ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

योङ ग्लोबल लिडरमा छनोट भए पछि डंगोल भन्छिन्, ‘खुशी लागेको छ’

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार

काठमाडौं, ३ वैशाख ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छिन् ।

वर्ल्ड  इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा छनोट हुन् हजारौंले आवेदन दिए पनि सिमित व्यक्ति मात्रै छनोट हुने गर्छन् ।

विश्वभरीबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका हुन् । यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी हुन् । राजनीति क्षेत्रबाट १९ जना छनोट हुँदा डंगोल पनि एकमा परेकी छिन्।

डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन् ।  डंगोलले  योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुशी लागेको बताइन् ।

‘यसरी छनोट हुँदा गर्व लागेको छ,’ उनले भनिन्,  ‘संसार भरको यो मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रुपमा छनोट हुँदा थप खुशी लागेको छ ।’ उनले परिवर्तनका संवाहक युवा हुन भन्दै आफू स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर नै सकारात्मक सन्देश दिने यो मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महशुस गरेको बताइन् ।

‘यो छनोटले मलाई थप जिम्मेवारीवोध भएको महशुस गरेको छु,’ उनले भनिन्,  ‘आफु जुन भूमिकामा छु त्यहाँ रहेर अझ धेरै राम्रो गर्नका लागि प्रोत्साहन पनि मिलेको छ ।’

‘मिस नेवा २०११’ की विजेता डंगोल लिपी क्वीनको समेत परिचय बनाएकी व्यक्ति हुन् । उनलाई स्थानीय लिपीहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यसमा छनोट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?