ट्रेंडिंग:

>> योङ ग्लोबल लिडरमा छनोट भए पछि डंगोल भन्छिन्, ‘खुशी लागेको छ’ >> राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान >> नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन् >> हङकङले दियो नेपाललाई ११६ रनको लक्ष्य >> आज पनि ३० अर्ब निक्षेप निकाल्दै राष्ट्र बैंक >> सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार >> संविधानद्वारा प्रत्याभूत महिला अधिकार गुम्ने खतरा >> आन्तरिक पर्यटकले बढाएको उत्साह >> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि

जात्रा : सहरबाट हराउँदै गाउँ–गाउँमा जगेर्ना

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

पाल्पा, १६ भदौ ।

तानसेन बजारमा हुने परम्परागत जात्रा, महोत्सव कलासंस्कृती आजकल गाउँ–गाउँमा जगेर्ना हुन थालेका छन् । गाईजात्रा रोपाईजात्रा जस्ता ऐतिहासिक परम्परागत जात्रा तानसेन बजारबाट हराउँदै गएपछि पाल्पाको गाउँ–गाउँमा भने युवाहरुले जगेर्ना गर्न थालेका छन् ।

पछिल्लो समयमा शहर बजारको चहल पहल गाउँघरतिर सरेपछि ऐतिहासिक, परम्परागत जात्रा, महोत्सवहरु समेत गाउँ गाउँमा शुरु भएका छन् । विगतका दिनहरुमा विभिन्न किसिमका ऐतिहासिक जात्रा हेर्न तानसेन बजारमा मानिसको जमघट हँुदै आएपनि दुई चार बर्षयता जात्रा निकाल्ने स्थिति हराउँदै गएपछि तानसेनमा मानिसहरुको चहल पहल पनि घट्दै गएको छ । तानसेन बजारमा जात्रा हराएपनि पाल्पाको रिव्दिकोट गाउँपालिका हार्थाेक बजारमा भने परम्परागत गाइजात्रा निकालिएको छ । हार्थाेक बजारमा ताहमचा, लाखे, ढेढेको स्वरुपमा घर घर, चोक चोक डुलाएर पुजा आजा गर्दै, मानिसहरु बीच रमाइलो गरिएको छ । यस्ता ऐतिहासिक जात्राहरु निकाल्न धेरै खर्च लागेपनि परम्परा धान्न सबै पक्ष जुटेर लागेको र हार्थाेकमा ताहमचा जात्रा निकालिएको स्थानीय अगुवा चिरञ्जीवी अमात्यले बताए । स्थानीय कला संस्कृती स्थानीय सरकारको सहयोग विना आगामी दिन संचालन गर्न कठिन हुने ताहमचा गाइजात्रा संचालन समितीका अगुवा अमात्यले बताए ।

तानसेन बजारमा विगतमा विभिन्न किसिमको गाईजात्रा, रोपाईजात्रा निकाल्ने परम्परा अहिले हराउँदै गएको छ । विगत ३ बर्षदेखि तानसेनमा रोपाईजात्रा हुन सकेको छैन । तानसेनमा रोपाईजात्रा नभएपछि छिमेकी पालिका बगनासकाली चिलाङ्दीमा रोपाईजात्रा हेर्ने मानिसहरुको भिडभाड लागेको छ । तानसेन नगरपालिका जात्रामा चासो नदेखाएपछि छिमेकी गाउँपालिकाहरुले भने स्थानीय कला, संस्कृती जगेर्ना गर्न लागि परेका छन । आफ्नो बाबु बाजेले चलाएको कला संस्कृती जगेर्ना गर्दै पहिचान कायम गर्न लागि परेको बगनासकाली रोपाईजात्राका संयोजक विनोद परियारले बताए ।

तानसेनलाई ऐतिहासिक सांस्कृतिक नगरपालिका भनिए पनि परम्परागत कला संस्कृती हराउँदै जान थालेका छन् । विगतका समयमा विभिन्न किसिमका जात्राहरु हेर्न तानसेन बजारमा जाने गरेपनि आजकल तानसेनमा हुने जात्राहरु गाउँमै गर्न थालिएको तानसेनमा भने हराउँदै गएको बगनासकालीका स्थानीय यज्ञ प्रसाद श्रेष्ठले बताए । काठमाडौको भाई भनेर चिनिएको तानसेन बजारमा विगतमा हुने अधिकाश जात्राहरु निकालिन छाडिएको, जात्रा संचालनको लागि स्थानीय सरकारले चासो नदिएको तानसेनका संस्कृतीकर्मी राजेन्द्रगोपाल सिंहले बताए ।

तानसेन नगरपालिकाले भने तानसेनमा हुने जात्राको अवस्था हेरिकन बजेट विनियोजन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए । रोपाईजात्राको लागि मात्र ४० हजार बजेट विनियोजन गरिएको भएपनि रोपाइजात्रा हुन नसकेको उनले बताए । तानसेनमा यस बर्ष गतबर्षमा जस्तो गाईजात्रा समेत हुन सकेन । विगतमा स्वतःस्फुर्त रुपमा निकालिने जात्राहरु आजकल हराउँदै गएका छन् । मानिसको बढ्दो बसाई सराई, व्यस्तता, मनोरञ्जनात्मक साधनको विविधिकरण, स्थानीय कला संस्कृतीप्रति जनचेतनामा कमी भएका कारण परम्परागत जात्राहरु हराउँदै गएका छन् । स्थानीय सरकारको अग्रसरतामा मात्र परम्परागत कला संस्कृती बचाउन सकिने छ तर स्थानीय सरकारले संस्कृती जगेर्नालाई प्राथमिकता दिएका छन् । जसको कारण परम्परागत कला संस्कृती लोप हँदै गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%