ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘ कहाँ पाईन्छ न्याय हजुर ’

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका द्वन्द्वपीडितहरुले स्थानीय सरकारसमक्ष आफ्ना समस्याहरु सम्बोधन गर्नका लागि मागपत्र पेश गरेका छन् ।
द्वन्द्वपीडितहरुले गाउँपालिकामा पुगेर उपाध्यक्ष निर्मला विष्ट खड्कालाई उक्त मागपत्र पेश गरेका हुन् । मागपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले द्वन्द्वपीडितका समस्याहरुमा आफूहरु संवेदनशील भएको र बजेटले भ्याएसम्म माग पूरा गरिने धारणा राखिन् ।
सशस्त्र द्वन्द्व सकिएको लामो समय वितिसक्दा पनि सरकारले आफूहरुलाई न्याय र परिपूरण दिन नसकेको भन्दै स्थानीय सरकारले केही आवश्यकताहरु पूरा गरिदिने अपेक्षा सहित मागपत्र पेश गरिएको त्रिवेणी गाउँपालिका स्तरीय द्वन्द्वपीडित सञ्जालका उपाध्यक्ष निर्मल चन्दले बताए । मागपत्रमा आफूहरुलाई लक्षित वर्गको सूचिमा राख्न अनुरोध गरिनुका साथै लक्षित बजेटबाट केही प्रतिशत रकम द्वन्द्वपीडित शीर्षकमा विनियोजन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै द्वन्द्वपीडितका समस्या समाधान गर्नका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न समेत माग गरिएको छ । यस क्षेत्र द्वन्द्वबाट अत्यन्तै ग्रसित भएको सन्दर्भमा यहाँबाट शान्तिको सन्देश प्रवाह गर्न र द्वन्द्वपीडितको आत्मसम्मानका लागि शान्ति स्मारक, शान्ति बाटिका, द्वार, पार्क जस्ता रचनात्मक योजनाहरु सञ्चालन गर्नुपर्ने माग समेत द्वन्द्वपीडितहरुले गरेका छन् ।
साविक रुँघा, खारा, मुरु र पेउघा गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चका सक्रिय सदस्यहरुको सहभागितामा गठन गरिएको गाउँपालिका स्तरीय द्वन्द्वपीडित सञ्जाल गठन गरिएको थियो । उक्त मञ्चमा बस्दा आफ्ना अधिकार र प्राप्त गर्ने प्रक्रियाबारे जानकारी पाएको र अहिले ती ४ वटा गाविस मिलेर गाउँपालिका बनेको हुँदा सबैका आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकासँग सहकार्य गरेर द्वन्द्वपीडितका आधारभूत समस्यालाई सम्बोधन गर्न पहल गरिने सञ्जालले जनाएको छ ।

त्यस्तै गरी साविक भलाक्चा गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चले पनि मुसीकोट नगरपालिकामा द्वन्द्वपीडितहरुका समस्या सम्बोधनका लागि मागपत्र पेश गरेको छ । मञ्चका संयोजक नरबहादुर ओलीको नेतृत्वमा नगरपालिकामा पुगेर नगरप्रमुख देवीलाल गौतमलाई पीडितहरुले मागपत्र पेश गरेका थिए । आफ्नो हितमा कार्यक्रमहरु सञ्चालन गर्न र लक्षित समुदायको रुपमा द्वन्द्वपीडितलाई समावेश गर्न अनुरोध गरिएको संयोजक ओलीले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्कालाई द्वन्द्वपीडितहरुको तर्फबाट मागपत्र पेश गर्दै सञ्जालका उपाध्यक्ष निर्मल चन्द । तस्वीर बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?