ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

न नेपाली पढन पाए, न कम्प्यूटर देख्न

१८ पुष २०७८, आईतवार
१८ पुष २०७८, आईतवार

विद्यालयको कक्षा ६ देखि १० सम्मका विद्यार्थीले अर्धबार्षिक परीक्षा नेपाली बिषयको पाठ्यपुस्तक नै नखोलेर दिएका छन् । ती सबै कक्षामा गरी ४५५ जना विद्यार्थी अध्ययनरत छन् । आधा पौष महिना बित्दासमेत विद्यालय प्रशासन नेपाली बिषयको शिक्षकको व्यवस्थापन नगरी बसिरहेको छ ।

000

रुपन्देहीको रोहीणी गाउँपालिकाको पाखेरभिण्डी माध्यमिक विद्यालयमा आधा पुस महिना बित्दा समेत नेपाली बिषयको पठनपाठन भएको छैन । विद्यालयको प्रशासन विद्यार्थीप्रति जवाफदेही नबन्दा नेपाली बिषयको पठनपाठन नभएको हो । विद्यालय प्रशासनले त्यस बिषयको प्रश्नको जवाफ प्रयास गरेको हो तर भएन, सकिएन, हुन सकेन, मानेनन् भन्ने दिने गरेको छ । विद्यालयको कक्षा ६ देखि १० सम्मका विद्यार्थीले अर्धबार्षिक परीक्षा नेपाली बिषयको शिक्षक नै नदेखेरै दिएका छन् । ती सबै कक्षामा गरी ४५५ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका अनुसार नेपाली बिषयकी शिक्षक शारदा ज्ञवाली कार्तिक महिनामा सुत्केरी भइ बिदामा बसेकी छिन् । उनले विद्यालयको कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई नेपाली बिषय पठनपाठन गराउँदै आएकी थिइन । उनी बिदामा बसेपछि पठनपाठन हुन नसकेको विद्यालय प्रशासन तर्क गर्छ । तर आश्विन महिनामा पनि नेपाली बिषयको पठनपाठन भएको देखिँदैन ।

नेपाली बिषयको पठनपाठन नभएपछि विद्यार्थीले अर्धबार्षिक परीक्षा पाठ्यपुस्तक नखोलेरै दिएका छन् । कक्षा १० का विद्यार्थी प्रमोद चौधरीले नेपाली बिषयको कति पढाइ भयो त ? भन्ने जिज्ञासामा किताब नै खुलेको छैन भन्ने जवाफ दिए । अर्की विद्यार्थी नितु यादवले पालिका स्तरीय भएको अर्धबार्षिक परीक्षा किताब नै नपढी दिएको बताइन । कति पटक हेडसरलाई शिक्षक चाहियो भनेर माग ग¥यौं तर सुनुवाई भएन उनले गुनासो पोखिन । एसईई दिने विद्यार्थी हो नेपाली बिषयको शिक्षक नै देख्न पाएका छैनौं उनले भनिन् नेपाली हामीलाई त्यसै अप्ठ्यारो लाग्छ अझै अहिलेसम्म त्यसैको पढाई भएको छैन ।

विद्यालयका प्रधानाध्यापक प्रदीप कुमार चौधरीले नेपाली बिषय पठनपाठनका लागि आफूले पहल गरेको दाबी गर्छन् । मैले पटक पटक विद्यालय व्यवस्थापन समितिलाई भने सुनुवाई भएन । शिक्षकलाई खाली घण्टीमा कक्षा लिन भने तर मानेन् उनले उल्टै गुनासो गरे । उनले विद्यालयमा जनशक्ति कम भएको हुँदा नेपाली बिषयको घण्टी व्यवस्थापन गर्न नसेको बताए । हामी बालबिकास केन्द्रको शिक्षक समेत गरेर १४ जना शिक्षक छौं उनले भने, कसरी मिलाउने हजुर ?

उक्त विद्यालयमा गत असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा संचालन हँुदै आएको छ । असोज, कार्तिक, मंसीर महिना सकिएर पौष महिना आधा सकिदासम्म विद्यार्थीले नेपाली बिषयको शिक्षक देख्न पाएका छैनन् । विद्यालयका अनुसार नेपाली बिषयको शिक्षक नभई पठनपाठन हुन नसकेका कक्षा ६ मा १०८ जना, कक्षा ७ मा ९५ जना, कक्षा ८ मा ८८ जना, कक्षा ९ मा ८८ जना र कक्षा १० मा ७६ जना गरी ४५५ विद्यार्थी छन् । ती विद्यार्थीले मंसीर महिनामा अर्धबार्षिक परीक्षा दिइसकेका छन् । परीक्षामा धेरैजसो विद्यार्थीले नेपाली बिषयमा प्रश्न सारेर बुझाएको बताए । अलि अलि जानेको लेख्यौं उनीहरुले भने, अरु प्रश्न सारेर बुझायौं ।

कम्प्यूटर नदेखि कम्प्यूटर बिषयः
विद्यालयमा कक्षा ६ देखि कम्प्यूटर बिषयको पठनपाठन भएपनि विद्यार्थीले कम्प्यूटर नदेखेको बताए । सरहरु आउनुहुन्छ किताब पढेर जानुहुन्छ कक्षा ८ का विद्यार्थीले गुनासो सुनाए । विद्यार्थी रोशिना खातुनले कम्प्यूटर चाहियो भनेर भन्दा सरहरुले बिग्रीएको छ भनेर भन्ने गरेको सुनाइन । उनले किताबमा मात्रै कम्प्यूटर बिषय पढ्दा पढाएकै नबुझिएको बताइन । कक्षामा गणित शिक्षक धिरज प्रजपतिले कम्प्यूटर विषयको कक्षा लिइरहेका थिए । उनले पनि कम्प्यूटर ल्याब रहेको कोठा बर्षौदेखि बन्द रहेको बताए । त्यहाँ भएका कम्प्यूटर चल्दैनन् त्यसैले कोठा नै खोलिएको छैन उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु यादवले समितिमा कुरा नमिलेका कारण नेपाली बिषयको पठनपाठन नभएको बताए । उनले समिति र शिक्षकमा एउटै मत नहुँदा विद्यालयको कामले गति नलिएको र नेपाली बिषयको पठनपाठन पनि त्यसरी नै हुन नसकेको बताए । रोहिणी गाउँपालिका वडा २ की अध्यक्ष सानमति पासीले नेपाली शिक्षक नभएको र पठनपाठन नभएको बिषयमा अनभिज्ञता जनाइन । उनले तीन महिना बढी समयसम्म पठनपाठन नहुनु राम्रो नभएको बताइन ।

गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मधु घिमीरेले विद्यालयलाई विद्यालय व्यवस्थापन समिति र शिक्षकसँग छलफल गरी कक्षा व्यवस्थापन गर्न पटक पटक सचेत गराएको भएपनि उपलब्धि हुन नसकेको बताए । उनले सक्दो छिटो नेपाली बिषयको कक्षा व्यवस्थापन गर्न पुनः निर्देशन दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?