© २०२३
काठमाडौं,४ असार । समाजवादी मोर्चा घोषणालाई लिएर एकीकृत समाजवादीका नेता झलनाथ खनाल असन्तुष्ट देखिएका छन् ।
समाजवादी मोर्चाको प्रतिवद्धता पत्रलाई अन्तिम रुप दिन चार दलका नेताहरुको आज बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका नेता खनालले मोर्चाको प्रधान शत्रु को हो हो भनेर प्रश्न गरेका थिए । अरु दलका नेताहरुले अहिले मोर्चाको उद्देश्यहरु तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए ।
तर खनालले प्रधान सुत्र नतोकी मोर्चामा नबस्ने बताएर मोर्चा घोषणा कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिडेका थिए ।