंकर एसोसीसयन लुम्बिनी प्रदेशका सदस्य तथा प्रभु बैंकका लुम्बिनी प्रदेश प्रमुख सुवास कुँवरका रूपन्देहीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय कार्यालय रूपन्देहीमै हुनु भन्दा पनि काठमाण्डौ लगायतका अन्य स्थानामा स्थापना हुनुयसलाई स्तरउन्नतीको रूपमा लिनुपर्ने बताउँछन् । उनले खासगरी राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार व्यवस्था भए अनुसार पुँजी निधाएर र कार्यक्षेत्र समेत निर्धारण गरिएको कारण मर्जरमा जानुपर्ने, कार्यक्षेत्र विस्तार गर्नुपर्ने भएको कारण बैंक तथा वित्तीय संस्थाहरूको कुनै मर्जर त कुनै एक्जीजिसयन भएको बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘बैंकको प्रधान कार्यालय हुनु नहुनु मा भन्दा पनि बैंकले गर्ने कार्यक्षेत्रउसको कार्यकुशलताले प्रभाव पार्ने हुन्छ, सोही अनुसार काम गर्न आवश्यक छ ।’

 

साईनले जोगाउँदै शाख

 

बुटवल/ रूपन्देहीमा केन्द्रीय कार्यालय स्थापना गरी आफ्नो बैंकीङ्ग क्षेत्र बिस्तार गरेको साईन रेसुङ्गा डेभलपमेन्ट बैंक प्रदेशको पनि एक मात्र राष्ट्रियस्तरको बैंक हो । २०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंकको रूपमा रहेको छ । बैंकको पाँच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक हो । शाइन रेसुंगाले लुम्बिनी प्रदेश कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्नति भएको हो ।

साईन रेसुङ्गा डेभलपमेन्ट बैंक बाहेक अन्य रूपन्देहीमा स्थापना भएका बाणिज्य बैंक र विकास बैंकले आफ्नो शाखा जोगाउन सकेनन् । नेपाल राष्ट्र बैंकको मर्जर अभियान अनुसार रूपन्देहीबाट नै नेतृत्व गर्ने गरी आफ्नो स्थान जमाउनको लागि अन्य बैंक असफल हुँदा साईनले भने आफ्नो वित्तीय हैसियत कायम राख्दै विकास बैंकमा लुम्बिनी प्रदेशबाट एक मात्रै राष्ट्रिय स्तरको बैंक बनेको हो ।

२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।
शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने । यस्तै तीन जिल्ला कार्यक्षेत्र रहेको पूणिर्मा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी एकिकृत कारोबार गरिरहेको छ । ‘राष्ट्र बैंकको नीति अनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रूपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरूको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल बताउँछन् । बैंकको केन्द्रीय कार्यालयको भवन बुटवल–११ कालिकानगरमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?