ट्रेंडिंग:

>> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्
सम्पादकीय

डेंगुबाट बच्न पूर्व तयारीमा ढिलाई

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

स्वास्थ्य मन्त्रालयका अनुसार डेंगुका कारण नेपालमा यो बर्षको सुरुको तीन महिनाभित्रै पाँचसय बढी प्रभावित भएका छन । एक जनाको मृत्यु भएको छ । डेंगुले आफ्नो प्रभाव फैलाउने बेला आउँदैछ । पानी परेपछि बढ्ने यसको प्रकोपका कारण अस्पतालका शैया भरिन थालेका छन ।

मौसमविदहरूले नेपालमा अव केही दिनसम्म पानी पर्ने बताईरहँदा मनसुनले ल्याउने अनेक प्रकारका जोखिम नियन्त्रणमा सावधानी जरुरी छ । मनसुन प्रवेशसंगै बाढी पहिरो र डुबानको खतरा उत्पन्न हुन्छ । तराईमा हुने डुवानले लामखुट्टेको प्रकोप बढ्ने समय आएको छ । नेपालमा हरेक बर्ष डेंगुको प्रकोप बढ्दै गएको छ । अहिले डेंगुको प्रभाव कम देखिएतापनि डेंगुले आफ्नो प्रभाव फैलाउने समय आईसकेको छ ।

नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । तराईका चितवन, रूपन्देही, नवलपरासी र कपिलवस्तु डेंगुको जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ ।

तराईका पालिकाहरूले हरेक बर्ष डेंगुबाट बच्न लामखुट्टे खोज र नष्ट गर अभियान चलाउँछन । यो बर्षपनि अभियान सुरु भैसकेको छ । रूपन्देहीका पालिकाहरूको ध्यान भने अहिलेसम्म गएको छैन । डेंगु नियन्त्रण गर्न पूर्व तयारीका काम आवश्यक छन । तर, पालिकाहरूले यो बर्ष अहिलेसम्म अभियानको सुरुवात गरेका छैनन् । डेंगुबाट बच्नु भनेको पूर्व तयारी र पूर्व अभियान पनि प्रमुख कारण हो तर अहिलेसम्म पालिकाहरूले यस विषयमा ध्यान दिएका छैनन् । बुटवल उपमहानगरपालिका समेत डेंगुको जोखिम भएको सहरमा पहिलो नम्बरमा पर्छ तर बुटवलमा यो बर्ष अहिलेसम्म डेंगु नियन्त्रण सम्वन्धि कुनैपनि अभियान सञ्चालन भएको छैन । यसतर्फ बुटवल उपमहानगरको ध्यान जाओस् ।

‘जब प¥यो राती तब बुढी ताती’ भनेजस्तो समस्या आएपछि मात्रै हारगुहार गर्ने नेपालीका प्रवृत्ति र परम्परा छ । यसमा सुधारको जरुरी छ । गएका वर्षहरूमा जस्तै गरि अव ढिलो नगरी विभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिन नदिनका लागि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालनमा ढिलाई नहोस् । यो अभियानमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवनरक्षा गर्ने दायित्व सरकारको हो । स्वयं व्यक्तिको भूमिका अझै धेरै हुन्छ । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो । डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य कार्यालयले सूचनामार्फत आग्रह गर्दै आएको छ ।

बर्षाको मौसम समेत रहेकोले अहिले डेंगुको धेरै जोखिम छ । तसर्थ यो अभियानमा हामी सवैको हातेमालो जरुरी छ । सवैभन्दा पहिले यो अभियानमा सरकारदेखि नागरिक समाज र समाजका हरेक तह र तप्काबाट ऐक्यबद्धता जरुरी छ । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको संक्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । यो भनिरहँदा रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम उपाय हो ।

तसर्थ डेंगुबाट बच्न पहिले समुदायले नै ध्यान दिनुपर्ने अवस्था छ । डेंगुका कारण यो बर्ष एक जनाको मृत्यु भैसकेको छ । अन्य धेरै डेंगुको प्रकोपमा छन । विस्तारै यसको प्रभाव बाहिर देखिने अवस्था आउँदै गर्दा डेंगु नियन्त्रणमा गंभीर बनौं । संघीय र प्रदेश सरकार हुँदै पालिका र स्थानीय समुदायको सकृय सहभागिता जरुरी छ । सामूहिक प्रयास र प्रयत्नबाट डेंगु नियन्त्रण गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?