© २०२३
बुटवल,२९ असार । सरकारले असार मसान्तमा पनि आफूले पाउनुपर्ने रकम नपाएको भन्दै निर्माण व्यवसायीहरूले प्रदर्शन गरेको छन्। सरकारविरुद्ध शुक्रबार माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका हुन्। उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन्।
उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखे।
महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गरे।
पछिल्लो समय आर्थिक मन्दी तथा देशको अवस्थाको विभिन्न वहाना बनाउँदै सरकारले समयमै निर्माण व्यवसायीहरूको भुक्तानी गरेको छैन।