© २०२३
बुटवल, ३ बैशाख । किसान नै शेयर सदस्य छन्, उत्पादन भएको उपज तयार भएपछि किसानले सहकारीमा खबर गर्छन, कतिपयले सहकारीमा रहेको संकलन केन्द्रसम्म ल्याउँछन्, किसानले ल्याएको उत्पादित बस्तुको बजार मूल्य अनुसार सरकारीले किसानबाट खरिद गर्दछ । हिसाब राख्छ र भुक्तानी दिन्छ ।
किसानबाट संकलन भएको विभिन्न कृषि जन्य उत्पादनको सहकारीले कतिपय बजारीकरण गर्दछ, अधिकांसको प्रसोधन गरी विभिन्न बस्तु उत्पादन गरी विक्रि वितरण गर्र्दै आएको छ । बुटवल आसपास तथा यो क्षेत्रमा नै नमुना अभ्यास गरिरहेको सहकारी हो बुटवल जैविक कृषि उपज सहकारी संस्थाले बुटवल उपमहानगरपालिका मात्रै होईन यो क्षेत्रमा नै नमुना काम गर्दै आएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १५ उजेलापुरमा रहेको यो सरहकारीले सुरुवाती दिनमा उक्त सहकारीमा सदस्य बन्नको लागि अनिवार्य कृषिमा लागेको, न्यूनतम कृषि जन्य उपज संस्थामा बिक्री गरेको हुनुपर्ने विधान बनाएपनि पछिल्लो समयमा सहकारी सदस्य बृद्धि गर्नको लागि बुटवलका किसानहरूले वा कृषि क्षेत्र संग सम्बन्धित शुभेच्छुक पनि सहकारीमा सदस्य बन्न सक्ने गरी काम अगाडि बढाइएको सहकारीका सचिव राजन ढकाल बताउँछन् ।
एउटा समूहबाट सहकारी सम्मको यात्रामा बुटवल जैविक कृषि उपज सहकारी संस्थाले धेरै बाधा अडचना समेत सामना गर्दै आएको अध्यक्ष रामनाथ माली बताउँछन् । जग्गा भाडामा लिएर प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको संयोगमा संकलन केन्द्र, प्रसोधन केन्द्र समेत स्थापना सहकारीले गरेको छ ।
२०७७ सालमा किसानहरूको भेलाबाट जन्मीयो ‘बुटवल जैविक कृषक समूह’ । सोही समूहले बुटवल–१५ उजेलापुरमा संकलन केन्द्र बनायो । वि.सं. २०७७ सालमा स्थानीय विष्णु प्रसाद ढकाललको स्वामित्वमा रहेको जग्गा २० बर्षका लागि भाडामा लिएर समूहले २०७८ सालमा बुटवल जैविक कृषि उपज संकलन केन्द्र निर्माण गरेको हो ।
समुहका अध्यक्ष रामनाथ मालीका अनुसार बुटवल उपमहानगरापलिकाको आर्थिक सहयोगमा कोल्ड चेम्बर (चिस्यान केन्द्र) समेत सोही संकलन केन्द्रमा निर्माण गरिएको छ भने प्रदेशको कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुराको सहयोगमा संकलन केन्द्र निर्माण गरिएको छ । समूहबाट कृषि संकलन केन्द्र निर्माण गरेको उक्त समूहले दैनिक रूपमा आफ्ना सदस्य कृषक सहित अन्य किसानबाट उत्पादन भएको तरकारीलाई संकलन गरी संकलन केन्द्रमा राख्ने र बुटवल लगायतका विभिन्न स्थानमा बजारीकरण गर्दै आएको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्र संगको सहकार्यमा समूहमा संकलन भएका तरकारी बजारीकरण हुँदै आएका हुन् । जहाँ दैनिक जसो किसानले आफूले उत्पादन गरेको तरकारी संकलन केन्द्रमा नै लगेर जम्मा गर्ने गर्दछन्, जहाँबाट बुटवलका विभिन्न व्यवसायीहरूले तरकारी खरिदगरी लैजाने गर्दछन् ।
विचौलिया लाई अन्त्य गर्ने गरी सहकारी स्थपना भएको हो । सुरुवाती दिनमा ८४ जना किसानबाट सहकारी सुरुवात भएको हो । समूहबाट संकलन केन्द्र हुँदै अहिले प्रशोधन उद्योग समेत चलाएको छैन समूहबाट सहकारी समेत स्थापना भएको छ । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको सहयोगमा ‘बुटवल जैविक प्रशोधन उद्योग’ स्थापनाको लागि भवन निर्माण गरिएको छ । सहकारीको लागत साझेदारीमा अहिले विभिन्न बस्तु प्रसोधन उत्पादन र बजारीकरण हँुदै आएका छन् ।
२५ सय रूपैयाँ शेयर सदस्य, ५ सय प्रवेश शुल्क र ५ सय वा १००० मासिक बचन गर्ने गरी अहिले उक्त सहकारीले शेयर सदस्य विस्तारमा लागिरहेको छ । किसानलाई उत्पादनमा जोड्ने, आयश्रोत बृद्धि गर्ने गरी योजना बनाएर लागिरहेको सहकारीका सचिव राजन ढकालको भनाइ छ । अहिलेको असार मसान्त सम्म ५ सय शेयर सदस्य बनाउने गरी योजना निर्माण गरिएको हो ।
३ बर्ष सम्म मात्रै बचत गर्ने, ४ बर्षपछि व्याज मार्फत बचन गर्ने र ७ बर्ष पनि मुनाफा वितरण गर्ने गरी योजना बनाएर अगाडि बढिरहेको सचिव ढकालको भनाइ छ । अहिले सहकारीमा ५ हजार क्लीन्टल मुलाको सिन्की तयार भैरहेको छ ।
५० हजार क्वीन्टल मुला किसानबाट खरिद गरेर त्यसबाट सिन्की र गुन्द्रुक उत्पादन गरी ‘बटौली स्पेशल’ नाम लिएर अगाडि बढाइएको छ । सहकारीमा अहिले तयारी अवस्थामा डेढ क्वीन्टल भन्दा बढि सिन्की रहेको छ ।
बुटवल लगायतका विभिन्न स्थानबाट रहेका थकाली भान्सा घरहरूले क्वीन्टनै खरिद गर्ने गरी अडर गर्दै आएका छन् । सिन्कीको क्लालिटी समेत उच्च रहेको कारण उपभोक्ताहरूको रोजाईमा पर्ने गरेको अध्यक्ष रामनाथ मालीको भनाइ छ ।
हरेक सदस्यले न्यूनतम ३ क्वीन्टल तरकारी सहकारीमा बिक्री गुर्नुपर्ने नियम सुरुवाती दिनमा बनाएपनि केही बाधा अड्चना आएपछि त्यसलाई परिमार्जन गरिएको हो । अहिले सहकारीबाट तालिम लिएर आफ्नो लागि तरकारी उत्पादन गर्न सक्ने किसानलाई सदस्य बनाउने गरी विधान संसोधन गरिएको हो ।
समूहबाट सहकारीसम्म अध्यक्ष सम्हालेका सफल किसान समेत रहेका रामनाथ मालीका अनुसार अहिले अहिले दैनिक न्यूनतम २ देखि ३ क्वीन्टल तरकारी संकलन हुँदै आएको छ । सहकारीले किसानबाट संकलित तरकारी, मुलाबाट प्रसोधन गरी अचार, मस्यौरा, सिन्की, मकैको पिठो, गुन्द्रक, लगायतका विभिन्न परिकार बनाएर विक्रि वितरण समेत हुदै आएको छ । ७७ सालमा समूहबाट स्थापना भई ७९ साल समा सहकारी सहित प्रसोधन उद्योग समेत सञ्चालन गरी आँट किसानहरूले गरेका छन् ।
सहकारीको आफ्नो ढुवानीको साधन अभावको कारण किसानबाट तरकारी, फलफुल संकलन गर्न र संकलित बस्तु बिक्री वितरणको लागि समेत समस्या भएको सहकारीका अध्यक्ष राम नाथ मालीको भनाइ छ । बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीका अनुसार बुटवल उपमहानगरपालिकाका सबैभन्दा पहिला ४ क्र.स.मा स्थापना भएको कृषक समूहले समूहबाट प्रसोधन उद्योग हुदै सहकारी सम्मको यात्रा फड्को मार्नु आफैमा गौरवको विषय भएको बताउँछन् । उनी भन्छन–‘किसान आफै सदस्य, आफै सञ्चालक, आफै शेयर सदस्य भएर सञ्चालन गरिएको यो सहकारी आफैमा नमुना रहेको छ ।’
बुटवल उपमहानगरपालिकाले संकलित बस्तु भण्डारको लागि कोल्ड चेम्बरको स्थापनाको लागि सहयोग गरेको उनको भनाइ रहेको छ । यसबाट गाउँको अर्गानिक तरकारी बजारीकरण गर्नमा ठूलो योगदान पुगेको उनको भनाई छ । बुटवल उपमहानगरपालिकाको समेत लागत साझेदारीमा सञ्चालनमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा सोही सहकारी बाट उत्पादन भएका प्रशोधित बस्तु बिक्री वितरणका लागि कोशेली घर स्थापना लागि आफूले पहल गर्ने समेत प्रतिवद्धता बुटवल उपमहानगरपालिकाका प्रमुख खेजराज पाण्डेयले बताउँछन् ।
बुटवल उपमहानगरपालिकामा कुल २९ सय ६० हेक्टर क्षेत्रफल कृषिका लागि योग्य रहेपनि हाल २६ सय ८० हेक्टर क्षेत्रफलमा कृषि कार्य हुदै आएको बुटवल उपमहानगरपालिकाको तथ्यांक छ । बुटवल उपमहानगरपलिका वडा नम्बर १५ को कर्साघाट क्षेत्रमा निर्माण हुने भनिएको बुहउदेश्यीय कृषि बजारको लागि समेत बुटवल जैविक कृषि उपज सहकारी संस्था सहयोगी हुने अपेक्षा गरिएको छ । कृषि बजार स्थापनाको लागि जग्गा प्राप्तीको फाईल अगाडि बढ्न नसक्दा अहिले काम अगाडि बढ्न सकेको छैन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी