© २०२३
काठमाडौं,११ असार । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइरहेका भट्टराईले गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण बनेको र नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अङ्गहरूको क्षयीकरण र भ्रष्टीकरण आदि प्रमुख कारणले मुलुक संकटमा फसेको उनको तर्क छ ।
ुयस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठिक होला नत्र समयले कसैलाई नपर्खने उनले भनेका छन् ।