ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

कोरोनाको बाहनामा बालबालिकाको खोप रोक्दै स्थानीय तह

२४ आश्विन २०७७, शनिबार
२४ आश्विन २०७७, शनिबार

रुपन्देहीको तिलोत्तमा नगरपालिका योगीकुटीकी सरिता न्यौपाने अघिल्लो साता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा छोरा सुगन्ध न्यौपानेलाई खोप लगाउँदै गर्दा भेटिइन् । तिलोत्तमाको स्वास्थ्य चौकीमा खोप बन्द भएपछि १ बर्षको छोरा च्यापेर खोपका लागि यहाँसम्म आउनुपरेको उनले बताइन् । ‘त्यहाँ जाँदा (स्वास्थ्य चौकी) अहिलेलाई खोप बन्द छ भन्नुभयो, त्यसपछि यहाँ आयौं’, श्रीमानको साथमा आएकी सरिताले भनिन् । घरनजिकको खोप बन्द भई बुटवलसम्म आउँदा कोरोना संक्रमणको जोखिम झनै बढेको उनको भनाई छ ।

बुटवल उपमहानगपालिकाको नयाँ गाउँकी लक्ष्मी ताम्राकार पनि २० दिनको छोरी रियन्सुलाई खोप लगाएर फर्किदै थिइन । नयाँ गाउँमा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा नियमित खोप नचलेपछि अस्पतालमै आएको उनको भनाई छ । ‘हिजो पनि आएका थियौं, भिड भएर फर्किर्यौ’, उनले भनिन्, ‘बच्चाको स्वास्थ्यका कारण यहाँसम्म आएर खोप लगायौं ।’

सुगन्ध र रियन्सुले मात्रै होइन, नियमित खोप कार्यक्रम प्रभावित हुँदा धेरै बालबालिकाले नियमित खोप पाउन सकेका छैनन् । प्रदेश ५ मा ७ जिल्लामा खोप प्रभावित भएको देखिएको छ । कतै पालिकाले नै खोप कार्यक्रम संचालन नगर्ने निर्णय गरेर रोकेका छन् भने कतै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि खोप कार्यक्रम रोकिएको छ । पालिका र खोप केन्द्रहरुमा प्रभाव पर्दा बालबालिकाहरु नियमित खोप सेवाबाट बन्चित भएका छन् ।

स्वास्थ्य विभागले बैशाख ७ गते सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र र ७७ वटा स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरि नियमित खोप सेवा संचालनका लागि पत्राचार गरेको थियो । कोभिड १९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ मा उल्लेख भएअनुसार अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने देखिएकाले खोप सेवा संचालन गर्न भनिएको छ ।

रुपन्देहीमा मात्रै आधा दर्जन स्थानीय तहले सरकारको निर्णयलाई मिच्दै बालबालिकालाई खोपको सेवा नदिइ लापरबाही गरेका छन् । नवलपरासी पश्चिममा ७ वटा र कपिलवस्तुका तीन स्थानीय तहले पनि खोप सेवा नियमित नगरेको पाइएको छ । संघीय र प्रदेश सरकारको निर्णय उल्लंघन गरी खोप सेवा बन्द गर्दा रुपन्देहीका ६ पालिकाका ८ हजार ३ सय १९ बालबालिका खोप लगाउने अधिकारलाई बन्चित भएका छन् । रुपन्देहीमा एक उपमहानगर, ५ नगरपालिकासहित १६ वटा स्थानीय तह छन् । त्यसरी खोपको सेवा बन्द गर्नेहरुमा तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, कंचन गाउँपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिका गरी ६ स्थानीय तह रहेका छन् । ती स्थानीय तहले कोरोनाको कारण जनाउँदै खोप सेवा बन्द गराएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा २ हजार ५ सय १४ जना, सैनामैना नगरपालिकामा १ हजार ४ सय २६ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ हजार ७ सय ८७ जना, कंचन गाउँपालिकामा ८ सय २२ जना, रोहिणी गाउँपालिकामा ९ सय १९ जना र ओमसतिया गाउँपालिकामा ८ सय ५१ जना गरी ८ हजार ३ सय १९ जना खोप उमेरका बालबालिका छन् । ती स्थानीय तहले भाद्र महिनामा लगाउनुपर्ने खोप नलगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । शर्माका अनुसार तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, रोहीणी र ओमसतियाको मासिक खोप तालिका हरेक महिनाको १९ देखि २३ गते हो भने सैनामैना र कंचनको खोप तालिका हरेक महिनाको १० देखि १४ गते हो ।

त्यसैगरी नवलपरासीमा पनि चैत्र र बैशाख महिनामा खोप कार्यक्रम अबरुद्द भएको छ । महिनामा दुई चरणमा खोप कार्यक्रम गर्ने गरिएकोमा चैत्र महिनामा दोस्रो चरणमा पर्ने सुस्ता, प्रतापपुर, सरावल गाउँपालिका र बर्दघाट नगरपालिकाका साथै बैशाख महिनामा पहिलो चरणमा पर्ने पालिनन्दन गाउँपालिका, रामग्राम र सुनवल नगरपालिकामा खोप कार्यक्रम रोकिएको छ । स्वास्थ्य कार्यालय नवलपरासीका सूचना अधिकारी कृष्णप्रसाद पोख्ररेलले नियमित खोप रोकिदा ६ सय ४३ बालबालिकाले समयमै खोप लगाउन नपाएको बताए । उनले खोप सेवा नियमित नहुँदा त्यही समयमा गर्भवती महिलाले नियमित रुपमा लगाउने टिटी खोप समेत लगाउन नपाएको जानकारी दिए । नवलपरासीमा प्रत्येक महिनाको खोप पहिलो चरणमा तीन स्थानीय तहमा ५ देखि १० गते र दोश्रो चरणमा चार स्थानीय तहमा १५ देखि २० गतेसम्म लगाउने गरिएको छ ।

कपिलवस्तुमा पनि चैत्र र भदौ महिनामा बालबालिकाले लगाउने खोप कार्यक्रम रोकिएको छ । भदौ महिनामा खोप नियमित नहुँदा महाराजगंज नगरपालिकामा १ हजार २ सय ८५, विजयनगर गाउँपालिकामा ८ सय ६६ र यशोधरा गाउँपालिकामा ९ सय १४ जना बालबालिका खोपबाट बन्चित हुन पुगेको स्वास्थ्य कार्यालय, कपिलवस्तुका खोप शाखाका अधिकारी उदयचन्द्र चौरसियाले बताए । कपिलवस्तुमा १३ हजार ४ सय ३८ बालबालिका खोप कार्यक्रमको लक्षित संख्या हो । जिल्लामा चैत्र महिनामा केही खोप केन्द्रमा खोप कार्यक्रम रोकिदा करिब १० प्रतिशत बालबालिकाले सेवा नपाएको चौरसियाले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका ईश्वरी पौडेलले भने कोरोनाको संक्रमण समुदायमा उच्च फैलिएको कारण नियमिति खोप एक महिना रोकेको बताए । तर, तिलोत्तमा नगरपालिकामा कुनै स्वास्थ्यकर्मीलाई कोरोना संक्रण नदेखीएको पौडेलले बताए । पौडेलका अनुसार कोरोना संक्रमण देखीएपछि बैशाख महिनामा पनि तिलोत्तमामा खोप सेवा बन्द गरिएको थियो । तिलोत्तमामा २६ वटा खोप केन्द्रहरु रहेका छन् । सैनामैनामा पनि समुदायस्तरमा कोरोना संक्रण फैलिएपछि नियमित खोप रोकेको सैैनामैना नगरपालिका स्वाथ्य संयोजक हेमराज पन्थीले बताए ।

बुटवल उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बुटवलमा भदौ १० गते संचालन हुने ५ वटा खोप केन्द्रमा खोपको कार्यक्रम रोकिएको जानकारी दिए । उनले त्यसबाट २ सय ८५ जना बालबालिका प्रभावित भएको बताए । स्वास्थ्य शाखा प्रमुख सिंहका अनुसार खोपको तयारीमै भएका वेला भदौ ८ गतेको कोरोना परिक्षणमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बन्द गरिएको हो । भदौ ७ गते ५ वटा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीको बैठक बसेको र संक्रमण देखिएपछि १० गतेको खोप कार्यक्रम अकस्मात रोकिएको उनले बताए ।

खोपका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्नुपर्ने सरकारकै पत्रले बताएको छ भने स्वास्थ्यका अधिकारीहरु नियमित खोप रोक्न नहुने बताउँछन् । खोप तालिकाअनुसार खोप नलगाई अन्य वेला लगाउँदा त्यसको प्रभावकारिता कम हुनसक्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले खोप तालिकाअनुसार खोप नलगाउँदा त्यसको प्रभावकारीता घट्न सक्ने बताए । उनले पालिकाहरुलाई खोप कार्यक्रम नियमित गर्नका लागि भनेपनि जिल्लाका ६ पालिकाहरुले कोरोनाका कारण देखाउँदै खोप कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताए । उनका अनुसार नेपाल सरकारले बिभिन्न रोगबिरुद्ध १२ वटा खोप लगाउँदै आएको छ ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका खोप अधिकृत चिन्ता ज्ञवालीले प्रदेशमा कोरोनाका कारण केही जिल्लाका केही पालिका र खोप केन्द्रहरुमा खोप कार्यक्रम प्रभावित बनेको बताए । त्यसरी खोप प्रभावीत हुनेमा बर्दिया, दाङ, प्यूठान, रुपन्देही, कपिलवस्तु, नवलपरासीका केही स्थानीय तहहरु रहेका छन् । पाल्पाको एक पालिकाको एक खोप केन्द्र मात्रै प्रभावित भएको जानकारी निर्देशनालयमा आएको उनले बताए । कोरोना बिरुद्धको खोपको चर्चा चलिरहदा स्थानीय तहले भने बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने खोपमा नै लापरवाही गर्दा पनि स्वास्थ्यका नियमनकारी निकायले सोधी खोजी नगर्नु आश्चर्यको विषय भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा चाप बढ्यो
पालिकाभित्र नियमित खोप सेवा बन्द भएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा ल्याउनेहरुको संख्या उल्लेख्य बढेको छ । लुम्बिनी प्रादेशिक अस्प्तालकी खोप शाखाकी नर्सिङ अधिकृत कान्ति पाण्डेले सबै पालिकाहरुले खोप कार्यक्रम नियमित नगर्दा आफुहरुलाई भार थपिएको बताइन् । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा दैनिक रुपमा सरदर एक सय बालबालिकालाई खोप लगाउने गरिएको छ ।

‘हामीकहाँ छिमेकी पालिकाहरुबाट खोपका लागि बच्चा ल्याउने गर्नुभएको छ’ उनले भनिन्, ‘भीड हुँदा व्यक्तिगत दुरी कायम गर्नका लागि निकै कठिन भएको छ ।’ खोप लगाउनेको भीड हँुदा गर्मीको समयमा लामो समयसम्म पिपिई लगाउनु परेको अनुभव पनि उनले सुनाईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?