© २०२३
काठमाडौं,२ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएको छ । पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो ।
स्रोतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।
केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।