ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

लुम्बिनी प्रदेशको चुरे र चासो

२ असार २०७८, बुधबार
२ असार २०७८, बुधबार

महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानादेखि तराई मैदानको उत्तरी सिमानाबीचको होंचो डाँडा र पर्वत शृंखला नै चुरे हो । यो क्षेत्र पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ । समुद्री सतहको १२० मिटर देखि २००० मिटरसम्मको उचाइमा अवस्थित चुरेले नेपालको करिव १३ प्रतिशत भूभाग ओगटेको छ । तराईका २१ र पहाडका १६ गरि ३७ जिल्लामा फैलिएको चुरेलाइ हिमालय पर्वतीय क्षत्रको सबैभन्दा कान्छो र कमजोर भू–धरातल मानिन्छ । बालुवा, गिर्खे चट्टान, कंकड माटो र पत्रे चट्टानबाट बनेको चुरेक्षेत्रसंगै दक्षिणमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावरको समथर भूभाग छ । दाउन्ने पहाडदेखि कर्णाली नदीसम्म फैलिएको लुम्बिनी प्रदेशमा तराइको समानान्तर चुरे पहाड समेत तन्किएको छ । यहाँका १२ वटा जिल्लाहरुमध्ये ९ वटा जिल्लाहरुमा चुरे क्षेत्र रहेको छ ।

चुरेले प्रदेशको ५ लाख ४८ हजार ८८० हेक्टर भूभाग ओगटेको छ । चुरेको ठूलो भूभाग दाङ्ग जिल्लामा रहेको छ, जहाँको कूल क्षेत्रफलको ८४ प्रतिशत भूभाग चुरेमा रहेको छ । त्यसैगरी पश्चिम नवलपरासीको ४५ प्रतिशत ( अनुमानित), अर्घाखाँचीको ३९ प्रतिशत, बर्दियाको ३४.६ प्रतिशत, बाँकेको ३४ प्रतिशत, रुपन्देहीको १७ प्रतिशत भूभाग चुरेले ओगटेको छ भने प्युठानमा २.२३ प्रतिशतमात्र चुरे क्षेत्र रहेको छ । स्थानीय तहअनुसार दाङ्गका साबिकका राजापुर (३७१२६ हे.), सतबरिया (२२२०९ हे.), बेला गाविस(२०५५६ हे.) र पुरन्धार गाविस(१६१४६ हे.), बाकेका खासकुस्मा (३००२८ हे.), कचनापुर (१५८३९ हे.) र बैजापुर( ९०९८.४ हे.), बर्दिया राष्ट्रिय निकुन्ज(६६२४६ हे.), नवलपरासीको साविकको धुर्कोट गाविस(१५२२०.६ हे.), रुपन्देहीको सैनामैना नगरपालिका (९१४३.६ हे.) र देवदह नगरपालिका (७७०७.१ हे.) चुरेको क्षेत्रफल धेरै भएका स्थानीय निकायहरु हुन् । चुरेदेखि नजिकै चुरेको समानान्तर हुने गरि महेन्द्र राजमार्ग निर्माण भएकोले चुरेको दक्षिणतर्फ ठूला वस्तीहरु रहेका छन् । बर्दघाट, सुनवल, देवदह, बुटवल, सैनामैना, बाणगंगा, शिवराज, शितगंगा, लमही, घोराही, तुलसीपुर, कोहलपुर नगरपालिकाहरु चुरे र भावर क्षेत्रमा रहेका छन् ।

प्रदेशमा भौगोलिक रुपमा चुरेले जति स्थान ओगटेको छ, त्यो भन्दा बढी आर्थीक, वातावरणीय महत्व यसले समेटेको छ । यहाँका भुमही खोला, तुरिया खोला, कजरार, रोहिणी, तिनाउ, कन्चन, बाणगंगा, सुराही, ईन्गुरिया, सीतापुर खोला, झिमरुक खोला, कोइलाबास खोला, राप्ती, बबई, मानखोला, डुडुवा, गेरुवा खोलाको मुख्य जलाधार क्षेत्र चुरे नै हो । त्यसैगरी कर्णाली र भेरी नदीमा समेत चुरेको ठूलो भूभागको पानी मिसिने गर्दछ । चुरेको बलौटे जमिनमा पनि सुन्दर तालहरु निर्माण भएका छन् । नवलपरासीको महलपोखरी, पाल्पाको सत्यवती र सुकेताल, अर्घाखाँचीको डमरुदह, दाङ्गको बाह्रकुने ताल सुन्दर ताल तलैयाहरु चुरे क्षेत्रमा रहेका छन् । त्यसैगरी भावर क्षेत्रमा घमाहा (सैनामैना), दानापुरताल, जखोराताल (दांग) लगायतका तालतलैयाहरु छन् । चुरे जलाधार क्षेत्रले यहाँका नदीहरुलाई नियमित पानी आपूर्ति गर्ने र तराईको भूमिगत पानीको भण्डार निरन्तर रिचार्ज गरिरहने काम गरेका छन् । तराईका सबैजसो पुराना सिचाइ प्रणाली र कुलोहरु चुरेका खोलाहरुमा आधारित रहेका छन् । तराईलाई भूमिगत र सतही पानी उपलब्ध गराएर यहाँको खेतिपातीलाई सहज बनाउने र तराईलाई हराभरा बनाउन चुरे क्षेत्रले मुख्य योगदान गरेको छ । चुरेमा रहेको वनजंगलले तराईलाई शितलता र सुन्दरता मात्र प्रदान गरेको छैन, तराईबासीकालागि घाँस दाउरा र काठपातसमेत उपलब्ध गराएको छ । नेपालको रक्षामा चुरे क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ. त्यसको साक्षी बनेर माथागढ़ी, जितागढ़ी, नुवाकोट गढी, शिबपुरगढी, डुडुवा र सोनारी पहाडजस्ता गढी किल्लाहरू अहिले पनि ठडिएका छन् । तराई र पहाडको सांस्कृतिक र भौगोलिक संगम चुरे क्षेत्र बनेकोले पछिल्ला दिनहरुमा यो क्षेत्र आन्तरिक पर्यटकहरुको गन्तब्य समेत बनिरहेको छ ।

राणाकालमा चुरे क्षेत्रलाई सामरिक महत्वको थलोको रुपमा हेर्दै त्यस क्षेत्रलाई बसोबासमुक्त क्षेत्र राखिएको थियो । पानीको कमि, औलोको डर र खेतियोग्य जमिनको कमिजस्ता कारणले चुरे बसोबासको लागि रोजाइमा पर्नसकेको थिएन । पंचायती कालको मध्यसम्म तराईमा घना जंगल रहेको र तराईमा जनसंख्याको चाप पनि खासै नपरेको कारणले ४० को दशकसम्म सम्पूर्ण चुरे सुरक्षित थियो । चुरेको किनारा हुँदै पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनेपछि भावर क्षेत्रमा केहि बजारहरु बनेका थिए र राजमार्ग हँुदै पहाड उक्लने सडकहरु बन्न थालेपछि भावर र संगैको चुरे क्षेत्र ब्यापारिक र रणनीतिक महत्वको क्षेत्र बनिरहेको छ र यहि क्षेत्रमा बसोबास गर्न रुचाउने मानिसको संख्या दिनानुदिन बढिरहेको छ । महेन्द्र राजमार्ग दक्षिण रहेका वस्तीहरु क्रमशः चुरेको फेँदसम्म पुगेका छन् र तराईमा झर्न नसकेकाहरुले अवसरको खोजीमा चुरेहँुदै पहाड उक्लेका सडक छेउँछाउँ बसोबास गर्दैजाँदा अहिले चुरेमा घना वस्तीहरु बन्न थालेका छन् । बाँकेको नौबस्ता, दाङ्ग जिल्लाको सम्पूर्ण चुरे क्षेत्र, अर्घाखाँचीको शितगंगा नगरपालिका, कपिलवस्तुको पत्थरकोट क्षेत्र, रुपन्देहीको सैनामैना र देवदह तथा नवलपरासीको सुनवल र बर्दघाटको धुर्कोट क्षेत्रमा जोखिमपूर्ण चुरे क्षेत्रमा वस्तीहरु थपिदै गएका छन् । चुरे क्षेत्रमा बढ्दो जनसंख्यासंगै यहाँको वनजंगल र जलाधार क्षेत्र मासिने क्रम बढ्दो छ ।

पछिल्ला १० वर्षमा भएका प्राकृतिक प्रकोपका तथ्यांकहरु हेर्दा पहिरोबाट सबैभन्दा बढी क्षति पाल्पा, गुल्मी र रोल्पामा भएको पाइन्छ र बाढीबाट दांग, बाँके र बर्दिया बढी प्रभावित भएका छन् । २०५० को दशकसम्म आइपुग्दा तराइको घना वन मासिएर कताकति मात्र सिमित रहन पुग्यो, जसले गर्दा छरेको वनमा अत्यधिक चाप परिरहेको छ. चुरे उत्तर रहेका पहाडका प्रत्येक वस्तीलाई तराइसंग जोड्नका लागि चौरमा सडक खन्ने काम ४ दशक देखि चलिरहेको छ । यसले गर्दा पनि चुरे खलबलिएको छ । पछिल्ला वर्षमा सोझै चुरे खोस्रने काम नभए पनि नदिजन्य पदार्थ संकलनको नाममा चुरे र पहाडका भित्रि भागसम्म दोहन भैरहेको छ । यसले चुरेमा वर्खायाममा पानीको वहाव बढेर भूक्षयको दर बढेको छ । चुनढुंगा उत्खननको नाममा पनि रोल्पा, पाल्पा र प्युठानमा दोहन बढेको छ । पहाड खोदनले कमजोर भएर भूक्षय बढेको छ । जसको प्र्रत्यक्ष असर चुरे क्षेत्रमै देखिएको छ ।

संघीय सरकारको आगामी वर्षको बजेट बक्तब्यमा पहाडका खानीबाट ढुंगा गिट्टी निकालेर विदेश निकासी गर्ने कुरा आएपछि चुरेको बारेमा निकै बहसहरु भैरहेका छन् । संघीय सरकारले पाल्पाको मस्याम, अर्खाखाँचीको ठाडा र प्युठानको सरुमारानी लेकबाट ढुंगा गिट्टी निकाल्ने योजना बनाएको छ भने लुम्बिनी प्रदेश सरकारले सडक दुर्घटना न्यूनीकरण तथा पर्यटन विकास भन्दै सिद्धबाबाको डाँडो काट्ने प्रस्ताव अघि बढाएको छ । सिद्धबाबा क्षेत्र चुरेमा पर्ने भएकोले यसलाई काट्न ुहुन्न भन्ने आवाजहरु चर्का छन् भने महाभारतको बहानामा चुरेमा दोहन गर्न खोजिएको आशंकासमेत गरिएको छ । बाहिरका मान्छे जति चिच्याए पनि सिद्धबाबाको डाँडोलाई गिट्टी वालुवाको लागि नभई सडक सुरक्षाको लागि काट्न खोजिएको हो भन्ने कुरा लुम्बिनीबासीलाई राम्रै थाहा छ । अन्यत्रको तुलनामा लुम्बिनी प्रदेशका चुरेहरु अहिलेसम्म एक किसिमले सुरक्षित छन् । तर महाभारत क्षेत्रमा उत्खनन बढ्दै गएपछि चुरे पनि असुरक्षित रहने चिन्ता जायज छ । महाभारत क्षेत्रमा खानी संचालन गर्दा वातावरणीय सुरक्षालाई ख्याल गरिएन भने खानीको वरिपरीका खेतबारी, जलाधार क्षेत्र र वनजंगल पुरिएर ती क्षेत्र बसोबासकालागि अयोग्य हुनेछन् । महाभारत क्षेत्रमा खानीजन्य पदार्थ उत्खनन बढ्दै जाँदा मानिसहरु चुरेतर्फ विस्थापित हुनुपर्ने अवस्था आएमा चुरेमा दीर्घकालिन गम्भीर क्षति पुग्नेछ । खानीबाट गिट्टी ढुंगा ढुवानी कार्यलाई ब्यवस्थित गर्न सकिएन भने चुरे पहाडहरुलाई सुरक्षित राख्न सकिने छैन ।

प्रदेशमा नदिजन्य पदार्थको उत्खनन उच्च नै छ र बजारमा यस्ता पदार्थको मुल्य चर्को छ । बन्देजको नाममा उपभोक्ताले महँगो मुल्य तिर्नुपरेको छ र श्रोतहरु जोगिएका पनि छैनन् । अहिलेको आवस्यकता भनेको नदि खानीजन्य पदार्थको व्यवस्थित संकलन र विक्री वितरण हो । निश्चित दीर्घकालिन वातावरणीय योजना बनाएर गिट्टी बालुवा उत्खनन गर्ने हो त्यसबाट समुदाय र राष्ट्रले लाभ लिन सक्छ । सबै पहाडहरु वातावरणीय दृष्टिले महत्वपूर्ण छैनन् । यस्ता निश्चित पहाडहरुलाई काटेर लामो समयसम्म ढुंगा, गिट्टी, बालुवा प्राप्त गर्न सकिन्छ र पछि त्यस्तो ठाउँमा एकीकृत वस्ती निर्माण गरेर वरपरको वस्तीलाई स्थानान्तर गरेर बाँकी पहाडलाई जोगाउन सकिन्छ । माथि उठ्दै गएका नदीहरुबाट पनि मापदण्ड बनाएर गिट्टी बालुवा निकाल्न सकिन्छ । तर नेपालमा मापदण्ड पालना गराउन सक्ने संयन्त्र र इच्छाशक्ति सरकारसंग छैन । यस्तो अवस्थामा तोकिएको ठाँउबाटमात्र उत्खनन होला भन्ने कसैलाई पनि विश्वास छैन । चुरेको बारेका चिन्ता धेरै देखिनुको कारण यहि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission