ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

तिलोत्तमाको उद्यमशील टोलमा धान खेतमा हांस पालन शुरु

तिलोत्तमालाई प्रांगारिक खेतीको नगर बनाउने हो : नगर प्रमुख खांण
५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

बुटवल,५ साउन ।  तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले सिंगो तिलोत्तमालाई प्रांगारिक खेतीको नगर बनाउने सोंचमा रहेको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा धान खेतमा हाँस पालन कार्यको शुभारम्भ गर्दै नगर प्रमुख खांणले प्रांगारिक खेतीले मात्र मानव स्वास्थ्यको सुरक्षा गर्ने बताए ।

नगरप्रमुख खांणले सरकार र समुदायको साझेदारीमा धान खेतमा हाँस र माछा पालन सम्भवतः नेपालमै पहिलो कार्यक्रम भएको बताए ।

तिलोत्तमा–१० उद्यमशील टोलका २६ परिवारले करिब २ बिघा खेतमा हाँस र ६ परिवारले करिब १० कठ्ठा खेतमा माछा पालन शुरु गरेका हुन् । नगर प्रमुख खांणले हाँसलाई धान खेतमा छाडेर कार्यक्रम शुभारम्भ गरेका छन् ।

स्थानीय इन्नोभेसन कृषि फर्मको अगुवाईमा टोलवासीको २० प्रतिशत र जिल्ला भेटनरी अस्पतताल तथा पशु सेवा केन्द्र रुपन्देहीको ८० प्रतिशत लागत साझेदारी रहेको छ ।

पहिलो चरणमा ८ सय ५० हाँसका चल्लालाई धान खेतमा चराएर पालन गरिने छ भने एक हजार माछाका भुरा धान खेतमा छाडिने छ ।

नगर प्रमुख खांणले बजारमा विषादीयुक्त खाद्यान्न र तरकारीका कारण मान्छेको स्वास्थ्यमा विभिन्न समस्या आउने र उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले प्रागारिक कृषिलाई बढावा दिने पक्षमा नगरपालिका रहेको बताए ।

‘श्रीलंका र सिक्किमले प्रांगारिक खेतीका कारण आत्मनिर्भर भई विदेशी पर्यटक आकर्षित गरिरहेका छन्,त्यसबाट सिकेर तिलोत्तमालाई पनि प्रांगारिक नगर बनाउन सकिन्छ’– खांणले भने,–‘प्रांगारिक उत्पादनले मान्छेको आयु समेत लामो बनाउँछ र पर्यावरण पनि स्वच्छ बनाउंछ ।’

यसले धानको उत्पादन वृद्धि, एउटै खेतबाट धान वाहेक हाँस र र माछाको आम्दानी लिन सकिने र प्रांगारिक खेती गर्न प्रेरित गर्ने बताए ।

हाँस पालनसँगै हाँसको मासु र अण्डा विक्रिका लागि पसल सञ्चालन गर्न सटर भाडा नगरपालिकाले तिरिदिने र बजारिकरणमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले प्रविधियुक्त व्यवसायिक प्रांगारिक कृषिबाट नागरिकको स्वास्थ्य र खेतीयोग्य जमिनको सुरक्षा हुने बताए ।

प्रांगारिक कृषिले रासायनिक मल आयात घटाउने हुंदा ब्यापार घाटा पनि कम हुने र नागरिकको जीवन सुरक्षित हुने डा. भुसालले बताए ।

उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले डा. भुसालकै अगुवाईमा टोललाई पुर्णतः प्रांगारिक खेतीयुक्त बनाउनकै लागि धान खेतमा हाँस र माछा पालन शुरु गरिएको बताए ।

उत्पादित हाँसको अण्डा र मासु विक्रि गर्न तीनै तहका सरकारको सहयोग चाहिने भन्दै उनले निकट भविष्यमै मौरीपालन गर्न मौरीको आहारा हुने विभिन्न जातका एक हजार बोटबिरुवा रोपिएको बताए । उद्यमशील टोलले समाजलाई रुपान्तरण गर्न र टोलवासीलाई उत्पादन र आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउन सिंगो टोल एकजुट भएर लागेको बताए । केही वर्षभित्रै टोललाई देशकै उत्कृष्ट र नमूना बनाउने लक्ष्यमा सबै टोलवासी रहेको उनले बताए ।

टोलवासीलाई उत्पादन र आयआर्जनमा जोड्न स्थानीय इन्नोभेसन कृषि फर्मले स्रोत केन्द्रको रुपमा किसानलाई हाँसका चल्ला,माछाका भुरा सँगै प्राविधिक सहयोग दिएको फर्मकी सञ्चालक विष्णु कंडेल भुसालले बताइन् ।

हाँस पालन गर्ने किसानलाई खेत तारबार गर्न जाली र खोर तथा माछा पालन गर्नेलाई ट्रेन्च निर्माणमा जिल्ला भेटनरी अस्पतताल तथा पशु सेवा केन्द्र रुपन्देहीको सहयोग रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?