ट्रेंडिंग:

>> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला

आँखा पाक्ने रोग पश्चिम नवलपरासीमा पनि देखियो, रामग्राममा रोकथामको तयारी

१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

सुनवल, १८ साउन ।

पश्चिम नवलपरासीमा पनि आँखा पाक्ने रोग देखा परेको छ । पश्चिम नेपालका विभिन्न जिल्लामा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग जिल्लाको रामग्राम प्रतापपुर लगायतका स्थानमा पनि देखा परेको हो ।

रामग्राम नगरपालिकाको वडा नम्बर ६, १६ लगायतका वडामा आँखा पाक्ने रोगका संक्रमित भेटिएपछि नगरपालिकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । संक्रमण फैलिन थालेको थाहा पाउने वित्तिकै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक औषधि खरिद, जनचेतना अभिवृद्धि लगायतका काम तत्काल अघि बढाउने निर्णय भएको नगर प्रमुख धनपत यादवले बताए ।

प्रकोपको रुपमा आँखा पाक्ने रोग फैलिने सम्भावना रहेकाले औषधिको अभाव नहोस् भनेर विपद् व्यवस्थापन कोषबाट एक लाख रुपैयाँ बराबरको औषधि खरिद गरी सबै स्वास्थ्य संस्थामा वितरण गर्ने नगर प्रमुख यादवले बताए । नगर मातहतका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधिको व्यवस्थापन गर्ने रोगका विषयमा जनचेतना फैलाउन नगरपालिकाले काम सुरु गरेको उनको भनाई छ । सञ्चारमाध्यमबाट पनि रोगका विषयमा आवश्यक सन्देशमुलक सामग्री प्रशारण तथा प्रकाशन गर्ने निर्णय भएको जनाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले सबै स्वास्थ्य संस्थामा औषधिको व्यवस्थापन गरी सचेतना फैलाउने र विद्यालयमा पनि निगरानी गर्ने बताए । विशेषगरी बालबालिकामा बढी संक्रमण फैलिरहेको सन्दर्भमा विद्यालय संक्रमणको इपिसेन्टर हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

नगर प्रमुख यादव सहितको टोलीले विनोद निता कण्डेल, आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर नेत्र बहादुर मगर, व्यवस्थापक तुलसी प्रसाद पराजुली संग पनि छलफल गरेको छ । नगर प्रमुख यादवले महामारीको रुपमा फैलिएमा के गर्ने भन्ने विषयमा पहिल्यै आवश्यक तयारी सुरु गरिएको बताए । आँखा अस्पतालका व्यवस्थापक पराजुलीले यो संक्रमणको त्यसै नफैलिने भएकाले आवश्यक सावधानी अपानउन आग्रह गरे ।

बढी भिडभाडमा नजाने, आँखा हातले नछुने, सावुनपानीले हात सफा गर्ने लगायतका सावधानी अपाउनुपर्ने उनको भनाई छ । संक्रमण भएपछि औषधिले एक हप्ता सम्ममा निको हुने कुनै जटिलता अस्पतालमा सम्र्पक गर्नुपर्ने पराजुलीले बताए । संक्रमण भएपछि आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ ।

अहिले फैलिएको संक्रमणले दृष्टिबिहीन नबनाए पनि आँखाको सेतो भागमा असर पार्न सक्ने भएकाले जोखिम भने रहेको चिकित्सकहरुले बताउने गरेका छन् । बढी नै दुख्ने, पोल्ने र चिलाउने गरेमा भने नजिकको आँखा उपचार केन्द्रमा जानुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ । संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ । बालबालिकाबाट ठूला मान्छेमा पनि संक्रमण सरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?