© २०२३
बर्दिया,९ असार । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा सेनिटाइजर जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ।
७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।
तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन्।
उनीहरूलाई गएराति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बोहराले जानकारी दिए।