© २०२३
काठमाडौं,७ असार । सत्ता गठबन्धनको दल नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा। प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो ।
उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले वजेट परिवर्तन गरेर असन्तुलित बजेटलाई सन्तुलित बनाएरमात्र मात्र बजेट पास गर्नुपर्छ भन्ने निर्णय भएको बताए ।
उनले शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेकोले परिवर्तन हुनै नसक्ने भन्ने नरहेको बताए ।
बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको साथै नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।