© २०२३
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाभरबाट बरामद गरिएको पटकाजन्य पदार्थहरु सञ्चारकर्मीको रोहबरमा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको निकायले बरामद गरेको करिब १ लाख ५० हजार मुल्य बढिको पटका सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो ।
दिपावलीका अवसरमा बिभिन्न स्थानबाट जिल्ला भित्रिएका पटकाजन्य पदार्थ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नष्ट गरिएको पटकाजन्य पदार्थमा ६७ हजार ४० रुपैया मुल्यको झिरझिरे, ३० हजार ४० रुपैया बराबरको भुईचम्पा, ३१ हजार २ सय ४० रुपैया मुल्य बराबरको आतिशबाजी र २१ हजार ६ सय ८० रुपैया मुल्य बराबरको आलु बम गरि करिब १ लाख ५० हजार मुल्यको पटका थिए । जिल्लाका सञ्चारकर्मीको रोहबरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिसरमा बरामद पटका खाल्डोमा हालेर नष्ट गरिएको थियो ।
चाड पर्व लक्षित सुरक्षा योजना अन्र्तगत जिल्लाभरीबाट चेकजाँचका क्रममा नियन्त्रणमा लिईएका करिब १ लाख ५० हजार मुल्य बढिका पटका नष्ट गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।