ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

बुटवलको बस्ती पस्दै चुरे

४ भाद्र २०७८, शुक्रबार
४ भाद्र २०७८, शुक्रबार

बुटवल बजार क्षेत्रबाट उत्तरतिर हेर्दा देखिने चिराचिरा परेको चुरे पहाड निरन्तर बर्षासँगै बग्न शुरु गरेको छ । यसले चुरे नजिकका खोला र खोल्सा क्षेत्रका बस्तीका घरमा हिलो र ढुंगा सहितको पानीपसि असर गरेको छ । चुरेको यो बगाइले बुटवल नै खतरामा पर्न सक्ने हुँदा तत्काल रोकथामका काम थाल्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।

यो बर्ष बुटवल उपमहानगरपालिकाको पाखापानी क्षेत्रमा चुरे बग्ने गरेकोमा अहिले ज्योतीनगर, लक्ष्मीनगर र आदर्श नगर क्षेत्रमा पनि चुरे चल्ने र बग्ने क्रम शुरु भएको छ । पाखापानी क्षेत्रमा चुरे बग्दा बेलाबेलामा पूर्वपश्चिम राजमार्गको आवागमनमा समेत असर गर्ने गरेको छ । गत सालको बर्षाको समयमा ज्योतीनगर र लक्ष्मीनगर माथिको चुरे क्षेत्रमा केही ठूलो पहिरो देखिएको थियो । अहिले ति क्षेत्रमा पहिरोले आफ्नो क्षेत्र बढाउँदै लगेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले चुरे बग्न शुरु गरेको र त्यसले ज्योतीनगर, लक्ष्मीनगर र आदर्शनगर क्षेत्रका बस्तीका केही घरहरुमा असर गरेको बताए । अहिलेलाई ति ठाउँमा खतरा देखिएको छ वडाअध्यक्ष पराजुलीले भने, तत्काल रोकथामको उपाय नखोजिए बुटवल नै रिक्स जोनमा पर्नसक्छ । पराजुलीका अनुसार वडा नं. ३ र ४ को सीमामा रहेको मितेरी खोल्सा र वडा नंं. ३ को अर्को खोल्सामा हिलो माटो र ढुंगा बगेर आउने गरेको छ ।

त्यसैगरी लक्ष्मीनगर र आदर्शनगर बीचबाट बग्ने सुखौरा खोलामा पनि केही ठूलो पानी परेको अवस्थामा ठूला ठूला ढुंगा सहित लेदो बगेर आउने गरेको छ । स्थानीय अशोक श्रीसले ज्योतीनगर र लक्ष्मीनगरमाथिको पहिरोमा ठूलो रुख अड्किएर रहेको र उक्त रुख बगेको अवस्थामा ज्योतीनगर वा लक्ष्मीनगर माथि रहेको गुम्बासम्मको भागमा पहिरोले असर पुग्ने आफुले देखेको बताए । बिहीबार विहान पहिरोको माथिसम्म पुगेका उनले भने, रुख पश्चिमतर्फ गए गुम्बातर्फ र पूर्वतफ गए ज्योतीनगरतर्फको घरहरुमा क्षतिपुग्नसक्छ । उनले रुख ढल्ने, जमिन नै बग्ने क्रम नरोकिएको हुँदा पूर्व सावधानी नअपनाइए क्षति ठूलो हुनसक्ने उनको आंकलन छ ।

लक्ष्मीपार्कको पश्चिम उत्तरतर्फ माथिबाट झरेको ढुंगा माटोले भरिएको छ भने चेक ड्याममा समेत क्षति पुर्याएको छ । त्यसैगरी लक्ष्मीपार्कको पूर्वतर्फबाट बग्ने सुखौरा खोलामा लगाइएको चेक ड्याम कतै बगाएको छ भने कतै क्षति पुर्याएको छ । मुख्यगरेर खोलाको पूर्वीतर्फ र खोलाको बीच बीचमा लगाइएको चेक ड्याम काम नलाग्ने अवस्थामा पुगेको छ । पश्चिमतर्फको चेक ड्याममा पनि असर गर्न शुरु गरेको छ ।

माथिबाट ढुंगा र हिलोमाटोसँगसँगै बग्दा बगेको क्षेत्रको दायाँबायाँ मेलम्ची बजारभन्दा माथिको भागमा खोला क्षेत्रमा भएको भूक्षय जस्तै गरी क्षति पुगेको छ । साथै कहिकतै खोलाको गहिराइ समेत बढाएको छ । उक्त क्षेत्रमा गत साल क्षति भएपछि राष्ट्पति चुरे कार्यालय, बुटवलले ४ करोड बजेट स्वीकृत गरेको थियो । ठेक्का प्रक्रियामा जाँदा त्यसमध्ये २ करोडमात्रै भुक्तानी भएको कार्यालय प्रमुख कार्कीले बताए ।

वडा नं. ४ का वडाअध्यक्ष पराजुलीले बिहीवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ, जिसस प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, राष्ट्पति चुरे तराइ मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख अजय कार्की लगायले प्रभावित क्षेत्रको अवलोकन गरेको जानकारी दिए ।

राष्ट्पति चुरे तराइ मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख अजय कार्कीले अवलोकनमा दैनिक रुपमा चुरे बग्ने क्रम बढेको र क्षति हुने क्रम पनि बढाएर लगेको जानकारी दिए । उनले बुटवलको वडा नं. १ पाखापानी क्षेत्रतिर चुरे क्षेत्रमा सानो पहिरो देखिएपनि वडा नं. ३ को ज्योतीनगर र वडा नं. ४ को लक्ष्मीनगर माथिको चुरेमा ठूला दुई पहिरो देखिएको बताए । त्यहाँको पहिरोको प्रकृति मास मुभमेन्ट (ठूलो भाग सँगसँगै बग्ने) खालको भएको हुँदा त्यसले खतरा निम्ताउन सक्ने बताए । पहिरोमा मात्रै नभई खोला र खोल्सामा समेत पानी भन्दा माटो र ढुंगासँगसँगै बगिरहेको उनको भनाई छ । उनका अनुसार त्यसरी बग्दा त्यसले आफुसँगै छोएर बग्ने जमिनमा समेत सँगै बगाउँदै क्षति गरिरहेको छ ।

चुरे बगेको क्षेत्रको माटो काटेर नफाले यसले यो बर्षमात्रै नभएर दशौं बर्षसम्म पनि बुटवललाई दुःख दिने कार्कीले बताए । उनले माटो नहटाइए हिलो र ढुंगा बग्ने क्रम बढेर जानेर सागुरिएका खोला पुरिने र त्यहाँबाट आएको हिलो माटो र ढुंगाले बाटो बदल्ने बताए । यो अवस्था आए बुटवल सडकमा हिलोपानी बग्न शुरु हुनसक्छ उनले भने, समथर क्षेत्रमा रहेका घरहरुमा समेत हिलो पसेर असर गर्न सक्छ । उनले मानवीय क्षति र स्थायी समाधानका लागि खोला छेउका बस्ती उपयुक्त ठाउँमा स्थानान्तरण गर्नमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।

यस्ता छन चुरे चल्नुका कारणहरु
१) प्राकृतिक रुपमा चुर कमजोर जमिन हो । चुरेमा जमिन बन्ने र भत्किने क्रम चलिरहन्छ ।

२) चुरे क्षेत्रमा मन्दिर, पार्क, सडक जस्ता पूर्वाधार बनाउने क्रम चलिरहेको छ यसले चुरेलाई असर गरिरहेको छ ।

३) जंगल र रिंगरोड तलको भागमा पनि सडक निर्माण, घर निर्माण जस्ता विकास निर्माणका काम हुँदा जमिनमुनिको पानी बग्न र रहनमा असर पुरिरहेको छ ।

४) चुरेबाट बग्ने खोला किनारमा मानवीय अतिक्रमण छ, जसले गर्दा खोलालाई बग्ने ठाउँ पुगिरहेको छैन ।

५) चुरेमा रहेको ठूला रुख पानी आउँदा थाम्न नसक्दा जमिनसँगै रुख बगिरहेका छन् ।

६) ०७२ सालको भूकम्पका कारण चुरे क्षेत्रो जमिनमा धाजा फाटेको थियो, जहाँबाट जमिनमुनि पानी पस्दा पनि चुरे बगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?