ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

‘उद्यम भन्ने होइन गर्ने कुरा हो’

१३ माघ २०७८, बिहीबार
१३ माघ २०७८, बिहीबार

यूवा उद्यमीहरुका बीच प्रदीप शाक्य परिचित उद्यमी हुन् । शुभकामना आटा ब्राण्डसहित चोक्कर, मैदा र सूजी पनि उनको उद्योगबाट उत्पादन हुने गर्दछ । व्यापारमा भने उनी बुटवलको संगमपथमा आर्यन व्याग हाउस संचालन गरिरहेका छन् । चार दशक पुग्न दुई वर्ष रहेका शाक्य नेपाली यूवा उद्यमी मञ्च, रुपन्देहीको अध्यक्षको जिम्मेवारीमा छन् ।

पढ्ने अनि जागिर खाने भन्ने लक्ष्य अधिकांशले बोक्दा उद्यमशीलताको विकास हुन नसकेको शाक्य बताउँछन् । उद्यमका धेरै संभावनाहरु नेपालमै रहेको उनको बुझाई छ । नेपालमा उद्योगहरु कम हुनु र कामका लागि यूवाहरु पलायन भइरहेको अवस्थामा यूवाहरुलाई उद्यमशील बनाए मात्रै देशभित्र समृद्धि भित्रिने उनको तर्क छ । प्रस्तुत छ प्रदीप शाक्यसँग उद्यममा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेपः

कुरा नं. १ः नेपालमै छ संभावना
उद्यमका संभावनाहरु धेरै छन् । नेपालमै संभावनाहरु छन् । म किन यसो भनिरहेको छु भने, नेपालमा उद्योगहरु कम छन् । उद्यममा लाग्नेहरु कम छन् । यूवाहरु विदेश पलायन भइरहेका छन् । यहाँ बिक्री हुने सामानहरु धेरैजसो आयातित छन् । तसर्थ समृद्धिको कुरालाई व्यवहारमा लैजानका लागि उद्यमीहरु बढाउनुपर्छ भन्ने मलाई लाग्छ ।

पैसा बाहिर जानबाट रोक्न, उर्जावान जनशक्तिलाई स्वदेशमै रोजगारी दिनका लागि र आफ्नै मिहिनेतले देशलाई अग्रसर गराउनका लागि उद्यम पहिलो काम हो । स्वदेशमै रहेर काम नगरेसम्म देशभित्र समृद्धि कहिले आउछ ? त्यसो नगर्दासम्म न समृद्धि भन्ने कुरा भन्नका लागि मात्रै हो । समृद्धि ल्याउनका लागि स्वदेशमै काम गर्ने, स्वदेशमै रोजगारी हुने, स्वदेशमै उद्यम खोलिने काम सँगसँगै हुनुपर्छ ।

कुरा नं. २ः नयाँ प्रविधिमा जाऔं
हामी कहाँ उद्योग स्थापना गर्ने कुरामा नयाँ प्रविधि अपनाउनमा ध्यान पुग्ने गरेको छैन । त्यसका कारण उत्पादन मूल्य बढी लाग्ने गरेको छ । नयाँ प्रविधिसँग काम गर्ने त्यस खालको जनशक्ति नहुनु पनि हो । यो अवस्था हुदाहुदैपनि नयाँ प्रविधि नल्याइकनै उद्यममा फड्को मार्न सकिदैन ।

जोखिम नउठाएर उद्यम शुरु हुन पनि सक्दैन । त्यसतर्फ उद्यमशील सोचले अध्ययन गर्ने र अनुभवीसँगको सल्लाहमा काम थालनी गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।

कुरा नं. ३ः प्रविधि बदलौं
हामीकहाँ उद्योगहरु नभएका पनि होइनन् । केही पुराना उद्योगहरु व्यवस्थापनका कारण, सरकारको नीतिका कारण बन्द पनि भए । त्यस बाहेका पुराना उद्योगहरु संचालनमा पनि छन् ।

मलाई लाग्छ अव त्यस्ता उद्योगहलाई नयाँ प्रविधिमा बदल्नुपर्छ । म्यानुअललाई अटोमेटिक उत्पादनतर्फ लैजानुपर्छ । यसले एकातिर उत्पादन बढाउछ र अरु आयातित सामानसँग प्रतिस्पर्धा गर्न सक्दछ ।

कुरा नं. ४ः नेपाली ब्राण्ड लोकप्रिय हुँदैछ
उद्योगको स्कोपको कुरा गर्ने हो भने उत्पादनमूलक खाद्यान्न र सेवामूलक उद्योगमा म बढी संभावना देख्दछु । कृषि प्रधान देश, आयातित सामान र बदलिएको मानिसको चाहनाले गर्दा मैले यसो भनेको हुँ । अहिले पनि हाम्रो समाजमा नेपाली उत्पादनलाई विश्वास गर्ने गरिएको छैन । यो विदेशी मोहको कारण हो जस्तो लाग्छ ।

हाम्रा कतिपय नेपाली उत्पादन विदेशमा निर्यात पनि भइरहेका छन् । हामीले नेपाली उत्पादनमा बानी पार्नुपर्छ । पछिल्लोपटक नेपाली उत्पादनले पनि विस्तारै बजार लिन थालेको छ । यो उत्पादनमा गरिएको नयाँ प्रविधिको प्रयोग र प्रस्तुतीले गर्दा हो ।

कुरा नं. ५ः उद्यमी बन्न हाम्रो हातेमालो
नेपाली यूवा उद्यमी मञ्चले यूवा उद्यमी बन्नका लागि वातावरण बनाइदिने काम गरिरहेको छ । उद्यम गरिरहेका उद्यमी र उद्यमी बन्न चाहने वीच पुलको काम गरिदिन्छ । हामीले उद्योग वाणिज्य संघ, अन्तर प्रेरणा तथा लुम्बिनी वाणिज्य क्याम्पससँग समन्वय गरेर नव उद्यमशाला कार्यक्रम संचालन गरिरहेका छौं ।

बजार खोजिदिने, लगानीकर्ता खोजीदिने र उद्यम गर्ने वातावरण सिर्जना गर्ने काम हामीले गर्दछौं ।

कुरा नं. ६ः उद्यमशील सोच फैलाऔं
उद्यमशीलताको सोच हामीमा नै छैन । पढ्ने अनि जागिर खाने भन्ने लक्ष्य तपाई हामी सबैमा देखिन्छ । यो सोचको पढाइले उद्यम गर्न सकिदैन । हामीमा उद्यमशीलताको माइन्ड नै सेट अप भएन । पढ्दा, हेर्दा, डुल्दा, कुरा गर्दा उद्यमशीलताको विषय नै प्रवेश हुदैन । तर राजनैतिक भाषणहरुमा समृद्धिको बिषय जोडजोडले उठिरहेको हुन्छ ।

त्यसरी न देशमा समृद्धि हुन्छ, न तपाई हाम्रो नै आयस्तर बढ्न सक्छ । तसर्थ सो सोचबाट हामी सबै बाहिर आउनुपर्छ । उद्यमका कुरासँगै काम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?