ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

पार्टीको नाम परिवर्तनबारे छलफल गर्न माओवादी कार्यकर्तालाई निर्देशन

२ आश्विन २०८०, मंगलवार
२ आश्विन २०८०, मंगलवार
काठमाडौं, २ असो । भदौ २५ गते बसेको माओवादी पदाधिकारीको बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निक्यौल गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरु कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरेर तल्ला कमिटीहरुमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र नाम छोड्न सकिने उल्लेख छ । ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ सर्कुलरमा उल्लेख छ ।
माओवादीको गत साउन १६ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजक तोकेको थियो । महराले केन्द्रीय कमिटी बैठकअघि देखि नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पार्टीमा ल्याउने प्रयास गरेका थिए । तर विप्लवलाई माओवादीमा ल्याएर जिम्मेवारी दिँदा पार्टीभित्रकै एउटा समूह भड्किने डर भएको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म पार्टी एकताको काम थाती राख्न निर्देशन दिएका थिए ।
यसअघि २०७५ सालमा एमालेसँग एकीकरण गर्दा माओवादीले नाम छोडेको थियो । सर्वोच्च अदालतको आदेशपछि अध्यक्ष प्रचण्डले पुरानै माओवादी केन्द्र ब्युँताएका थिए । २०५२ मा माओवादी भएर भूमिगत राजनीति थालेको उक्त पार्टीले ०६५ सालमा नारायणकाजी श्रेष्ठको पार्टी एकीकृत मसालसँग एकता गरेपछि पार्टीको नाम नेकपा एकीकृत राखेको थियो । रामबहादुर थापा ’बादल’ लगायत नेताहरू एकता प्रक्रियामा मिसिएपछि एकीकृत नेकपा माओवादी केन्द्र बनेको थियो ।
पार्टीको नाम फेर्ने र एमाले बाहेकका कम्युनिष्ट पार्टीहरू मिलेर एउटै पार्टी बनाउने छलफल गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि पनि चलेको थियो । नेकपा माओवादीसहितका कम्युनिष्ट पार्टीहरुले अहिले समाजवादी मोर्चा बनाएर देशव्यापी कार्यक्रम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?