ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

 कामाख्या मन्दिर लुम्बिनी केबलकारको विशिष्ट आकर्षण : सांसद थापा (भिडियोसहित)

१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार

बुटवल,१७ असार । प्रतिनिधि सभा सदस्य सुर्य थापाले लुम्बिनी केबलकार बुटवलको विशेष गन्तव्य बनेको बताएका छन् ।

केबलकारको अवलोकन र कामाख्यादेवी मन्दिरको दर्शनपछि पत्रकारहरुसंग कुरा गर्दै संघीय सांसद थापाले बुटवल, भैरहवा र आसपासका जिल्लाका लागि मात्र नभई सीमावर्ती भारतीय पर्यटकलाई आकर्षित गर्न लुम्बिनी केबलकार विशेष गन्ब्य बनेको बताएका हुन् ।

केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर केबलकारको अर्को विशिष्ट आकर्षण भएको उल्लेख गर्दै सांसद थापाले भारत आसामको गुवाहटीस्थित कामाख्या मन्दिरसम्म पुग्न नसक्ने नेपाली र भारतीय भक्तजनको रोजाई अब बसन्तपुर बन्ने बताए । सरकारले निजी क्षेत्रको लगानीमा बनेका ठूला पर्यटकीय गन्तव्यको बजारीकरणमा पनि सहयोग गर्नुपर्ने सांसद थापाले बताए ।

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको आयोजना छोटो अवधिमै सम्पन्न हुनु सरकारका लागि गतिलो पाठ भएको बताए । आईएमई ग्रुपको नेतृत्वमा १४ महिनाको छोटो अवधिमा साढे ३ अर्बको केबलकार परियोजना सम्पन्न हुनु निजी क्षेत्रले राम्रो सामथ्र्य देखाएको र यसबाट सरकारले वर्षौंसम्म आयोजना पूरा गर्न नसक्ने रवैयालाई राम्रो जवाफ भएको सांसद थापाले बताए ।

चन्द्रागिरी, मौलाकालिका हुंदै लुम्बिनी केबलकारसम्म आइपुग्दै आईएमई ग्रुपले सातै प्रदेशमा केबलकार बनाउने योजनाले पर्यटनको क्षेत्रमा ‘केबलकार सर्किट’को छुट्टै प्याकेज बन्न सक्ने सांसद थापाले औंल्याए । ‘सातै प्रदेशमा केबलकार बनाउने आईएमई ग्रुपको योजनाका लागि ग्रुपका अध्यक्ष चन्द्र ढकाल र उहांको टिमलाई सफलताको शुभकामना दिन्छु’–सांसद थापाले भने–‘निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन सरकारले सहजिकरण गरिदिनुपर्छ ।’ निजी क्षेत्रको लगानीले रोजगारी सिर्जना र राजस्व बृद्धि हुने भएकाले लगानीकर्तालाई कुनै समस्या भए सरकार र राजनीतिक दलहरुले समाधान गरेर लगानीको वातावरण बनाइदिनुपर्नेमा सांसद थापाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?