© २०२३
चन्द्रौटा (कपिलवस्तु), १२ असार । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर समृद्धि फाइनान्स कम्पनीको शाखा विस्तार भएको छ । सोमबार शिवराज नगर प्रमुख अजय थापाले कम्पनीको शाखा रिबन काटेर कार्यालय समुद्घान गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले स्थानीय सेवाग्राहीलाई लक्षित गरि कार्यालय सञ्चालनमा ल्याएको धन्यवाद व्यक्त गरे । थोरैथोरै रकमकालागि टाढा जानुपर्ने बाध्यता हटेको उल्लेख गरे ।
शाखा प्रबन्धक संगिन गैरेले ग्रामिण भेगका सेवाग्राहीलाई वित्तीय क्षेत्रसँग जोड्ने बताए । विशेषगरी सेवाग्राहीलाई समृद्धि फाइनान्सले समृद्धिमा प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता समेत उनले जाहेर गरे । अहिले १३औं शाखा रहेको रुपमा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
यसैबीच चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, शिवराज नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र वडा नं। ४ का वडा अध्यक्ष नसिम अहमद खाँ लगायतले खरेन्द्रपुर क्षेत्रमा बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै यस ठाउँमा रहेको आम नागरिकलाई बैंकिङ क्षेत्रमा जोड्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कम्पनीका सञ्चालक समितिका सदस्य विनोद सुवेदी, निम्ति प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडी, चुडामणी खनाल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ ।