© २०२३
गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारी साधनहरुमा गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दिएको जानकारी अनुसार सवारी साधानमाथी गरिएको कारवाहीमा गत वर्ष १ लाख रुपौयाँ बरावर राजस्व संकलन गरिएको थियोे ।
जिल्लामा संचालन भएका सवारी साधानका चालकहरुले संचालनको क्रममा ट्राफिक नियम बिपरित सवारि साधनहरु चलाएपछि गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख डोरबहादुर थापाले जानकारी दिएका छन् । जिल्लामा एक वर्षको अन्तरालमा ४ हजार ८ सय २ सवारी साधनहरु ट्राफिक कारवाहीमा परेका छन् ।
एक आर्थिक वर्षमा ४ सय ५४ वटा ट्रक, ४ सय ५४ वटा बस, १ हजार ३ सय २७ वटा जिप कार कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै २ सय ८६ वटा ट्याक्टर, २ हजार २ सय ८१ वटा मोटरसाइकलहरु ट्राफिक कारवाहरीमा परेका हुन् । कारवाही परेका सवारी साधन मध्ये मोटरसाइकलबाट १३ लाख ८३ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ ।
त्यसैगरि ट्रकबाट ३ लाख ३८ हजार, बसबाट २ लाख ५१ हजार, जिप कारबाट ७ लाख ६४ हजार ५ सय, ट्याक्टरबाट १ लाख ५६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख थापाले बताए । सवारी साधनले ट्राफिक नियम मिचेर धेरै सवारी राख्ने, यात्रा गर्दा बिलबुक र लाइसेन्स साथमा लिएर नहिड्ने, सवारी बोक्ने गाडीमा क्षमता भन्दा बढी यात्रु र सामानहरु राख्ने जस्ता कारणले गर्दा वाध्य बनेर सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा ३० लाख २३ हजार राजस्व संकलन गरिएको थियो । जसवाट जिल्लामा ५ हजार २२ वटा सवारी साधनहरु कारवाहीमा परेका थिए ।
गुल्मीमा आर्थिक वर्ष २०७४÷०७५को एक वर्षमा १७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लामा गत वर्ष भन्दा यो वर्ष सवारी दुर्घटना संख्यमा कमि आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । यस वर्ष भएको दुर्घटनामा पर्ने सवारी साधनहरुमा बस २, जिप, कार ४ ,मोटरसाइकल ५, ट्याक्टर ५ र डोजर १ गरी १७ वटा सवारी साधनहरु दुर्घटनामा परेका थिए । उक्त दुर्घटनाका कारण जिलमा १९ जना व्यक्तिहरुले ज्यान गुमाएका थिए ।
जसमा १४ जना पुरुष र ५ जना महिलाहरु रहेका छन् । दुर्घटनाबाट २८ जना गम्भीर र २२ जना सामान्य घाईते बनेका थिए । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै जिल्ला भर बिभिन्न बिद्यालयका विद्यार्थी तथा चालकहरुलाई समेत सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।-Photo File soure Google