© २०२३
दाङ, ८ असार । पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेश श्रेष्ठ विरुद्ध आफ्नै विद्यार्थीले यौन दुर्ब्यबहारमा मुद्धा दर्ता गरेकि छिन । जिल्ला प्रहरी कार्यालय दाङले आरोपी श्रेष्ठलाई बेलुकी नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि राजन गौतमले श्रेष्ठ विरुद्ध पिडित बिद्यार्थिले यौन दुर्ब्यबहारमा जाहेरी दर्ता गरेको बताए । उनले आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई जाहेरी दर्ता गरेर घटना बारे थप अनुसन्धान गरिरहेको जानकारी दिए । पिडित युबतिले प्रहरिमा पनि श्रेष्ठले आफुलाई यौन दुर्ब्यबहार गरेको प्रारम्भिक अनुसन्धानकोक्रममा बयान दिएकि विद्यार्थीले प्रशासन प्रमुखले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछी विद्यालयमा ठुलै हंगामा भएको थियो । आरोपी श्रेष्ठलाई बचाउन कांग्रेस, एमाले र माओबादीका नेताहरु जिप्रका पुगेर नै दबाब दिएपनि अन्तिममा प्रहरीले घटना बिबरण सार्बजनिक भएपछि मुद्धा दर्ता गर्न बाध्य भएको हो । घटना मिलापत्र गरेर टुङ्ग्याउन अन्तिमसम्म नेताहरु लागेका थिए । लुम्बिनी प्रदेशका डिआईजि उमेशराज जोशिले पनि घटनाको आरोपितलाइ पक्राउ गरेर मुद्धा दर्ता गर्न निर्देशन दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले यसविषयमा आफू गम्भीर भएको र विद्यार्थीले भनेको घटना प्रशासन शाखामा भएको बताए ।
आरोपित श्रेष्ठले आफू निर्दोष भएको र दुर्व्यवहार गरे नगरेको सिसि क्यामेराको दृश्यले देखाउने बताएका छन् । अध्यक्ष चौधरीले भने विद्यार्थी,उनका अभिभावक र आरोपितलाई सँगै राखेर छलफल गरेर मिलापत्र गर्न खोजेका थिए ।