© २०२३
बुटवल,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् ।कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले एमाले माओवादीबीचको एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताए । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे ।
नेकपा एकता जोगाउन नसकेकोमा कसैलाई दोषारोपण नगर्ने र फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं ’ उनले भने ।