ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

उद्यमी बन्दै गृहिणी

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

गुर्भाकोट नगरपालीका ८ की दिपा सुनार घरमा गृहीणी थिइन् । कक्षा ९ सम्ममात्र अध्ययन गरेकी दिपालाई विवाहपछि पढ्ने अवसर मिलेन । पढाईनै नभएपछि जागीरको कल्पना दिपाले गरिनन् । दिपाको काम भनेको १२ जनाको परिवारलाई बिहान बेलुकी खाना पकाएर खान दिने मात्रै थियो । दिपा घरमा गृहिणीको रुपमा काम गर्ने भएपनी उनका श्रीमान् मिस्तुरी काम गर्छन् ।
बिहान बेलुकी घरको काम गर्ने र दिउसोमा दिपाले कृषीमा समेत काम गर्थिन् । दिपालाई घरको काम गर्दागर्दा कहिलेकांही त दिक्क लाग्थ्यो । सिप सिक्नलाई बाहिर जान सम्भव थिएन र गांउमै त्यो अवसर आएको पनी थिएन् । दिपा केहि सिप सिकेर रोजगार बन्न चाहान्थिन् । दिपाको त्यो चाहाना गुर्भाकोट नगरपालीकाले पुरा गरिदिएको छ ।
गुर्भाकोट नगरपालीकाले दिपाजस्तै ३० जना गृहिणी महिलाहरुलाई तिनमहिने सीलाई कटाई तालीम दिने भएपछि दिपा ९ महिनाको बच्चा घरमै छोडेर तालीम लिन आईन् । तिन महिने आधारभुत सिलाई कटाई तालीम लिनको लागी दिपाका परिवारले पनी ठुलो सहयोग गरें । तालीम सिक्दा सिक्दै दैनिक केहि पैसा कमाई हुन थाल्यो । सिप सिकेर पैसा कमाउन थालेपछि दिपालाई उद्यमी बन्ने रहर जाग्यो । २०७४ साल चैत्र १५ गते देखी शुरु भएको तालीम असार १५ मा सकियो र दिपा सिलाउन सक्ने पनी भईन् । तर व्यावसायी बन्नका लागी त्यतीले मात्रै पुगेन ।
फेरी १४ जना महिला मिलेर आºनै लगानीमा पुन तालीम सिक्दैछन् गुर्भाकोटमै । दिपा भन्छिन् ‘ नगरपालीकाले हामीहरुलाई आधारभुत सिलाई कटाई तालीम दियो । त्यतीले मात्रै व्यवसायी बन्न कठिन हुने भएपछि हामीहरु आºनै लगानीमा पुन तालीम लिंदैछौ । ’ हामीले अझै एड्भान्स तालीमको माग गरेका छौ । हामी गृहिणी भएर बस्न चाहान्नौ । सिप सिकेर रोजगार बन्न चाहान्छौं ।’
गुर्भाकोट नगरपालीका ८ कै टिका मिजार पनी पुर्नताजकी तालीममा सहभागी छन् । उनी पनी दिपासंगै नगरपालीकाले दिएको ३ महिने आधारभुत सिलाई कटाई तालीममा सहभागी पछि पुर्नताजकी तालीममा सहभागी भएकी हुन् आºनै लगानीमा । उनी भन्छिन् ‘ समएको परिवर्तनसंगै हामी महिलाहरुपनी व्यवसायी बन्न चाहान्छौं । त्यो अवसर नगरपालीकाले जुराएको हो । तर ३ महिने तालीमले मात्रै हाम्रो व्यवसायमा सफलता नहुने देखेपछि हामी १४ जना महिलाहरुले आºनै लगानीमा तालीम लिने आंट गरेका हौं ।’ उनी थप्छिन् ‘ नगरपालिका संग हामी महिलाहरुले एड्भान्स कोर्षको समेत माग गरेका छोै । ’ दिपा र टिका मात्रै होईन गुर्भाकोट ८ कै रत्नादेवि पुन पनी सिप सिकेर व्यवसायी बन्नमा उत्साहित देखिन्छीन् । उनी भन्छिन् ‘ हामी महिलाहरु कति दिन अर्कोको भरमा बांच्ने त्यसैले सिप सिकेर व्यवसायी बन्न चाहान्छौं । ’
रत्ना लगाएत गुर्भाकोट ८ का १४ जना महिलाहरुले नगरपालीकाले दिएको आधारभुत सिलाई कटाई तालीम पछि पुर्न ताजकी तालीमको आयोजना गरेका हुन् । उनीहरुले आºनै लगानीमा प्रशिक्षक बोलाई पुर्नताजकी तालीमको आयोजना गरेका हुन् । उनीहरु सिप सिकेर उद्यमी बन्न चाहान्छन् ।
प्रशिक्षक सिमीला खड्का भन्छिन् ‘मैले २०४५ सालबाट सिलाई कटाईको प्रशिक्षकको रुपमा काम गर्दै आएकी छु । तर गुर्भाकोटका महिलामा जस्तो उत्साह मैले कहिं पनी देखीन । ’ सरकारको पैसा भनेपछि सक्नैका लागी हो भन्ने सोच यहांका महिलामा नभेटेको प्रशिक्षक खड्काको भनाई रहेको छ ।
उता गुर्भाकोट नगरपालीकाका प्रमुख हस्त पुनले समावेशी तथा लक्षीत कार्यक्रम अन्र्तगत यो तालीमको आयोजना गरेको बताएका छन् । उनी भन्छन् ‘ महिलाहरुको जिबनस्तर उकास्नका लागी लक्षीत वर्गका ३० जना महिलाहरुलाई यो तालीम दिईएको थियो । त्यसमध्ये १४ जना महिलाहरु बढि उत्साहित देखीएका छन् ।’ उनीहरुलाई पुन एड्भान्स कोर्षसमेत नगरपालीकाले दिनको लागी बजेट छुट्टाएको प्रमुख पुनले बताए । आर्थीक वर्ष २०७४÷७५ को बजेटबाट तालीमको लागी नगरपालीकाले २ लाख ५० हजार छुट्टाएकोे गुर्भाकोट नरपालीकाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?