© २०२३
काठमाडौं,११ असार । सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम कम भएको बताए ।
चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए ।
उनले गत साल मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गुमाएको बताए ।