ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

लायन्स क्लब बुटवल देउरालीमा दीपक पन्थीको नेतृत्व

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

बुटवल,२ साउन । लायन्स क्लब अफ बुटवल देउरालीको वर्ष २०२३।२४ का लागि दीपक पन्थीको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ । क्लबको सातौं साधारणसभाको निर्वाचनले पन्थीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,द्वितीय उपाध्यक्षमा माधवराज पोखरेल,तृतीय उपाध्यक्षमा मोहनीलाल रिजाल,सचिवमा राजकुमार गुप्ता,कोषाध्यक्षमा कृष्णप्रसाद पाण्डे,सहसचिवमा नागेन्द्र आचार्य,सहकोषाध्यक्ष देबु खनाल,मेम्बरसीप डाइरेक्टर ललित पाण्डे,टेल टुइस्टर मात्रिका अधिकारी,टेमरमा मनोहर न्यौपाने,पब्लिक रिलेसन अफिसर भिमप्रसाद अधिकारी चयन भएका छन् । यस्तै डाइरेक्टरहरुमा बाबुराम भुसाल, हरिप्रसाद ज्ञवाली,खगेन्द्र पाण्डे,केशव बन्जाडे र नारायण भण्डारी चयन भएका सचिव राजकुमार गुप्ताले जानकारी दिए ।
क्लबमा ३८ जना सदस्य रहेका छन् । क्लबको नव निर्वाचित कार्यसमितिको पदस्थापन र प्रथम बोर्ड बैठक समेत सम्पन्न भएको छ । प्रथम बोर्ड तथा जनरल वैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । जसमा सचिवालय व्यवस्थापन, आन्तरिक कोष परिचालन, सामाजिक कार्यक्रमहरु तय गरेको अध्यक्ष दीपक पन्थीले जानकारी दिए । बुटवल श्रवणपथमा रहेको सचिवालय अब बुटवल कालिकापथमा सर्ने भएको छ । यस्तै नयां क्लबहरु स्थापना,डाइरेक्ट्री प्रकाशन, अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण, स्वास्थ्य शिविर, क्लब ब्राण्डिङ, सदस्यता बृद्धि,आजीवन सदस्यता विस्तार,लायन्स अभिमुखीकरण,फेलोसिप,फण्ड राइजिङ, शैक्षिक सामग्री वितरण, क्लब भिजिट लगायतका ४८ वटा कार्यक्रमहरु गर्ने पनि कार्ययोजना रहेको अध्यक्ष दीपक पन्थीले बताए । प्रथम बोर्ड बैठकमा लायन्स इन्टरनेसनल डिस्ड्रिक्ट ३२५ पीका डिस्ट्रिक चिफ गणेशप्रसाद भट्टराई,डिस्ड्रिक्ट डेपुटी चिफ भोजराज पाण्डे,क्लबका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे,पुर्व अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतले विगत वर्ष भन्दा अझ धेरै र प्रभावकारी सामाजिक काम गर्न सुझाव दिएका क्लबका सचिव राजकुमार गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?