© २०२३
काठमाडौ,८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोप्ने बेलामा रासयानिक मलको अभाव गत वर्षजस्तो नहुने दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सुरुमा मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि आपूर्ति व्यवस्थालाई सुददृढ गरिएको बताए।
उनले सरकार किसानलाई मल उपलब्ध गराउन जिम्मेवार रहेको बताए। गत साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक ट्रन मल आयात भएको रत्यो मध्ये ७१ हजार मेट्रिक ट्रन मौजात रहेको अनि ४५ हजार मेट्रिक ट्रन भारतबाट यो महिनामा आउने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।
उनले मल वितरणमा प्रदेश र स्थानीय तहलाई परिचालन गरेको समेत बताए।