ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा
कालिमाटी गाउँपालिकाको गाउँसभामा संसदीय अभ्यासको झल्को

वार्षिक नीति, कार्यक्रम सर्वसम्मत पारित (पूर्णपाठ सहित)

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

सल्यान, ८ असार ।

सल्यानको कालिमाटी गाउँपालिकाले संसदीय अभ्यास गर्दै १४ औँ गाउँसभा सञ्चालन गरेको छ । शुक्रबार गाउँसभाले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँसभामा संसद्को झल्को देखिएको थियो । वडा नम्बर ३ स्थित सभाहलमा गाउँपालिका अध्यक्ष दान बहादुर केसी प्रवेश गरेपछि त्यसअघि नै उपस्थित भइसकेका गाउँसभाका सदस्यहरू आआफ्नो स्थानबाट उठेर सम्मान जनाएका थिए । लगत्तै राष्ट्रिय गान बजेको थियो भने राष्ट्रिय गानपछि अध्यक्षले बैठक सुरु भएको जनाउ दिएका थिए ।

हलको अगाडी पट्टी बनाइएको स्टेजमा गाउँसभाका अध्यक्ष र सचिवलाई बस्नको लागि छुट्टै व्यवस्था थियो । हलमा सबै वडाका वडाध्यक्ष, गाउँसभाका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तोकिएको आ–आफ्नै स्थानमा बसिरहेका थिए । नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम स्थानीय तह पनि स्थानीय सरकारकै रूपमा रहने भएकाले गाउँसभालाई संसद्को रूपमा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले बताए ।

गाउँपालिका अध्यक्ष केसीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारः कालिमाटी गाउँपालिकाको समृृद्धिको आधार भन्ने नारालाई साकार पार्न आफुहरु अनवरत रुपमा लागि परिरहेको भन्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि ११ जना बढी गाउँसभाका सदस्यहरुले छलफलमा भाग लिँदै विभिन्न सुझावहरु दिएका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रममा सार्वजनिक खर्चलाई मितव्ययी बनाउने उद्देश्यले चालु खर्च केही कटौती गरी पुँजीगत खर्च बढाउने विषयलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, उज्यालो पालिका कार्यक्रम, स्वास्थ्य, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई तीब्रता दिने विषय नीति तथा कार्यक्रममा समेटिएको छ । माटो सुहाउँदो बाली तथा फलफुल उत्पादनमा जोड दिने, आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रोत्साहन, महिलाले सामुहिक रुपमा खेती गरेमा अनुदान दिनेदेखि कृषि वस्तुको बजारीकरण तथा हरेक वडामा कृषि एवम् पशु प्राविधिक सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अति विपन्न परिवारका खरका छाना हटाएर जस्ता पाता मार्फत सुरक्षित आवास निर्माणलाई प्राथमिकता दिने, गाउँपालिकाको प्रशासकीय भवनको तला थप गर्ने, स्वच्छ खानेपानी, स्वच्छ जिवन भन्ने नारालाई साकार पार्न खानेपानी योजनाहरु सञ्चालन गर्ने पनि कालिमाटीको नीति, कार्यक्रममा उल्लेख गरिएको छ ।

भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गर्न तीब्रताका साथ काम गर्ने, बाबुआमा गुमाएका वालवालिकाको शिक्षाको लागि मापदण्ड बनाई कार्यान्वयन गर्ने, स्थानीय पाठ्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित गर्ने, विद्यालय विकास र गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको प्रतिभा पहिचान तथा प्रस्फुटनका लागि फ्राइने फर प्mयुचर कार्यक्रम सञ्चालन गर्ने कालिमाटी गाउँपालिकाको नीति रहेको छ ।

यसैगरी नीति कार्यक्रममा ग्रामीण अल्ट्रासाउण्ड सेवा मार्फत गर्भवति महिलामा स्वास्थ्यको पहुँच विस्तार गर्ने, पोषणमैत्री पालिका घोषणा गर्ने, सबै प्रकारका विभेद, हिंसा, विभेदकारी प्रथाहरु अन्त्यका लागि र महिला सशक्तीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्ने भनिएको छ । उद्यमशिलता प्रवद्र्धन, लोक सेवा तयारी कक्षा सञ्चालन, वन व्यवस्थापन र पालिकाभित्रका धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका स्थलहरुको संरक्षण, विकास र प्रवद्र्धनका लागि समन्वय सहकार्य गर्ने उल्लेख गरिएको छ ।

कालिमाटीको सबै वडा र गाउँलाई पालिकाको केन्द्रसंग जोड्न सडक सञ्जाल निर्माण गर्ने, सडक निर्माणको मापदण्ड पूर्ण पालना गर्ने, आवश्यक स्थानमा झोलुंगे पुल निर्माण गर्ने, सहकारीको प्रवद्र्धन र नियमन गर्ने गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?