ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा

रोजीरोटी खोसिएको भन्दै अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

दाङ, ६ असार ।

सरकारले अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि कर्मचारी आन्दोलित बनेका छन् । ज्यादै थोरै तलबमा काम गर्न बाध्य देशभरका ११ हजार हाराहारी कर्मचारीको रोजीरोटी सरकारको घोषणाले खोसिने भएको भन्दै उनीहरू काम ठप्प पारेर आन्दोलनमा होमिएका हुन् ।

अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतीकरण नगरिएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

दाङमा रहेका ३० अतिरिक्त हुलाकका ९६ जना कर्मचारी अहिले काम छाडेर आन्दोलित बनेका छन् । उनीहरुले मंगलबार घोराहीमा विरोध स्वरुप कालो ब्यानरसहित जुलुस निकालेका छन् ।

अतिरिक्त हुलाक तदर्थ समिति दाङका संयोजक भोजराज रावतले जीवनको उर्जावान समय समुदपयोग गरेर अहिले यो अवस्थामा घर न घाटको पार्न खाजेपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको बताए । ‘हाम्रो मासुभरी सबै खाएर हड्डीमात्रै बचाएर घर न घाटको अवस्थामा ल्याउन खोजेको छ’ उनले भने ‘यसरी अनाहकमा हामी जस्तै देशभरका हजारौँ कर्मचारीको बिचल्ली हँुदैछ ।’

विरोध कार्यक्रममा जिल्लाभरका अतिरिक्त हुलाक कार्यालयका कर्मचारी सहभागी भएका थिए । आन्दोलनमा सहभागी कर्मचारी जगत थापाले पनि देशको सेवा गर्छु भन्दा पनि राज्यले वातावरण धमिल्याउन खोजेको बताए । ‘तलब पनि कम त्यसमा पनि अहिले आएर एकाएक अतिरिक्त हुलाक हटाउने कुराले हामीलाई निकै चोट पुगेको छ’ थापाले भने ‘कर्मचारी हटाउने हो भने कम्तिमा सम्मानका साथ विदा गर्नु पर्यो, मन लागे राख्ने नलागे हटाई दिने हुन्छ र ?’

२०३८ सालदेखि पुरन्धारा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत खोपीराम ओली चार दशकदेखि काम गर्दै आएकोमा अहिले आएर सेवाबाट हटाउन खोजेपछि निकै निराश भएका छन् । जिल्लामा मैले हुलाकमा काम गर्ने बेलामा जुन प्रकारको असजहता भोगेँ त्यो कसले बुझेको छ’, उनले भने ‘आजका दिनमा पनि घरघरमा चिठी पुर्याउने हामी नै हौँ ।’

आन्दोलनमा सहभागी हुन लमहीबाट घोराही आएकी तुलसी थापालाई थोरै भएपनि खाईपाई आएको तलब रोकिने भएपछि चिन्ता थपिएको छ । ‘जे जति आउँथ्यो त्यही पैसाले घर व्यवहार चलाएको थिएँ । बालबच्चा पढाउन काम लागेको थियो । अब सरकारले काम नै खोसिदिएपछि के गर्ने होला’, उनले भनिन्, ‘काम अनुसारको दाम त थिएन नै त्यसैमा हामीले गर्ने काम नै खारेज गर्ने भएपछि हामी कहाँ जाने ?’

अतिरिक्त हुलाकमा काम गर्ने ९६ जनामध्ये धेरै जसो लामो समय काम गरिसकेका कर्मचारी छन् । उनीहरुले आफ्नो उर्वर समय हुलाकको सेवामै बिताएका छन् ।

‘सरकारको घोषणाले हाम्रो खाइपाइ आएको रोजीरोटी खोसिएको छ,’ संयोजक रावतले भने, ‘निकै कम तलबमा काम गरिरहेका कर्मचारीको पेट पाल्ने मेलोसमेत हराउने भएको छ ।’

उनले सरकारको विकल्पहीन घोषणाले ३० वर्षयता कार्यरत कर्मचारी खालीहात घर फर्किनुपर्ने अवस्था निम्तिएको बताए । उनले भने ‘अतिरिक्त हुलाकमा तीन खालका कर्मचारी छन् । प्रमुखका रूपमा रहेका हुलाक प्रतिनिधि, डाकवाहक र पत्र वितरक रहेका छन् ।’ जसमा हुलाक प्रतिनिधिले मासिक ८ हजार र बाँकी २ खालका कर्मचारीले ७ हजार रुपैयाँ पाउँदै छन् । ‘यही सानो रकमले घर गुजारा गर्दै सेवा प्रदान गर्दै आएका अतिरिक्त हुलाकका कर्मचारीको रोजीरोटी खोस्ने काम सरकारले गर्दैछ’, उनले भने, ‘हामीले जीवनका महत्वपूर्ण समय यस सेवामा समर्पित गर्यौँ । आज सरकारले हामीलाई सौतेनी व्यहार गरिरहेको छ । यसकै लागि हामी सडक संघर्षमा उत्रिएका छौँ ।’

कार्यरत कर्मचारीलाई स्थायी, अस्थायी वा करार भन्नेसम्म नछुट्याइएको र विगतका बजेटमा अरू कर्मचारीको तलब, सेवा–सुविधा बढ्दा आफूहरूको नबढाएको पीडाका बीच काम गरिरहेका बेला यो पटकबाट हठात अतिरिक्त हुलाक हटाउने निर्णय गरेर ठूलो अन्याय गरेको उनीहरुको दुःखेसो छ ।

‘अहिले आएर सरकारले कुनै विकल्प नदिई हामीलाई हटाउन लागेको छ,’ संयोजक रावतले भने, ‘अतिरिक्त हुलाकको कामै छैन भन्नु गलत बुझाई हो, अहिले पनि हामी गाउँगाउँमा, बस्तीबस्तीमा पुगेर सेवा दिने काम गर्दैआएका छौँ । हिजोभन्दा अहिले काम घटेको हो तर हजारौंको रोजीरोटीका लागि पनि यसलाई विकल्प दिएर समाधान गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

‘अतिरिक्त हुलाक हटाउँदा दरबन्दी थपिएन भने निकै ठुलो समस्या आउनेछ,’ आन्दोलनमा सहभागी अर्का एक कर्मचारीले भने ‘अहिले पनि कतिपय अतिरिक्त हुलाक बन्द गरेर कर्मचारी आन्दोलनमा होमिँदा काममा बाधा पुगेको छ ।’

करार ऐन–२०३१ अनुसार नियुक्त अतिरिक्त हुलाकका कर्मचारी अतिरिक्त कामकै लागि नियुक्त भएका हुन् । शिक्षक, व्यवसायी लगायत अन्य काममा कार्यरतले समेत अतिरिक्त हुलाकको काम गर्न सक्ने व्यवस्था ऐनमा छ ।

अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समिति मातहत हरेक जिल्लामा अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित छन् । उनीहरुले पहिलो चरणमा असार ७ गतेसम्म कालो व्यानरसहित विरोध कार्यक्रम गर्ने त्यसपछि थप संघर्षका कार्यक्रम घोषणा गरेर अघि बढ्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?