ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

औषधि व्यवसायी संघमा लोकहरि श्रेष्ठको उम्मेदवारी

३८ वर्षे औषधी ब्यवसायको अनुभव संगालेका श्रेष्ठ १३ बुँदे प्रतिवद्धता पत्रसहित मेची—महाकाली अभियानमा
८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल, ८ भदौ ।

औषधी ब्यवसायीहरुको हकहितको मुद्दासहित स्थापना भएको नेपाल औषधि व्यवसायी संघको नेतृत्वको लागि मोफसलबाट लोकहरि श्रेष्ठले उम्मेदवारी दिएका छन् । बुटवलका पुरानो र अनुभवी औषधी ब्यवसायी लोकहरि श्रेष्ठले १४ औं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । ३८ वर्षे लामो समय औषधी ब्यवसायमा बिताएका उनी जिल्लादेखि केन्द्रसम्मका धेरै पदमा बसेर काम गरेको अनुभव छ । उनी महाकालीदेखि मेचीसम्मको चुनावी प्रचार अभियानमा लागेका छन् ।

वि.सं २०७१ देखि २०७६ सम्म केन्द्रीय उपाध्यक्ष, २०६८ देखि २०७१ सम्म केन्द्रीय का.सदस्य, हाल लुम्बिनी प्रदेशको सल्लाहकार तथा जिल्ला शाखा रुपन्देहीको विशेष सल्लाहकार, (साविक लुम्बिनी अञ्चल शाखा) को कार्यसमिति सदस्य, उप–कोषाध्यक्ष, कोषाध्यक्ष, उपाध्यक्षसम्म रहेका छन् । विगत ३८ वर्षदेखि औषधी पेशा अपनाएका श्रेष्ठ एभरेष्ट मेडिसिन सेन्टर (थोक), लाईका हेल्थ केयर प्रा.लि र लोक सुशीला अटो कन्सर्न चलाएका छन । उनी यस क्षेत्रबाट दोस्रो दाबेदार हुन । यसअघि बाबुराम भट्टराई केन्द्रीय नेतृत्व सम्हालिसकेका छन् भने हाल रुपन्देहीबाट केन्द्रमा उपाध्यक्ष रामप्रसाद खरेल र सुनिल श्रेष्ठ रहेका छन् ।

यही भदौ २२ र २३ गते वीरगञ्जमा हुने अधिवेशनमा नेतृत्वमा उठ्दा मुख्य मुद्दा भनेको ब्यवसायीको हकहित र संस्थालाई प्रविधिमैत्री र आधुनिक रुपान्तरण रहेको छ । उनको १३ बँुदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै संघ केन्द्रको आर्थिक सबलीकरण, जिल्ला तथा प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने रहेको छ । यसैगरी उच्च स्तरको मानव संशाधन, आधुनिक उपकरण सहित आईएसओ स्तरको स्मार्ट सचिवालय ६ महिनाभित्र बनाउने योजना रहेको छ ।

केन्द्रीय कार्यालय ३ वर्षभित्र पार्किङ्ग र गेष्ट हाउस सहितको सुविधासम्पन्न भवन बनाउने, वार्षिक कार्ययोजना र योजनाबद्ध कार्यक्रम, प्रत्येक २ महिनामा केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालयमा र प्रत्येक तीन महिनामा केन्द्रीय समितिको पूर्ण बैठक सबै प्रदेशमा आलोपालो प्रणालीका आधारमा घुम्ती बैठक गर्ने, राष्ट्रिय औषधि नीति र औषधि ऐन २०३५ समय सापेक्ष र व्यवसाय मैत्री भए नभएको सम्बन्धमा राष्ट्रिय बहस सञ्चालन गर्ने र आवश्यक देखिए संशोधनको लागि पहल गर्ने, संस्थागत संरचनाको विकास गर्ने र प्रत्येक ३ महिनामा संयुक्त बैठक बसी साझा समस्याको निकास निकाल्ने, जिल्ला तथा प्रदेशबाट आएका सुझावहरुलाई समेटेर विधान संशोधन गर्ने, व्यवसायी सहायक, जिपिपि, रिफ्रेसर, सिप तथा क्षमता वृद्धि, नेतृत्व विकास र व्यवस्थापन तालिमहरु चलाउने, खाद्य प्रविधिलाई डिडिए मातहत ल्याउने, देशका प्रमुख शहरहरुमा डिडिए प्रादेशिक कार्यालयको स्थाापना गर्ने, संघमा आन्तरिक मूल्याङ्कन प्रणली लागू गर्ने, स्वास्थ्य क्षेत्रका विभिन्न संघ÷संगठनहरुलाई समन्वय गरी संघकै नेतृत्वमा महासंघ निर्माण गर्ने कार्य २ वर्ष भित्र सम्पन्न गर्ने, फार्मेसी परिषद, डिडिए, एनएमए, पिईएएन, एनएमएसआरए लगायत सरोकारवाला निकायसंग प्रभावकारी नियमित समन्वय गर्ने लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?