ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

जनउत्थानका उर्जा

६ कार्तिक २०७८, शनिबार
६ कार्तिक २०७८, शनिबार

सहकारी भन्नाले सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई बुझिन्छ । गाउँ ठाउँमा सहकारी संस्थाहरु संचालनमा छन् । सहकारीको बाढीमा उद्देश्य अनुसार संचालन हुन नसक्दा सहकारी बन्द पनि भएका छन् भने कतै एकिकरण पनि भैरहेका छन् । कतै भने सहकारी संस्थाहरु फरक तरिका र ठूला संस्थाको रुपमा संचालन भइरहेका छन् । त्यसमध्येको एक सहकारी संस्था हो रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटीहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ।

२०६२ साल पुस १ गते स्थापना भएको उक्त सहकारी संस्थाको व्यवस्थापकको रुपमा रनबहादुर थापाले नेतृत्व सम्हालिरहेका छन् । थापा काम गरेर नथाक्ने सहकारी अभियन्ताको रुपमा सहकारी क्षेत्रमा परिचित छ । दैनिक रुपमा कम्तीमा १२ घण्टा उनी सहकारीकै काममा लागिरहेका हुन्छन् । उनले हाँकेको सहकारी हेर्न जिल्ला मात्रै होइन विभिन्न जिल्ला र प्रदेशबाट सहकारीकर्मीहरु सहकारी राम्रा बनाउने उपाय खोज्न पुग्ने गर्दछन् । त्यसो त उनी विभिन्न सहकारी र सहकारीको छाता संस्थाहरुमा अनुभव बाड्न र प्रशिक्षण दिन पुगिरहेका हुन्छन् ।

स्थापनाकालमा ३१ जना शेयर सदस्य रहेको सहकारीको शुरुदेखि नै थापाले व्यवस्थापकको नेतृत्व गरिरहेका छन् । उक्त सहकारी संस्थामा अहिले २७ हजार १ सय ६५ जना शेयर सदस्य पुगिसकेका छन् । शेयर सदस्य संख्याका हिसावले लुम्बिनी प्रदेशमा जनउत्थान सहकारी सबैभन्दा बढी शेयर सदस्य संख्या भएको बचत तथा ऋण सहकारी संस्था बनेको छ । सहकारीलाई गतिलो नेतृत्व गरेवापत रणबहादुर थापा उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७३ बाट सम्मानित भइसकेका छन् ।
जनउत्थान र अन्य ६ वटा सहकारी पटक पटक गरी एकिकरण भएको व्यवस्थापक थापा बताउँछन् । उनका अनुसार त्यसरी एकिकरण हुने सहकारी संस्थाहरुमा पहुँच महिला बचत तथा ऋण सहकारी संस्था लि., भैरहवा, गौमुखी बचत तथा ऋण सहकारी संस्था लि., ओमसतिया, बुद्ध बहुउद्देश्यीय सहकारी संस्था लि., टिकुलीगढ, पटाकसार बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया, सुदृढ बचत तथा ऋण सहकारी संस्था लि., सुद्धोधन, सगोल महिला बचत तथा ऋण सहकारी संस्था लि., भैरहवा रहेका छन् ।

सहकारीले राष्ट्यि र अन्तर्राष्ट्यि स्तरको गरी दर्जन बढी पुरस्कार र सम्मान पाइसकेको छ । त्यसमध्ये जनउत्थानले यो बर्ष नेप्mस्कूनबाट नेपालको सर्बोत्कृष्ठ साकोस २०७८ पुरस्कार पाएको छ । सहकारीले नेपाल गुणस्तर प्रोब्यासन कार्यक्रमको सफल ब्राण्ड २०७७ र अन्तराष्ट्रिय स्तरको गुणस्तर चिन्ह सिल्भर एक्सेस ब्राण्ड २०७६ प्राप्त गरेको छ । त्यसैगरी कोभिड १९ मा कृषि एम्बुलेन्स संचालन उत्कृष्ठ सेबा सम्मान संस्था २०७७, राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार २०७६, उत्कृष्ठ संस्थापक अध्यक्ष पुरस्कार २०७५, नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट उत्कृष्ठ सहकारी पुरस्कार २०७४, आन्तरिक राजस्व कार्यालय भैरहवाबाट उत्कृष्ट करदाता २०७४, ेप्mनस्कूनबाट पश्चिमाञ्चल क्षेत्र भरिकै उत्कृष्ठ साकोस २०७२, डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट उत्कृष्ठ सहकारी २०७२ जस्ता पुरस्कार र सम्मान जितेको छन् । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाबाट अधिक्तम रक्तदान गर्ने वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।

सहकारीले यो बर्ष १७ प्रतिशत वितरण गर्दैछ । सहकारीको जगेडा कोष १८ करोड जम्मा भइसकेको छ । जनउत्थान सहकारीको कार्यक्षेत्र रुपन्देही जिल्लाभरी रहेको थापाले बताए । उनका अनुसार जिल्लामा बुटवल, मणिग्राम, मंगलापुर, ठुटेपिपल, भैरहवा, अमुवा, मानपकडी, लुम्बिनी र रुद्रपुर गरी ९ वटा सेवा क्षेत्र रहेका छन् । सहकारीमा अहिले २ अर्व ५७ करोड पुजी पुगेको छ भने ऋण लगानी २ अर्ब ६ करोड र बचत २ अर्ब पुगेको छ । जनउत्थान सहकारीमा ५३ जना कर्मचारी छन् । लुम्बिनी प्रदेशमा अर्ब पुजी नाघेका आधा दर्जन सहकारी संस्था नपुगेको बताइन्छ ।

आद्युनिक प्रविधियुक्त सेवाको उपयोग र नीति तथा कार्यविधिहरुबाट संस्था संचालन गर्दा आफुहरुले सफलता प्राप्त भएको थापा बताउँछन् । उनले अरुको भन्दा फरक र सिर्जनात्मक सेवा प्रदान जनउत्थानले दिएको दाबी गर्दै सदस्यहरुको आवश्यकता अनुसारको आफुहरुले सेवा दिएको रहेको बताए । आर्थिक अनुशासनका वित्तीय सूचकहरुको परिपालना, आर्थिक अनुशासित शेयर सदस्यहरु, संचालकहरु, दिर्घकालिन गुरुयोजना र रणनीतिक योजना आफुहरुसँग भएको समेत उनले बताए ।

ऐन मान्ने र नमान्ने सहकारीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा प्रमुख चुनौती रहेको थापाको भनाई छ । उनले जनसमुदायमा राम्रो सहकारी कस्तोलाई भन्ने सहकारी चेतनाको कमी, केहि बदनाम भएका सहकारीको कारण सहकारी प्रति सरोकारवालाहरुको नकारात्मक दृष्टिकोण, सबै स्थानिय सरकारमासहकारी ज्ञान भएको दक्ष र सक्षम कर्मचारीको कमी पनि चुनौती रहेको बताए । राजनीतिक र बजारको अस्थिरताले व्यवसायमा पारेको असर र विभिन्न महामारी तथा प्राकृतिक प्रकोपले सदस्यहरुको व्यवसायमा पारेको असरले सहकारी संचालनमा केही अप्ठ्यारो भएको उनको बुझाई छ ।

जनउत्थानले २०८८ सालभित्र जिल्लामा २१ वटा सेवा केन्द्र चलाउने, १ लाख २० हजार शेयर सदस्य बनाउने, १४ अर्ब पूजी पुर्याउने लक्ष्य रहेको व्यवस्थापक थापाले बताए । आफ्नो मिहिनेतले मात्रै यो संभव नभएको उनको भनाई छ । सहकारीको संचालक समिति, कर्मचारी र सहकारी संस्थाको सदस्यहरुको साझा प्रयासबाट यो संभव भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?