© २०२३
बुटवल,२ असार । ब्राह्मण समाज नेपाल बुटवल वडा नं. १३ को भेला सम्पन्न भएको छ।
शनिवार बुटवल १३ बेलवासमा सम्पन्न भेलाले खिमानन्द पौडेलको नेतृत्वमा १६ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।
जसको उपाध्यक्षमा गिता खनाल, सचिवमा जनक पन्थी, कोषाध्यक्षमा रमेश प्रसाद गौतम र सदस्यहरुमा निमानन्द ढकाल, तारा प्रसाद पौडेल, डोर प्रसाद पोख्रेल, शालिकराम गौतम, खिमलाल पन्थी, गोपाल आचार्य, शान्ता खनाल, बिष्णा गौतम, केशवती पौडेल, गिता खनाल बन्जाडे, श्रृजना पौडेल र ढण्ड प्रसाद गैरे निर्वाचित भएका छन् ।
भेलालाई ब्राह्मण समाज नेपालका केन्द्रीय सहअध्यक्ष रोमणी प्रसाद पाठक, केन्द्रीय कार्य सम्पादन समिति सदस्य पार्वती भण्डारी, केन्द्रीय सदस्य लोकनाथ पाण्डे, रुपन्देही अध्यक्ष टोपलाल भुसाल लगायतले सम्बोधन गर्दै विभिन्न आरक्षणका नाममा ब्राह्मण समुदाय र उनीहरुका छोराछोरी अन्यायमा परेको धारणा राखे ।
खास गरी उच्च शिक्षा अध्ययनमा जातीय आधारमा दिइने आरक्षणले ब्राह्मण समुदायका विद्यार्थी ज्यादै अन्यायमा परेकाले जातका आधारमा नभई वर्ग (आर्थिक अवस्था) का आधारमा आरक्षण छुट्टाउनुपर्ने वक्ताहरुको माग छ ।
कार्यक्रममा भेला आयोजक समिति अध्यक्ष घनश्याम आचार्य, सचिव जनक पन्थी, बालकृष्ण भट्टराई लगायतले राज्यले जातका आधारमा आरक्षण खारेज नगरेसम्म यसका विरुद्ध आन्दोलन चलिरहने बताएका थिए ।