© २०२३
बुटवल,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् ।
बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८. ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्ययन गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल भइरहेको पनि बताए ।