ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

सुरु भयो सडकमा सास्ती

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

रुकुम पुर्वका राजेन्द्र केसीलाई अमेरिकाबाट नेपाल आउन बरु त्यति समय लागेन जति उनलाई काठमाडौंबाट रुकुममा रहेको आफ्नो घर पुग्न लाग्यो । केही दिनअघि दिउसो २ बजेतिर काठमाडौंबाट रात्री बस चढेका उनलाई रुकुम पुर्वको सिस्ने गाउँपालिकाका ३ मा रहेको उनको घरसम्म पुग्दा धन्नै ४० घण्टा लाग्यो । यो समस्या केसीको मात्र होईन जब बर्षा याम सुरु हुन्छ तब सडकको सास्ती पनि सुरु भैहाल्छ । काठमाडौंबाट यात्रा सुरु गरेदेखीको घण्टौंको जाम पार गरेर आएपछि पनि स्थानिय राजमार्गमा हुने बाढी–पहिरोको जोखिमले हरेक बर्ष रुकुमेलीलाई समस्यामा पारिरहन्छ ।

काठमामाडौं, नेपालगञ्ज वा अन्य शहरबाट दाङ्गसम्म जासोतसो आईपुगेपनि त्यहाँबाट सुरु हुने राप्ती लोकमार्गको हालत दिनदिनै बिग्रदै छ जसका कारण हरेक दिन यात्रुहरुले समस्या बेहोर्नुपर्छ । दाङ्गको अमेलियाबाट रुकुम पश्चिमको सल्लेसम्म जम्मा १४८ किलोमिटर लामो यो लोकमार्ग छिचोल्न सरासर आए त्यही ४ देखी ६ घण्टा समय भए पुग्छ । तर बर्षा यामका चार महिना असार, साउन, भदौं र असोजसम्म यो सडकको हालतले यो सडक भएर यात्रा गर्ने जो कोहिलाई पनि समस्यामा पारिदिन्छ ।
दाङ्ग तुलसिपुरबाट सल्यानको कपुरकोटसम्म दर्जन बढी ठाउँमा पहिरो झरेकोे छ । कहिले पहिरो आएका बेला घण्टौ सडकको आवागमन बन्द हुन्छ त कहिले हिड्दा–हिड्दै पहिरो आएर बस नै सडकबाट खसेर दुर्घटना हुन्छ । कापुरकोटदेखी अगाडी पनि सडकको हालत गतिलो छैन सल्यानको लुहाम सम्म ठाउँठाउँमा सडक बिग्रिएकै छ । शारदा नादीको तिरतिरै भएकाले सल्यानको श्रीनगरदेखी बागचौर नगरपालिकाको सिमखोली सम्म त सडक ठिकै छ । सिमखोली देखी फेरी पहिरोको समस्या झेल्नुपर्छ । सिमखोलीको एक खोलामा माथीबाट आएको खहरे सिधै सडकमा पर्दा लगभग एक किलोमिटर सडक हिलाम्य भएको छ ।
यसरी सल्यानको ईलाका बागचौर नगरपालिकाको खौला बजारमा आएर सकिन्छ । अनि सुरु हुन्छ रुकुम पश्चिम जिल्ला । रुकुम पश्चिम सुरु भएसंगै बर्षा याममा मात्र होईन हरेक मौसमममा दुःख दिने एउटा स्थाल छ । त्रिवेणी ३ झुल्नेटा बजार नजिकै रहेको सडक । बर्षामा हिलाम्य, सुख्खामा धुलाम्मे हुने यो स्थालमा सडक विभागले ग्याविङ्ग जालिमा ढुगां भरेपनि धुलो र हिलो भने हुन छोडेको छैन । माथीबाट बगेर पानी जम्मा हुने र भु स्थाल पनि बर्षेणी तल झगर्ने समस्याले यहाँ सबैलाई सास्ती हुने गरेको छ । झन् त बर्षा याममा गाडी उकालोमा नचढ्दा डोजर लगाएर तान्नु पर्ने बाध्यता रहेको यातायात व्यवसायी मनबहादुर खड्का बताउछन् । ‘यहाँ हामि हरेक पटक डाजर लाएर गाडी तान्छौ ।’ उन भन्छन्,‘एक पटक गाडी तानेको डाजरले एक हजारसम्म लिन्छ ।’
यसपछिको अर्को सास्ती हो मुसीकोट नगरपालिकाको पितिबाङ्ग खोला । राप्ती लोकमार्गको अरु खोलामा पुल बनिसकेको भएपनि यस खोलामा भने पुल नबन्दा पानी पर्दा ह्वात्तै बढ्ने खोलाका कारण रुकुमसम्मको आवतजावत नै बेलाबेलामा अवरुद्ध हुने गरेको छ । अघिपछि जसोतसो तर्न सकिएपनि पानी परेका बेला खोला बढेपछि भन यो खोला तर्न मुस्कील पर्छ । त्यस्तै मुसीकोट नगरपालिकाको बैरागीठाटीमा रहेको बेली–ब्रिज (फलामको पुल) पनि जिर्न बन्दै जान थालेको छ । १५ बर्षअघि निर्माण गरिएको यो पुल बिचमा पुणः निर्माण गरिएपनि मर्मत मर्मत राम्रेसंग हुन नसक्दा पुनको अवस्था दिनदिनै बिग्रदै जान थालेको छ । बेलाबेलामा सडक विभागले सडक मर्मत गर्ने गरेको भएपनि त्यो काम त्यतिप्रभावकारी हुन सकेको छैन । २०६२ सालदेखी नियमित संञ्चालनमा आएको राप्ती लोकमार्गको दाङ्ग–रुकुम सडक–खण्ड २०६८ सालमा ओटासिल गरिएको थियो । सडक साँघुरो हुनु, ओटासिल उत्रिनु र केही स्थानमा पुन नहुनु र भएका पुलहरु पनि राम्रा नहुनु । यि बिभिन्न कारणले यस खण्डमा यात्रा गर्ने यात्रुले हरेक पटक सास्ती बेहोर्नु परिहेको छ ।
सडक विभाग अन्तरगत रहेको सडक डिविजन कार्यालय चौरजहारीका प्रमुख ईन्जिनियर आशिष थापा मगरले सडक बिभागले सडक मर्मतका लागी कुनै कसर बाँकी नराखेको दावी गर्छन । ‘हामिले सडक मर्मतका लागी ठाउँ–ठाउँमा कर्माचारी खटाएका छौ । सडक अवरुद्ध हुन दिदैनौं ।’ उनले भने, ‘सडकको स्तर पुर्ण रुपमा सुधार गरेर सडकलाई चौडा बनाउन आवश्यक छ । यसका लागि भने सरकारले आवश्यक पहल गर्नुपर्छ ।’
रुकुमबाट बिभिन्न स्थानका लागि बाहिरिने र भित्रिने सवारी साधन तथा यात्रुहरुको सुरक्षाका लागि र यात्रालाई सहज बनाउनका लागि राप्ती लोकमार्गको सुधार आवश्यक छ । सडकका बिभिन्न ठाउँमा हुने टुक्रे मर्मतका कामहरुमा पनि आवश्यक अनुगमन र सनयमनको खाचो रहेको छ । पहाडी क्षेत्रको यो र अन्य ग्रामिण सडकका लागि स्थानिय, प्रदेश र केन्द्र तिनै सरकारले योजना बनाएर काम अगाडी नबढाए सम्म दुर्घटनाको खतरा रहिरहन्छ भने सर्बसाधारणले भोग्ने सास्ती पनि जस्ताको तस्तै रहन्छ ।
फोटो  रुकुम पश्चिमको राप्ती लोकमार्ग अन्तरगत त्रिवेणी ३ मा पर्ने झुल्नेटामा खाल्डोमा फसेका बसलाई जोडर लागाएर निकालिदै । फोटोः महेश केसी/बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?