© २०२३
निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।
अक्सिजन प्लान्ट जडान गरेर मन्त्रालयमा जानकारी गराउन समेत भनिएको छ । यो नियम कम्तीमा सय बेड भएको अस्पतालका लागि लागु हुने मन्त्रालयको भनाई छ ।
स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले बताए ।
दैनिक रुपमा अक्सिजन अभावमा मृत्यु हुने कोभिडका बिरामीको संख्यामा वृद्धि भएपछि उक्त निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी गराए ।