ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

लुम्बिनी मेडिकल कलेजले असुल्यो बढी शुल्क, फिर्ता माग्दै विद्यार्थी आन्दोलनमा

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

पाल्पा,९ असार । पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले विद्यार्थीहरुबाट सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेको छ । कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क असुलेको तर फिर्ता नगरेपछि अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरु तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित कलेज परिसरमा प्रदर्शन गरेका हुन् । लुम्बिनी मेडिकल कलेज दसौं ब्याच २०१७ डिसेम्बर एमबीबीएसका विद्यार्थीहरुले आफूहरुलाई कलेज प्रशासनले अनावश्यक अतिरिक्त शुल्क लिएको दाबी गरेका छन् । सय जनामध्ये ५६ जना विद्यार्थी अहिले इन्टर्नसिपमा जाने छन् ।

कलेजले इन्टर्नसिप शुल्क २ लाख, विश्वविद्यालय सम्बन्धन शुल्क ९५ हजार, शिक्षा सेवा शुल्क ४७ हजार ९ सय र अन्य अतिरिक्त शुल्क दसौं ब्याचका विद्यार्थीलाई मात्र लिएको दाबी छ । इन्टर्नसिप हुनु भन्दा अघि नै अतिरिक्त शुल्क फिर्ता गर्न पटक पटक निवेदन दिएको तर फिर्ता गर्न आलटाल गरेको एक विद्यार्थीले बताए ।
विद्यार्थीले पटकपटक निवदेन दिएपनि सुनुवाइ नभएपछि कलेज परिसरमा शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयले चैत–वैशाख मसान्तमा अन्तिम वर्ष लिएको परीक्षामा उतीर्ण विद्यार्थीहरुले असार ५ गतेबाट इन्टर्नसिप सुरु हुनुपर्ने थियो । विद्यार्थीले इन्टर्नसिप सुरु गर्न मानेका छैनन् ।

अतिरिक्त शुल्क र इन्टर्नसिपमा पाउनु पर्ने आधारभूत भत्ता यही समय अवधिभरमा पाउनु पर्ने हुन्छ । कलेजले उल्टै धम्क्याउने र जे गर्नुछ गर्नु भन्ने गैर जिम्मेवार जवाफ दिने गरेको आन्दोलित एक विद्यार्थीले आरोप लगाए ।

लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले पहिला लिन पाउने व्यवस्था अनुसार नै अतिरिक्त शुल्क लिएको बताए । तर अहिले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय अनुसार त्यसपछिका विद्यार्थीलाई नलिएको उनले बताए । पराजुलीले एक वर्षको अवधिमा विद्यार्थीलाई नै निर्वाह भत्ता बापत दिइने बताए ।

तर विद्यार्थीमाथि इन्टर्नका नाममा शोषण गरेको विद्यार्थीको आरोप छ । १२ देखि १४ हजार रुपैयाँ विद्यार्थीलाई इन्टर्न अवधिभर दिने गरिन्छ । मुलुकभरका अधिकांश निजी मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थी यस्तै समस्यामा रहेका छन् । निजी मेडिकल कलेजहरूले ४५ लाख भन्दा बढी लिन पाइँदैन तर विद्यार्थीले भने ६० लाख रुपैयाँ भन्दा बढी पढाइ शुल्क तिर्नुपर्ने बाध्यता रहेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?