© २०२३
बुटवल,७ असार । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक सम्बन्धी मुद्दामा सर्वोच्चमा आज पेसी तोकिएको छ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको हो। उनीहरुको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी रहेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले गैरअसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।