© २०२३
काठमाडौं,१० असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुला रहेको बताएका छन् । साथै तथ्य प्रमाणले भ्रष्टाचार र अनियमितता देखिए अरु प्रकरणलाई नछाड्ने उनले बताए ।
गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलपलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुला रहेको र तथ्य प्रमाणले पुष्टि भए थप व्यक्ति तानिने बताए । अरु यस्ता प्रकरणहरुको छानबिन हुन्छ कि हुन्न भन्ने प्रश्नमा उनले तथ्य र प्रमाणले अनियमितता र भ्रष्टाचार देखिएका छन् भने कुनै पनि प्रकरणलाई छुट नदिने बताए ।