ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

रविको रफ्तार

१० पुष २०७८, शनिबार
१० पुष २०७८, शनिबार

पातलो शरिर–बलियो मसल ।

काममा निरन्तरता–इमान्दारिता । छिटो र छरितो काम ।

छपाई उद्योग (प्रेस) जगतमा रवि चौधरीका चिनारी हुन् । ३१ वर्षदेखि बुटवलमा पाका व्यान्डरको चिनारी बनाएका रविलाल चौधरीको आफ्नै फरक पहिचान छ । मिहिनेतबाट बाँच्नुपर्छ, आफ्नै कमाईमै सन्तुष्टि लिनुपर्छ भन्ने आर्दश छ उनीसँग । त्यसैले त रविलाई मिहिनेती व्यक्तिको आदर्शको रुपमा सबैले सम्मान सद्भाव राख्छन् ।

दाङको गढवा गाउँपालिका–४ परस्पुर स्थायी घर भएका रवि चौधरीको बर्षभरीका अधिकांश दिन बुटवलमै बित्छ । कहिलेकाहीँ काम पर्दा बाहेक उनी सितिमिति घर जाँदैनन् । मुख्य चाडपर्व र लामो बिदा रहँदाको समय मात्रै उनको समय घरमा बित्ने गर्दछ । १६ बर्षसम्म बुटवलको विभिन्न आधा दर्जन छपाई उद्योगमा मासिक तलबमा काम गरेका उनी त्यसपछि भने मासिक तलबमा काम गर्न छाडेको बताउँछन् ।

७५ रुपियाँ मासिक तलबः
उनी दाङको तुल्सीपुरमा २०३९ सालदेखि लेटर प्रेसमा काम सिकेपछि बुटवल हानिएका थिए । दाङको तुल्सीपुरको प्रेसमा उनले काम शुरु गर्दा मासिक तलब ७५ रुपियाँ रहेको उनी सम्झछन् । २०४७ साल मंसिर १ गते बुटवल आएका उनले शुरुमा लाङ्गाली प्रेसमा काम शुरु गरेको बताउँछन् । त्यहाँ उनले मासिक तलब १ हजार १ सय बुझ्थे ।

त्यसपछि बुटवलकै लिगल प्रेस, भावना प्रेस, बुटवल अफसेट प्रेस र हाइटेक प्रेसमा काम गरेको उनी बताउँछन् । उनका अनुसार उनले २०६३ सम्म १६ वर्ष बुटवलका विभिन्न प्रेसमा मासिक तलबमा काम गरेका थिए । मासिक तलबमा छाड्ने वर्ष २०६३ तिर मासिक तलब ४ हजार बुझ्ने गरेको उनले बताए । प्रेसमा मासिक काम गर्दा उनी अपरेटरदेखि व्यान्डिङसम्मका सबै काम गर्थे ।

एम्बुलेन्स रफ्तारका रविः
करिब १५ बर्षदेखि भने उनी मासिक तलब बुझ्ने गरी काम गर्न छाडेका छन् । बुटवलका आधा दर्जन बढी छपाई उद्योगको व्यान्डिङ सम्बन्धी कामका जिम्मा लिन्छन् । उनले परिवारका सदस्यका साथै केही थप सहयोगी व्यक्ति राखेर व्यान्डिङ गर्ने कामको व्यवस्थापन गर्दछन् । रविसँग अक्षर जोडेर छपाई हुने लेटर प्रेसदेखि अहिलेको आधुनिक मेशिनसम्मको कामको अनुभव छ । किताब, डायरी, बुकलेट, वील, भौचर, क्यालेण्डर लगायतको काम गर्छन् ।

कुनै छपाई उद्योगलाई तत्कालै व्यान्डिङको काम जरुरी प¥यो भने उनको गुहार आवश्यक पर्छ । रात, बिहान होस या दिउँसो उनी कामका लागि तयार हुन्छन् । हतारोको अड्को फुकाइदिन्छन् । बिरामी बोक्नका लागि एम्बुलेन्स भएजस्तै छपाई उद्योगको व्यान्डिङका लागि उनी एम्बुलेन्स बनेर सेवा दिइरहेका हुन्छन् । त्यसैले बुटवलमा कुनै कामको व्यान्डिङ तत्कालै गर्नुप¥यो रविको नाम आइहाल्छ ।

बुटवलमा १५० रुपियाँको कोठाभाडाः
२०४७ सालमा मासिक तलब १ हजार १ सय हुँदा बुटवलमा कोठाभाडा १५० रुपियाँ तिर्ने गरेको उनले सुनाए । म त्यही १५० कोठाभाडा तिरेर तीनबर्षसम्म एउटै घरमा बसे उनले भने, त्यो जमानाको के कुरा गर्नु । अहिले बुटवलमा त्यस्तो कोठाको भाडा ४ हजार तिर्नुपर्छ ।

बुटवलमा कोठाभाडाको अन्तर मात्रै होइन शहरीकरणमा पनि धेरै अन्तर आएको उनी सुनाउँछन् । त्यतिवेला बुटवल कहाँ यति ठूलो थियो र ? त्यतिबेला । सुख्खानगर, दिपनगर, देवीनगर, कालिकानगरमा खेतै खेत थियो । मिलनचोकसम्म सडक छेउमा घरहरु भएपनि त्यसदेखि तल घरहरु निकै कम थिए । ठूला घर कम थिए । मलाई सम्झना भएसम्म पुष्पलाल पार्क (महेन्द्र पार्क) को बुटवल गेष्ट हाउस र नेपाल बैंक रहेको घर सबैभन्दा ठूला अर्थात अग्ला घर थिए । अहिले बुटवल वरपर मात्रै होइन भैरहवा र पश्चिम सालझण्डीसम्मै घरैघर छन्, धेरै तलाका घर छन् उनले थपे ।

महङ्गी बढेको प्रसङ्ग सम्झदै उनले सुनाए, १०÷१२ रुपियाँ लिएर हाट बजार जाँदा झोलाभरी तरकारी आउँथ्यो । अहिले एक हजारको नोट खर्च गर्दा पनि त्यति तरकारी आउँदैन जस्तो लाग्छ उनले हाँस्दै सुनाए । घरबाट बुटवल आउँदाजाँदाको बाटो खर्चको कुरा कोट्याउँदै रविले भने, ‘म दाङको कालाकाटेदेखि बुटवल आउँदा २२ रुपियाँमा आउँथे । अहिले ३ सय नभई बुटवलबाट कालाकाटेसम्म पुगिदैन ।’

आत्मसन्तुष्टि नै कमाई:
३१ बर्षसम्म बुटवलमा रहँदा उनले पैसाभन्दा धेरै इष्टमित्र कमाएको बताउँछन् । छपाईको क्षेत्रमा सबैका रवि दाई भएका छन् उनी । कमाउनुभन्दा धेरै उनले अरुलाई सहयोग र माया बाँडेका छन् । नयाँ पुस्तालाई व्यान्डिङ कामको सीप हस्तान्तरण गरेका छन् । गाउँका आफन्त र छिमेकीको आश्रय दिने चौतारो बनिदिएका छन् । त्यसैले त पढ्नहोस् या उपचार गर्न बुटवल आउँदा उनको माया र सहयोग अझै घटेको छैन ।

३१ वर्षको बुटवल बसाईमा के कमाइ भयो त ? भन्ने जिज्ञासामा रवि भन्छन्, कमाइ भनेको सबैको माया र मनको आत्मसन्तुष्टी हो रहेछ । पछिल्लो वर्षहरुमा गाउँमा पटक पटक गरेर ५ कठ्ठा जमिन जोडेको छु ।

रवीलाई तीन छोराहरुमध्ये पालैपालो बुटवलमै बसेर काममा सघाइरहेका छन् । तीनभाई मध्ये दुई छोराको नाती समेत देखिरहेका छन् उनले । पढ्दै गरेको कान्छा छोरोको बिहेवारी सकेपछि धेरै काम सकिएको मान्ने सोचमा छन् । अहिलेको बर्ष स्वास्थ्यमा समस्या आएपछि भने उनी केही महिना काम कम गरे । अहिले फेरि उनी बिस्तारै काममा पहिलेको लयमा फर्किदैछन् । उही एम्बुलेन्सको गतिमा, जसरी बिरामी बोकेर एम्बुलेन्स दौडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?