ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

शून्य होम डेलिभरीलाई प्रवर्द्धन गर्ने नीति लिएको कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यता गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधिको अभाव देखिएको छ । 
२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

कपिलवस्तु, २८ मंसिर । 

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यता गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव देखिएको छ ।

गाउँपालिकाले समयमै खरिद प्रक्रिया अगाडी नबढाएका कारण पालिकाका स्वास्थ्य चौकीहरूमा निःशुल्क रूपमा वितरण गर्दै आएको क्याल्सियम र आइरन चक्की अभाव भएको हो ।

साउन यता पहिलो पटक ईबिडिगं मार्फत औषधी खरिदको प्रक्रिया अगाडी बढाएको पालिकामा मौज्दात नहुँदा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा औषधी अभाव भएको हो । पालिकाले ढिलो गरि औषधि खरिद प्रक्रिया अघि बढाएको कारण सृजित औषधि अभावका कारण गर्भपरिक्षण गराउन आउने ग्रामीण महिलाहरू औषधी क्याल्सियम र आइरन चक्की बिनै फर्किने गरेका छन् ।

पालिकाको वडा नम्बर ४ स्थित अमलोनहामा रहेको पर्शोहिया स्वास्थ्य चौकीमा पछिल्लो दुई साता यता पालिकाले समयमै आपूर्ति नगर्दा क्याल्सियम, आइरन चक्की र फोलिक एसिडको अभाव देखिएको हो ।

सो स्वास्थ्य चौकीमा अहिले ६३ जना गर्भवती महिलाले नियमित गर्भपरिक्षण गराउँदै आएका छन् । तर क्याल्सियम चक्की सकिएको १ महिना र आइरन चक्की सक्किएको दुई साता पुगेको छ ।

स्वास्थ्य चौकीमा गर्भ परीक्षणका लागी आएर आइरन, क्याल्सियम बिनै फर्किएका गर्भवती महिलाले औषधी नपाइएको भन्दै गुनासो गर्ने गरेको सोही वडाकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शुभावती मिश्रा बताउँछिन् ।

पछिल्लो एक महिना यता पालिकाबाट आपूर्ति नभएका कारण गर्भवती महिलालाई क्याल्सियम, आइरन चक्की र फोलिम एसिड दिन नसकिएको स्वास्थ्य चौकीकी अनमी भुवनेश्वरी सिंहले गुनासो गरिन ।

यशोधरा गाउँपालिकाको चालु आवको बजेटमा वक्तव्यमा पालिकाभर सहज औषधी आपूर्ति, गर्भवती चेकजाँचको प्रोत्साहनको लागि आयोडिन युक्त नुन तथा सुपा नेट झुल प्रदान गर्ने नीति लिएको देखिएको छ ।

त्यसै गरि पालिकाले दिर्घरोग रक्तचाप र मधुमेहको औषधी सहितको लागी १ करोड बजेट समेत विनियोजन गरेको छ । तर पालिकाका स्वास्थ्य चौकीहरूमा अहिले मधुमेह र रक्तचापको औषधी समेत छैन ।

गर्भवती महिलाका लागी निःशुल्क उपलब्ध गराउनु पर्ने क्याल्सियम, आइरन चक्की र फोलिक एसिडको अभावले पालिकाले चालु आवमा प्रस्तुत गरेको नीति कार्यक्रमको बुँदा नम्बर १६ मा उल्लेख गरेको “गर्भवती महिलाहरूको प्रोटोकल अनुसार स्वास्थ्य परीक्षण गरिने साथै कुपोषण दर हटाउनका लागि गर्भवती महिला र बालबालिकालाई विशेष व्यवस्था मिलाइने छ ।”

भन्ने बुँदाकै खिल्ली उडाएको देखिएको छ । त्यसै गरि सोही नीतिको २६ नम्बर बुँदामा उल्लेख गरिएको गर्भवती महिलाको ८ पटकको जाँचलाई १०० प्रतिशत गर्नका लागि प्रदान गरिँदै आएको प्रत्येक जाँचमा आयोनुन, आइरन र क्याल्सियम कार्यक्रमलाई निरन्तरता दिने भन्ने बिषय समेत अपुरो भएको छ ।

गर्भवती महिलाका लागी आवश्यक क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव र दिर्घरोगीलाई समेत औषधी बिना फिर्ता पठाउनु पर्दा आफूहरू मानसिक दबाबमा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।

सङ्घीय सरकारबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधिमध्ये केही प्रदेश, केही सङ्घ र केही स्थानीय तहले छुट्टाछुट्टै जिम्मेवारी लिएर व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । तर पालिकाले समयमा निर्णय नगर्दा गर्भवती महिलाहरू स्वास्थ्य जोखिममा परिरहेका देखिएको छ ।

स्वास्थ्य केन्द्रमा निःशुल्क वितरण गरिने आइरन चक्की र क्याल्सियम चक्कीको अनियमित भए गर्भवती महिलालाई रक्त अल्पता बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्छ । त्यसैगरी जन्मिने शिशुमा तौल कम हुने, हड्डी र दाँतको विकास कमजोर हुने समस्या आउँछ ।

जस्का कारण गर्भवती महिलाको औषधिप्रति विश्वास घट्ने, नियमित गर्भ जाँचमा आउने दर घट्नुका साथै मातृ तथा नवजात मृत्युदर बढ्ने सम्भावना बढ्दा सरकारी मातृ स्वास्थ्य कार्यक्रमप्रति नकारात्मक धारणा आउने सक्ने देखिन्छ ।

पालिका सँगै पोषणको क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाले यस्ता समस्याको सही व्यवस्थापनमा ध्यान दिन नसक्दा नागरिकले आधारभूत स्वास्थ्य सेवा समेत पाउन नसक्नु दुखद: भएको युवा समाजसेवी हजरत अलि खाँ बताउँछन् ।

\औषधी अभावले गर्भवती महिला र दिर्घरोगीको उपचार अनियमित बनेको पर्शोहिया स्वास्थ्य चौकीका प्रमुख अशोक कुमार मिश्राले बताए । औषधी अभावले आमा र बच्चाको स्वास्थ्य प्रभाव पर्नुका साथै शून्य गृह प्रसूतिको नीतिलाई प्रभाव पार्ने भन्दै मिश्राले चिन्ता व्यक्त गरे ।

औषधी अभावले मधुमेह र रक्तचापको औषधी सकिँदा बिरामी रित्तो हात फर्किने गरेको उनले जनाए । आफूले हालै मात्र स्वास्थ्य शाखाको जिम्मेवारी लिएको जनाउँदै पालिकाको सबै औषधीको ढिलो गरि एकमुष्ट औषधी खरिद प्रक्रिया अगाडी बढाएकाले समस्या निम्तिएको यशोधरा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र कुमार मिश्राले स्विकारे ।

“अति आवश्यक औषधीलाई छोटो रूपमा पहिल्यै खरिद प्रक्रिया गरेको भए अहिले औषधी अभाव हुने थिएन । सबै औषधीको ढिलो गरेर ईबिडिङ्ग गर्दा लामो खरिद प्रक्रियाले औषधी अभावको समस्या आएको हो ।” प्रमुख मिश्राले भने ।

पालिकामा औषधीको टुन्टर प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै औषधीको अभाव समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषवदेव खनालले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?