© २०२३
काठमाडौं, ४ असार । प्रिमियम मूल्यमा शेयर ( आइपिओ ) निष्कासन गरेको घोराही सिमेन्टको एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएको छ । सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले रद्द हुनेक्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताएको छ । आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएको छ ।
योसँगै धितोपत्र बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे ÷ नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो ।